एकल अंकमा आयो निक्षेपको ब्याजदर

काठमाडौं । अन्ततः वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको अधिकतम ब्याजदर एकल अंकमा झारेका छन् । नेपाल राष्ट्र बैंकको हस्तक्षेपपछि वाणिज्य बैंकहरूले कात्तिक महीनाका लागि यसअघि जारी गरेको ब्याजदर संशोधन गर्दै एकल अंकमा झारेका हुन् । वाणिज्य बैंक मात्र नभएर विकास बैंक र फाइनान्स कम्पनीले पनि मुद्दती निक्षेपको ब्याजदर एकल अंकमा झारेका छन्, जुन बुधवार र बिहीवारदेखि नै लागू भइसकेको छ । संशोधित ब्याजदरअनुसार अब वाणिज्य बैंकहरूले निक्षेपमा अधिकतम ९ दशमलव ३६ प्रतिशतसम्म ब्याज दिनेछन् । यसैगरी विकास बैंकहरूले ९ दशमलव ५० र फाइनान्स कम्पनीहरूले ९ दशमलव ६० प्रतिशतको अधिकतम ब्याजदर निर्धारण गरेका छन् । बैंकिङ क्षेत्रमा तरलताको अभाव कायमै भएपछि कात्तिकका लागि ७ वाणिज्य बैंकले मात्र दोहोरो अंकको निक्षेप ब्याजदर निर्धारण गरेका थिए । त्यसमा एनआईसी एशिया बैंकले सबैभन्दा बढी अर्थात् ११ दशमलव १० प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । यस्तै, केही वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले पनि निक्षेपको ब्याजदर दोहोरो अंकमा पुर्‍याएका थिए । यसैगरी अन्य बैंक तथा वित्तीय संस्थाहरूले पनि ब्याजदर ह्वात्तै बढाएका थिए । खासमा तरलताको अभाव भएपछि बैंकहरूले असोजदेखि ब्याजदर बढाउन थालेका थिए । असोजमा सनराइज बैंकले मात्र दोहोरो अंकको अर्थात् १० दशमलव ०७ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । कात्तिकमा आएर सनराइजले ब्याजदर एकल अंकमा ल्याएपनि अधिकांश बैंक तथा वित्तीय संस्थाहरूले आफूखुशी ब्याजदर बढाएर दोहोरो अंकमा पु¥याएका थिए । यसरी बैंकहरूले जथाभावी ब्याजदर बढाउन थालेपछि राष्ट्र बैंकले गत मंगलवार मासिक रूपमा १० प्रतिशतले मात्रा ब्याजदर तलमाथि गर्न निर्देशन दिएको थियो । साथै, कात्तिकका लागि निर्धारण गरिएको ब्याजदर तत्काल संशोधन गर्न पनि निर्देशन दिएको थियो । त्यतिले मात्रा नपुगेर राष्ट्र बैंकका अधिकारीहरूले बुधवार बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी निर्देशकहरूलाई फोन नै गरेर ब्याजदरका सीमा नै तोकिदिएका थिए । अहिले आएर बैंक तथा वित्तीय संस्थाहरूले सोहीअनुसार नै नयाँ ब्याजदर लागू गरेका हुन् । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले राष्ट्र बैंकको नीतिअनुसार निक्षेपको ब्याजदर एकल अंकमा झारेको बताए । ‘बैंकहरूले ब्याजदर बढाउन थालेपछि ब्याजदर स्थिरताको बहस उठ्यो । ब्याजदर स्थिरताका लागि दबाब पनि आउन थाल्यो,’ उनले भने, ‘त्यस अवस्थामा राष्ट्र बैंकबाट पनि ब्याजदर नियन्त्रण गर्न निर्देशन आयो । त्यसपछि हामीले ब्याजदर संशोधन गरेका हौं ।’ ब्याजदर घटेसँगै अब उद्योग व्यवसाय गर्नेहरूलाई सहजता प्रदान हुने उनको भनाइ छ । ‘निक्षेपको ब्याजदर घटेसँगै कर्जाको ब्याजदर पनि घट्छ । यो अवस्थामा ऋण लिएर उद्योग व्यवसाय गर्नेहरूलाई थप सहज हुनेछ,’ उनले भने । ब्याजदर घटाउँदा केही बैंकहरूलाई सीडी रेसियो ९० प्रतिशतमा कायम गर्न चुनौती हुने उनको भनाइ छ । ‘ब्याजदर घटेपछि सीडी रेसियो ९० प्रतिशतभन्दा माथि भएका बैंकहरूलाई समस्या हुन सक्छ । यस अवस्था त्यस्ता बैंकहरूलाई राष्ट्र बैंकले केही सहयोग गर्न आवश्यक छ,’ उनले भने, ‘साथै, अन्य बैंक तथा वित्तीय संस्थाहरूले पनि ऋण किनिदिएर सहयोग गर्न पर्ने हुनसक्छ ।’

सम्बन्धित सामग्री

माघदेखि घट्दै ब्याजदर

आउँदो माघदेखि वाणिज्य बैङ्कहरूको निक्षेपको ब्याजदर घट्ने भएको छ । वाणिज्य बैङ्कहरूका प्रमुख कार्यकारी अधिकृतहरूको छाता सङ्गठन नेपाल बैङ्कर्स एसोसिएसनको बुधबार बसेको बैठकले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो । पछिल्लो समय बैङ्किङ प्रणालीमा

मंसिरमा ब्याजदर नबढने

वाणिज्य बैंकहरूले आगामी मंसिरमा निक्षेपको ब्याजदर नबढाउने भएका छन् ।मंगलबार बसेको वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको बैठकले मंसिरमा निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेका हुन । आम रूपमा बैंकको ब्याजदर घटाउनुपर्ने माग उठ्दै आएको छ । निक्षेपको ब्याज बढ्दा कर्जाकोसमेत ब्याज बढ्न जाने भएकाले अर्थतन्त्रका अन्य क्षेत्रमा चाप पर्दै आएको छ ।ब्याजदर बढ्दा आर्थिक […]

मङ्सिरमा निक्षेपको ब्याजदर नबढाउने बैंकर्स सङ्घको निर्णय

काठमाण्डाै – वाणिज्य बैंकहरूले आउँदो मङ्सिरमा निक्षेपको ब्याजदर नबढाउने भएका छन् । आज मङ्गलवार बसेको वाणिज्य बैंकहरूको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घको बैठकले मङ्सिरमा निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेकाे हो । आमरूपमा बैंकको ब्याजदर घटाउनुपर्ने माग उठ्दै आए पनि बैंकर्स सङ्घ ब्याजदर घटाउने विषयमा मौन बसेको छ । निक्षेपको ब्याज बढ्दा कर्जाको समेत ब्याज बढ्न जाने भएकाले अर्थतन्त्रका अन्य क्षेत्रमा चाप पर्दै आएको छ । अहिले केही बैंकको कर्जाको ब्याजदर १९ प्रतिशतसम्म पुगेको ऋणीले गुनासो गरिरहेका छन् । ब्याजदर बढ्दा आर्थिक क्षेत्रम...

मङ्सिरमा ब्याजदर नबढने

काठमाडौँ,२९ कार्तिक । वाणिज्य बैंकहरूले आगामी मङ्सिरमा निक्षेपको ब्याजदर नबढाउने भएका छन् । आज बसेको वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घको बैठकले मङ्सिरमा निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेका हुन । आम रुपमा बैंकको ब्याजदर घटाउनुपर्ने माग उठ्दै आएको छ । निक्षेपको ब्याज बढ्दा कर्जाकोसमेत ब्याज बढ्न जाने भएकाले अर्थतन्त्रका अन्य क्षेत्रमा चाप पर्दै आएको […]

मङ्सिरमा ब्याजदर नबढाउने बैंकर्स संघकाे निर्णय

काठमाडाैँ- वाणिज्य बैंकहरूले आगामी मङ्सिरमा निक्षेपको ब्याजदर नबढाउने भएका छन्। मंगलबार बसेको वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको बैठकले मङ्सिरमा निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेका हुन्। आम रूपमा बैंकको ब्याजदर घटाउनुपर्ने माग उठ्दै आएको छ। निक्षेपको ब्याज बढ्दा कर्जाकोसमेत ब्याज बढ्न जाने भएकाले अर्थतन्त्रका अन्य क्षेत्रमा चाप पर्दै आएको छ। ब्याजदर बढ्दा आर्थिक क्षेत्रमा […]

मंसिरमा ब्याजदर नबढ्ने

काठमाडौं :  वाणिज्य बैंकहरूले आगामी मंसिरमा निक्षेपको ब्याजदर नबढाउने भएका छन्। आज बसेको वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको बैठकले मंसिरमा निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेका हुन। आम रुपमा बैंकको ब्याजदर घटाउनुपर्ने माग उठ्दै आएको छ।निक्षेपको ब्याज बढ्दा कर्जाकोसमेत ब्याज बढ्न जाने भएकाले अर्थतन्त्रका अन्य क्षेत्रमा चाप पर्दै आएको छ। ब्याजदर बढ्दा आर्थिक क्षेत्रमा चाप परेको र लगानीको वातावरण क्रमशः बिग्रदै गएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपा

मङ्सिरमा निक्षेपको ब्याजदर नबढ्ने

काठमाडौँ– वाणिज्य बैंकहरूले आगामी मङ्सिरमा निक्षेपको ब्याजदर नबढाउने भएका छन् । आज बसेको वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घको बैठकले मङ्सिरमा निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेका हुन । आम रुपमा बैंकको ब्याजदर घटाउनुपर्ने माग उठ्दै आएको छ । निक्षेपको ब्याज बढ्दा कर्जाकोसमेत ब्याज बढ्न जाने भएकाले अर्थतन्त्रका अन्य क्षेत्रमा चाप पर्दै आएको छ । […]

निक्षेपको ब्याज बढेसँगै निजी क्षेत्र आतंकित

काठमाडौँ- बैंकले निक्षेपको ब्याजदर फागुनबाट लागू हुने गरी वृद्धि गरेका छन्। निक्षेपको ब्याजदर वृद्धिभएसँगै कर्जाको ब्याजदर पनि स्वतः बढ्ने भएको छ। नेपाल बैंकर्स संघको कार्यसमितिको शुक्रबार (माघ २८) को बैठकले नेपाल राष्ट्र बैंकको निर्देशन भित्र रहेर फागुन १ गतेदेखि लागू हुनेगरी सबै प्रकारको निक्षेप खाताको ब्याजदर बढाउन पाउने निर्णय गरेको हो। बैठकले गरेको निर्णय अनुसार […]

राष्ट्र बैंकको निर्देशनपछि सबै बैंकले घटाए निक्षेपको ब्याज

नेपाल राष्ट्र बैंकले मंगलबार साँझ २४ घण्टाभित्र ब्याजदर घटाउन निर्देशन दिएपछि बैंकहरुले ब्याजदर घटाएका छन् । कात्तिक १ गते नयाँ ब्याजदर तोक्दै निक्षेपको ब्याज ११.६७ प्रतिशत पुर्याएको हिमालयनसहित सबैजसो बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।राष्ट्र बैंकको निर्देशनअघि सबैभन्दा उच्च ब्याजदर रहेको हिमालयनले निक्षेपको ब्याजदर ९.३६ प्रतिशत तोकेको छ । यस्तै, सिद्धार्थ, नबिल, एभरेष्ट, माछापुच्छ्रे, बैंक अफ काठमाण्डु, सेञ्चुरी र नेपाल बंगलादेश, एनसीसी र सिभिल बैंकले समान ९.३६ प्रतिशत ब्याजदर तोकेका छन

तीन वर्षपछि दोहोरो अंकमा पुग्यो मुद्दती निक्षेपको ब्याज

तीन वर्षपछि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर अधिकतम १० प्रतिशतसम्म पुगेको छ । मंसिर ०७५ मा अधिकतम १२ प्रतिशतसम्म रहेको मुद्दती निक्षेपको ब्याजदर त्यसयता घटेर ७ दशमलव ५ प्रतिशत हाराहारीसम्म पुगेको थियो ।...