बगरमा भेडापालन

म्याग्दीको धवलागिरि गाउँपालिका-४, बगरको जेल्टुङमा स्थानीय बासिन्दाले पालेका भेडा । तस्वीर: कमल खत्री/रासस

सम्बन्धित सामग्री

जीविकोपार्जनका लागि भेडापालन

म्याग्दी– म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीको रुइसे चरन क्षेत्रमा चर्दै गरेका भेंडा । पर्यटकीय क्षेत्र रुइसेमा हिउँद वा बर्खामा भेडागोठालाले भेडाबाख्रा चराउने गर्छन् । रुइसे ठूलो पाखो छ, बर्खायाममा हिमालको बुक्यान चर्न गएका भेडाबाख्राका गोठ हिउँदमा बेशी झर्छन् । बर्खा वा हिउँदमा निरन्तर रुइसे ठूलो पाखोमा विगत २५ वर्षदेखि रघुगंगा–२, धुपीचौरका टेक परियारले भेडापालन गर्दै […]

लेकाली भेगका किसानको रोजाइमा भेडापालन

– युवराज विष्ट भोजपुर, ८ असार । भेडापालन व्यवसाय यहाँका लेकाली भेगका किसानका लागि राम्रो आम्दानीको स्रोत बनेको छ । व्यावसायिक भेडापालनबाट यहाँका कृषकले वार्षिक रु सातदेखि नौ लाखसम्म आम्दानी गर्दै आएका छन् । पछिल्लो समय भेडाको घ्यूसँगै मासुको बजारमा राम्रो माग रहेको टेम्केमैयुङका स्थानीय भेडापालक कृषक गोविन्द बस्नेतले बताए । भेडापालक कृषकले भेडा, ऊन, […]

चिसो छल्न हिमाली जिल्लाका भेडा व्यवसायी डोटीमा

डोटी - हिमाली जिल्लामा बसोबास गर्ने प्रायजसाे भेडापालन व्यवसायीहरु हिउँदको समयमा चिसो छल्न परिवारसहित डोटीका विभिन्न ठाउँमा झर्ने गरेका छन् । व्यावसायिक रुपमा भेडापालन गरिरहेका भेडा व्यवसायीहरु चिसो मौसम सुरु हुन  थालेसँगै छिमेकी जिल्ला डोटीका विभिन्न फाँटहरुमा बसाइँ सरेका हुन् ।  अन्य वर्ष जस्तै यस वर्ष पनि चिसो मौसम छिचोल्न डोटी पुगेका बुढीनन्दा नगरपालिका–९ बाजुरा कोल्टीका चन्द बोगटीले आफ्नो रोजगारी र आयआर्जनको श्रोत नै भेडापालन भएकाले हिउँदको समयमा चिसोबाट जोगाउन डोटीका फाँटमा झरेको ब...

ओखलढुंगामा भेडापालन व्यवसाय मासिंदै

ओखलढुंगा । ओखलढुंगाको रुम्जाटारमा चरन क्षेत्रको अभावमा भेडापालन व्यवसाय मासिंदै गएको छ । राडीपाखी बनाउन प्रयोग हुने ऊनको मुख्य स्रोत मानिएको भेडापालन व्यवसाय अहिले रुम्जाटारका सीमित किसानले मात्रै गर्दै आएका छन् । पहिले गुरुङ समुदायका घरैपिच्छे हुने भेडीगोठ अहिले २ वटामा खुम्चिंएको छ । एकातिर चरन क्षेत्रको अभाव, अर्कोतिर कामदार नपाइने समस्याले यो व्यवसाय संकटमा […]

गुरुङ समुदायको पुर्ख्यौली पेसा भेडापालन व्यवसाय संकटमा

लमजुङ– भेडापालनलाई गुरुङ समुदायको पुर्ख्यौली पेसाको रुपमा मानिन्छ । विगतमा लमजुङमा झन्डै तीन सयभन्दा बढी भेडीगोठ थिए । स्थानीयले घुम्ती भेडीगोठमा सामूहिक रूपमा भेडा पाल्दै आएका थिए । तर, पछिल्लो समय भेडापालन व्यवसाय संकटमा छ । युवा पुस्ताले यस व्यवसायमा चासो नदिँएका कारण यो व्यवसाय संकटमा पर्न थालेको हो । युवा सहर, विदेश केन्द्रित छन् […]

सिंगापुर र मलेसियाको रोजगारी छाडेर धवलागिरिमा घुम्ती भेडापालन

म्याग्दी : रोजगारीको सिलसिलामा दुई दशक सिंगापुर र मलेसियामा बिताएर स्वदेश फर्केका म्याग्दीका एक व्यक्ति परम्परागत घुम्ती गोठमा भेडापालन गरेर मनग्गे आम्दानी गरिरहेका छन्। म्याग्दीको धवलागिरि गाउँपालिका- ५ मल्काबाङका ४१ वर्षीय देवान छन्त्यालले पुर्ख्यौली पेशालाई निरन्तरता दिँदै धवलागिरि हिमालको काखमा ६०० भन्दा बढी भेडापालन गरेका हुन्।पाँच वर्षदेखि धवलागिरि र रघुगंगा गाउँपालिकाका लेकाली क्षेत्रमा घुम्ती गोठ सञ्चालन गरी भेडापालन गर्दै आएका छन्त्याल यतिबेला ६०० भन्दा बढी भेडाको बथान लि

तेह्रथुमका लेकाली क्षेत्रमा लोप हुँदै भेडापालन

तेह्रथुमका लेकाली क्षेत्रहरूमा कुनै समय अधिक मात्रामा भेडापालन हुन्थ्यो । भेडापालनबाट राम्रो आम्दानी लिन्थे यस क्षेत्रका स्थानीयले । पछिल्लो समय बढ्दो सहरीकरणसँगै सामुदायिक तथा निजी वनले सरकारी जमिन अधिनमा ल्याउन थालेपछि भेडापालन संकटमा पर्दै गएको छ ।आङदिमका हिक्मत लिम्बुले भने, “ऊनबाट राडीपाखी बनाइन्थ्यो तर, पछिल्लो समय राडीपाखी बनाउन छाड्दै गएपछि भेडापालन पनि मासिँदै गयो ।” […]

व्यावसायिक बन्दै म्याग्दीमा भेडापालन

म्याग्दी । म्याग्दीका हिमाली खर्कहरूमा भेडापालन व्यवसाय फस्टाउँदै गएको छ । विदेश गएर फर्केका युवाहरूले आफ्नो पुख्र्यौली पेशालाई आधुनिक तरिकाबाट सञ्चालन गर्न थालेपछि भेडापालनले पनि व्यावसायिक रूप लिँदै गएको हो । सिंगापुर र मलेशियाको करीब २ दशक लामो वैदेशिक रोजगारीलाई बिट मारेर फर्किएका धवलागिरि गाउँपालिका–५ मल्काबाङबका देबान छन्त्याल, रघुगंगा गाउँपालिका–८ पात्लेखर्कका मिलन छन्त्याल, ८ वर्षसम्म इराक बसेर फर्केका पात्लेखर्ककै दानबहादुर गर्बुजा लगायत युवाले विदेशमा कमाएको ५० लाखभन्दा बढी रकम खर्चेर व्यावसायिक रूपमै नै भेडापालन शुरू गरेका हुन् । गाउँ शहरमा कोरोनाको कहरले युवाहरू बेरोजगार बनिरहेका बेला कोरोना र लकडाउनको प्रवाहविना भेडापालनमा व्यस्त छन् । फार्म नै दर्ता गरी व्यावसायिक भेडापालन शुरू गरेका उनको फार्ममा अहिले २५० ओटाभन्दा बढी भेडा छन् । उनले ५ वर्षदेखि वनजंगलमा घुम्ती गोठबाट भेडापालन गरेका छन् । उत्पादन भएका भेडाबाख्राका लागि बजारको अभाव नभएको उनले बताए । यस्तै पात्लेखर्ककै दानबहादुर गर्बुजाले पनि प्रवासमा आर्जन गरेको कमाइ गाउँमै भेडापालनमा लगानी गरेका छन् । रोजगारको क्रममा आठ वर्षसम्म इराक बसेर फर्केका गर्बुजाले १३ लाख लगानीमा भेडापालन व्यवसाय शुरू गरेका हु्न् । उनको गोठमा अहिले भेडाको संख्या २५० नाघेको छ । भेडा विक्रीबाट उनले वार्षिक आठ लाखदेखि १० लाख रुपैयाँसम्म कमाउँछन् । यहाँका भेडीगोठ छिसखर्क हुँदै चौरवन, च्यामली, रिखार हुँदै धौलागिरि हिमालको आधार शिविरसम्म लैजाने गरिन्छ । खाद्यान्न सामग्री लिन गाउँ झर्नेबाहेक अन्य चाडपर्वदेखि वर्षात् र हिउँ पर्ने समयमा गोठको जीवन अति कष्टकर हुने भएकाले घुम्ती गोठ रहने क्षेत्रमा आश्रयस्थल बनाइदिए आफूहरूलाई सहज हुने भेडापालक किसान मिलन छन्त्यालको भनाइ छ । भेडा खरीदका लागि व्यापारीहरू गोठमै पुग्ने गर्छन् । व्यापारीहरू गोठमै आउने भएकाले बजारको समस्या नरहेको भेडापालक युवा छन्त्यालको भनाइ छ । यस क्षेत्रबाट वार्षिक करीब २०० भेडा विक्री हुने उनको भनाइ छ ।

व्यावसायिक बन्दै म्याग्दीमा भेडापालन

म्याग्दी : म्याग्दीका हिमाली खर्कहरूमा भेडापालन व्यवसाय फस्टाउँदै गएको छ। विदेश गएर फर्केका युवाहरूले आफ्नो पुख्र्यौली पेशालाई आधुनिक तरिकाबाट  संचालन गर्न थालेपछि भेडापालनले पनि व्यवसायिक रुप लिँदै गएको हो।सिंगापुर र मलेशियाको करिब दुई दशक लामो वैदेशिक रोजगारीलाई बिट मारेर जन्मभूमिमा फर्किएका धवलागिरि गाउँपालिका ५ मल्काबाङबका देबान छन्त्याल, रघुगंगा गाउँपालिका– ८ पात्लेखर्कका मिलन छन्त्याल, ८ वर्षसम्म इराक बसेर फर्केका पात्लेखर्ककै दानबहादुर गर्बुजा लगाएतका युवाहरूले विदेशमा कमाएको र

जुम्लाको लर्मीगाउँको ८५ घरधुरी नै भेडापालन व्यवसायमा

जुम्लाको तिला गाउँपालिका २ मा रहेको सबै ८५ घरधुरीले पुस्तौँदेखि भेडापालन व्यवसाय गर्दै आएका छन् । गाउँपालिकाको मुकाम डुन्डेलीबाट ४५ मिनेट पैदलयात्राबाट पुगिने गाउँ तलबाट हेर्दा सबै पहाडैपहाडजस्तो देखिन्छ । तर, त्यही...