श्रीलंकामा बुर्का पहिरिन प्रतिबन्ध लगाइएपछि पाकिस्तानको आपत्ति

श्रीलंकाले त्यहाँका मुस्लिम महिलाहरूलाई बुर्का पहिरिन प्रतिबन्ध लगाएकोप्रति पाकिस्तानले आपत्ति जनाएको छ। राष्ट्रिय सुरक्षालाई कारण देखाउँदै श्रीलंका सरकारले मार्च १४ देखि सार्वजनिक स्थानमा बुर्का पहिरिन र मुहार ढाक्न प्रतिबन्ध लगाएको छ। श्रीलंकाको यो फैसलाप्रति पाकिस्तानले आपत्ति जनाएको हो। यसअघि कोरोना महामारीका बेला मृत्यु भएका सबैको शव दाह गर्ने निर्णयप्रति पनि पाकिस्तानले आपत्ति जनाएको थियो। केही साताअघि पाकिस्तानका प्रधानमन्त्री इमरान खानको भ्रमणताका श्रीलंकाले यो नियम कार्यान्वयन