काठमाण्डाै - श्रीलङ्कामा सार्वजनिक ठाउँमा बुर्का लगाउन नपाउने भएको छ ।
राष्ट्रिय सुरक्षाको नाममा सार्वजनिक ठाउँमा बुर्का लगाउन प्रतिबन्ध लगाउँदै श्रीलङ्काले अनुहार ढाक्नैपर्ने भए अरु तरिका अपनाउन भनेको बीबीसीले जनाएको छ ।
यसअघि छोटो समयको लागि अनुहार ढाक्नलाई आपतकालीन उपायको रुपमा प्रतिबन्ध लगाइएको तर अब यसलाई स्थायी रुपमै कार्यान्वयन गर्न लागिएको श्रीलङ्काका सुरक्षामन्त्री शरत वीरशेखरले बताउनुभएको छ।
सार्वजनिक ठाउँमा बुर्का लगाउन नपाउनेसम्बन्धी निर्णयमा मन्त्रिपरिषद्मा हस्ताक्षर भइसकेको र संसदले अनुमोदन गर्न बाँकी ...