डोटी - हिमाली जिल्लामा बसोबास गर्ने प्रायजसाे भेडापालन व्यवसायीहरु हिउँदको समयमा चिसो छल्न परिवारसहित डोटीका विभिन्न ठाउँमा झर्ने गरेका छन् । व्यावसायिक रुपमा भेडापालन गरिरहेका भेडा व्यवसायीहरु चिसो मौसम सुरु हुन थालेसँगै छिमेकी जिल्ला डोटीका विभिन्न फाँटहरुमा बसाइँ सरेका हुन् ।
अन्य वर्ष जस्तै यस वर्ष पनि चिसो मौसम छिचोल्न डोटी पुगेका बुढीनन्दा नगरपालिका–९ बाजुरा कोल्टीका चन्द बोगटीले आफ्नो रोजगारी र आयआर्जनको श्रोत नै भेडापालन भएकाले हिउँदको समयमा चिसोबाट जोगाउन डोटीका फाँटमा झरेको ब...