नेकपा एमालेले प्रतिनिधि सभामा जारी अवरोध हटाउनको लागि चार शर्त अगाडि सारेको छ ।
सभामुख अग्नि सापकोटाको राजीनामालाई शर्त बनाएको एमालेले उनले माफी मागे मात्र पनि संसद् अवरोध हटाउने संकेत गरेको हो । १४ सांसदमाथि कारबाही या सभामुखको राजीनामालाई शर्त बनाएर एमालेले भदौ २३ गतेदेखि संसद अवरुद्ध गर्दै आएको छ ।
युवा संघले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा एमाले उपमहासचिव एवं प्रतिनिधि सभा सदस्य प्रदीप ज्ञवालीले आफ्नो भूमिकाले एमाले विभाजन भएकोमा सभामुखले क्षमा मागे पनि संसद् सञ्चालन हुने बताए...