सिंगापुर र मलेसियाको रोजगारी छाडेर धवलागिरिमा घुम्ती भेडापालन

म्याग्दी : रोजगारीको सिलसिलामा दुई दशक सिंगापुर र मलेसियामा बिताएर स्वदेश फर्केका म्याग्दीका एक व्यक्ति परम्परागत घुम्ती गोठमा भेडापालन गरेर मनग्गे आम्दानी गरिरहेका छन्। म्याग्दीको धवलागिरि गाउँपालिका- ५ मल्काबाङका ४१ वर्षीय देवान छन्त्यालले पुर्ख्यौली पेशालाई निरन्तरता दिँदै धवलागिरि हिमालको काखमा ६०० भन्दा बढी भेडापालन गरेका हुन्।पाँच वर्षदेखि धवलागिरि र रघुगंगा गाउँपालिकाका लेकाली क्षेत्रमा घुम्ती गोठ सञ्चालन गरी भेडापालन गर्दै आएका छन्त्याल यतिबेला ६०० भन्दा बढी भेडाको बथान लि