व्यावसायिक बन्दै म्याग्दीमा भेडापालन

म्याग्दी : म्याग्दीका हिमाली खर्कहरूमा भेडापालन व्यवसाय फस्टाउँदै गएको छ। विदेश गएर फर्केका युवाहरूले आफ्नो पुख्र्यौली पेशालाई आधुनिक तरिकाबाट  संचालन गर्न थालेपछि भेडापालनले पनि व्यवसायिक रुप लिँदै गएको हो।सिंगापुर र मलेशियाको करिब दुई दशक लामो वैदेशिक रोजगारीलाई बिट मारेर जन्मभूमिमा फर्किएका धवलागिरि गाउँपालिका ५ मल्काबाङबका देबान छन्त्याल, रघुगंगा गाउँपालिका– ८ पात्लेखर्कका मिलन छन्त्याल, ८ वर्षसम्म इराक बसेर फर्केका पात्लेखर्ककै दानबहादुर गर्बुजा लगाएतका युवाहरूले विदेशमा कमाएको र

सम्बन्धित सामग्री

‘कुकुरबिनाको गोठालाको कल्पना गर्न सकिदैन’ - Nepal Japan

रुकुम पूर्व, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटनको बुकीमा भेडापालन गर्दै आएका बागलुङको तमानखोला गाउँ

‘कुकुरबिनाको गोठालाको कल्पना गर्न सकिँदैन’

रुकुम पूर्व, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटनको बुकीमा भेडापालन गर्दै आएका बागलुङको तमानखोला गाउँपालिका–५ खुङखानीका रनबहादुर विकको गोठमा पाँचवटा ‘भोटे’ कुकुर छन् ।

‘कुकुरबिनाको गोठालाको कल्पना गर्न सकिँदैन’

रुकुम पूर्व, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटनको बुकीमा भेडापालन गर्दै आएका बागलुङको तमानखोला गाउँपालिका–५ खुङखानीका रनबहादुर विकको गोठमा पाँचवटा ‘भोटे’ कुकुर छन् ।

गोठालाको साथी कुकर

रुकुम पूर्व, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटनको बुकीमा भेडापालन गर्दै आएका बागलुङको तमानखोला गाउँपालिका–५ खुङखानीका रनबहादुर विकको गोठमा पाँचवटा ‘भोटे’ कुकुर छन् । म्याग्दी र मुस्ताङको लेकाली बुकीमा घुम्ती गोठमा भेडापालन गर्दै आउनुभएका म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीका नन्दबहादुर भण्डारीको भेडाबाख्राको सुरक्षा कुकुरले गरेका छन् । ५४ वर्षदेखि भेडापालन गर्दै आउनुभएका ६८ वर्षीय भण्डारीले भेडाबाख्रा र […]

कुकुरबिना गोठालाको कल्पना पनि गर्न नसक्ने रनबहादुर

म्याग्दी- रुकुम पूर्व, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटनको बुकीमा भेडापालन गर्दै आएका बागलुङको तमानखोला गाउँपालिका–५ खुङखानीका रनबहादुर विकको गोठमा पाँचवटा ‘भोटे’ कुकुर छन् । म्याग्दी र मुस्ताङको लेकाली बुकीमा घुम्ती गोठमा भेडापालन गर्दै आएका म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीका नन्दबहादुर...

कुकुरबिना गोठालाको कल्पना पनि गर्न नसक्ने रनबहादुर

म्याग्दी- रुकुम पूर्व, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटनको बुकीमा भेडापालन गर्दै आएका बागलुङको तमानखोला गाउँपालिका–५ खुङखानीका रनबहादुर विकको गोठमा पाँचवटा ‘भोटे’ कुकुर छन् । म्याग्दी र मुस्ताङको लेकाली बुकीमा घुम्ती गोठमा भेडापालन गर्दै आएका म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीका नन्दबहादुर...

‘कुकुरबिनाको गोठालाको कल्पना गर्न सकिदैन’

म्याग्दी । रुकुम पूर्व, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटनको बुकीमा भेडापालन गर्दै आएका बागलुङको तमानखोला गाउँपालिका–५ खुङखानीका रनबहादुर विकको गोठमा पाँचवटा ‘भोटे’ कुकुर छन् । म्याग्दी र मुस्ताङको लेकाली बुकीमा घुम्ती गोठमा भेडापालन गर्दै आउनुभएका म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीका नन्दबहादुर भण्डारीको भेडाबाख्राको सुरक्षा कुकुरले गरेका छन् । ५४ वर्षदेखि भेडापालन गर्दै आउनुभएका ६८ वर्षीय भण्डारीले […]

घुम्ती गोठलाई चरण क्षेत्रमा घाँस अभाव

म्याग्दीमा घुम्ती गोठलाई चरीचरणमा घाँसको अभाव बढ्दै गएको छ । घुम्ती गोठमार्फत् भेडापालन गर्दै आएका कृषकलाई चरीचरण क्षेत्रमा नजाती (पुशपन्छीले नखाने) घाँस उम्रने फैलने क्रम बढ्नाले पशुपन्छीलाई आहाराको अभाव बढ्दै गएको हो । पुरानो चरीचरण क्षेत्रमा वनजंगल बढ्नु, अनावश्यक नखाने घाँस फैलनु, जनावर पाल्ने क्रम घट्दै गएपछि घुम्ती गोठलाई चरीचरण क्षेत्रमा घाँसको अभाव बढ्दै गएको […]

व्यावसायिक बन्दै म्याग्दीमा भेडापालन

म्याग्दी । म्याग्दीका हिमाली खर्कहरूमा भेडापालन व्यवसाय फस्टाउँदै गएको छ । विदेश गएर फर्केका युवाहरूले आफ्नो पुख्र्यौली पेशालाई आधुनिक तरिकाबाट सञ्चालन गर्न थालेपछि भेडापालनले पनि व्यावसायिक रूप लिँदै गएको हो । सिंगापुर र मलेशियाको करीब २ दशक लामो वैदेशिक रोजगारीलाई बिट मारेर फर्किएका धवलागिरि गाउँपालिका–५ मल्काबाङबका देबान छन्त्याल, रघुगंगा गाउँपालिका–८ पात्लेखर्कका मिलन छन्त्याल, ८ वर्षसम्म इराक बसेर फर्केका पात्लेखर्ककै दानबहादुर गर्बुजा लगायत युवाले विदेशमा कमाएको ५० लाखभन्दा बढी रकम खर्चेर व्यावसायिक रूपमै नै भेडापालन शुरू गरेका हुन् । गाउँ शहरमा कोरोनाको कहरले युवाहरू बेरोजगार बनिरहेका बेला कोरोना र लकडाउनको प्रवाहविना भेडापालनमा व्यस्त छन् । फार्म नै दर्ता गरी व्यावसायिक भेडापालन शुरू गरेका उनको फार्ममा अहिले २५० ओटाभन्दा बढी भेडा छन् । उनले ५ वर्षदेखि वनजंगलमा घुम्ती गोठबाट भेडापालन गरेका छन् । उत्पादन भएका भेडाबाख्राका लागि बजारको अभाव नभएको उनले बताए । यस्तै पात्लेखर्ककै दानबहादुर गर्बुजाले पनि प्रवासमा आर्जन गरेको कमाइ गाउँमै भेडापालनमा लगानी गरेका छन् । रोजगारको क्रममा आठ वर्षसम्म इराक बसेर फर्केका गर्बुजाले १३ लाख लगानीमा भेडापालन व्यवसाय शुरू गरेका हु्न् । उनको गोठमा अहिले भेडाको संख्या २५० नाघेको छ । भेडा विक्रीबाट उनले वार्षिक आठ लाखदेखि १० लाख रुपैयाँसम्म कमाउँछन् । यहाँका भेडीगोठ छिसखर्क हुँदै चौरवन, च्यामली, रिखार हुँदै धौलागिरि हिमालको आधार शिविरसम्म लैजाने गरिन्छ । खाद्यान्न सामग्री लिन गाउँ झर्नेबाहेक अन्य चाडपर्वदेखि वर्षात् र हिउँ पर्ने समयमा गोठको जीवन अति कष्टकर हुने भएकाले घुम्ती गोठ रहने क्षेत्रमा आश्रयस्थल बनाइदिए आफूहरूलाई सहज हुने भेडापालक किसान मिलन छन्त्यालको भनाइ छ । भेडा खरीदका लागि व्यापारीहरू गोठमै पुग्ने गर्छन् । व्यापारीहरू गोठमै आउने भएकाले बजारको समस्या नरहेको भेडापालक युवा छन्त्यालको भनाइ छ । यस क्षेत्रबाट वार्षिक करीब २०० भेडा विक्री हुने उनको भनाइ छ ।

फस्टाउँदै भेडापालन

मौसमी तापक्रमको फेरबदलसँगै चिसो खोज्न गोठ सारिरहनुपर्ने भएकाले कुनै समय परम्परागत भेडापालन म्याग्दीमा हराउन थालेको थियो । पुराना पुस्ताले स्याहार्न गाह्रो, नयाँ पुस्तामा वैदेशिक रोजगारीको लहरले पनि भेडीगोठ राख्ने चलन घटेको थियो । तर, अब भने आम्दानीको हिसाब गरेकाहरूले परम्परालाई फेरि बल दिने क्रम सुरु भएको छ ।