वीरगंज : कोरोना भाइरसको प्रकोपका कारण भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनम बन्दरगाहमा रोकिएका अरबौँ रुपैयाँका मालसामान वीरगंज आउन थालेका छन्। चीनमा कोरोनाको प्रकोप घट्न थालेको र त्यहाँका उद्योग कलकारखाना तथा व्यावसायिक फर्म खुल्न थालेपछि विस्तारै ‘होल्ड’ भएर बसेका हजारौँ कन्टेनर वीरगंज आउन थालेको वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाहका प्रमुख भन्सार अधिकृत