काठमाण्डाै – वाणिज्य बैंकहरूले आउँदो मङ्सिरमा निक्षेपको ब्याजदर नबढाउने भएका छन् । आज मङ्गलवार बसेको वाणिज्य बैंकहरूको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घको बैठकले मङ्सिरमा निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेकाे हो ।
आमरूपमा बैंकको ब्याजदर घटाउनुपर्ने माग उठ्दै आए पनि बैंकर्स सङ्घ ब्याजदर घटाउने विषयमा मौन बसेको छ । निक्षेपको ब्याज बढ्दा कर्जाको समेत ब्याज बढ्न जाने भएकाले अर्थतन्त्रका अन्य क्षेत्रमा चाप पर्दै आएको छ । अहिले केही बैंकको कर्जाको ब्याजदर १९ प्रतिशतसम्म पुगेको ऋणीले गुनासो गरिरहेका छन् । ब्याजदर बढ्दा आर्थिक क्षेत्रम...