राष्ट्र बैंकको निर्देशनपछि सबै बैंकले घटाए निक्षेपको ब्याज

नेपाल राष्ट्र बैंकले मंगलबार साँझ २४ घण्टाभित्र ब्याजदर घटाउन निर्देशन दिएपछि बैंकहरुले ब्याजदर घटाएका छन् । कात्तिक १ गते नयाँ ब्याजदर तोक्दै निक्षेपको ब्याज ११.६७ प्रतिशत पुर्याएको हिमालयनसहित सबैजसो बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।राष्ट्र बैंकको निर्देशनअघि सबैभन्दा उच्च ब्याजदर रहेको हिमालयनले निक्षेपको ब्याजदर ९.३६ प्रतिशत तोकेको छ । यस्तै, सिद्धार्थ, नबिल, एभरेष्ट, माछापुच्छ्रे, बैंक अफ काठमाण्डु, सेञ्चुरी र नेपाल बंगलादेश, एनसीसी र सिभिल बैंकले समान ९.३६ प्रतिशत ब्याजदर तोकेका छन

सम्बन्धित सामग्री

तत्काल ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय, संस्थागत निक्षेपको ब्याज घट्ने

वाणिज्य बैंकहरुका सीइओहरुको संगठन नेपाल बैंकर्स संघले तत्काल ब्याजको दर नबढाउने निर्णय गरेको छ । राष्ट्र बैंकले बुधबार मौद्रिक नीति कार्यन्वयनको लागि सर्कुलर जारी गर्दै नीतिगत दर बढाएपनि संघले तत्काल ब्याजको दर नबढाउने निर्णय गरेको हो ।राष्ट्र बैंकले जारी गरेको निर्देशनमा  राष्ट्र बैंकले तय गर्ने बैंक दर तथा नीतिगत दर परिवर्तन भएमा तत्काल ब्याजदर परिवर्तन गरी प्रकाशन गर्न सकिने ब्यबस्था गरेपनि संघले भने तत्काल ब्याज नबढाउने र पुर्ने ब्याजलाई निरन्तरता दिने निर्णय गरेको हो  ।निक्षेपमा दिने ब्याजदर मासिक रुपमा मात्र परिवर्तन गर्न सकिने ब्यबस्था रहेको छ । सोहि अनुसार भदौ महिनामा ब्याज बढाउने कि नबढाउने भन्ने बारे सौं अन्त्यमा छलफल गरेर निर्णय गर्ने संघले जनाएको छ । त्यस्तै राष्ट्र बैंकले  संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा दुई प्रतिशत बिन्दुले कम हुनुपर्ने ब्यबस्था गरेसंगै संघले संस्थागत मुद्दती निक्षेपको ब्याज घटाउने निर्णय गरेको छ । यस अघिसम्म यो अन्तर १ प्रतिशत बिन्दुले कम हुनु पर्ने ब्यबस्था थियो । राष्ट्र बैंकको निर्देशनसंगै बैंकहरुसंग साधारण निक्षेपको ब्याज बढाउने वा संस्थागत निक्षेपको ब्याज घटाउने विकल्प थियो । संघले संंस्थागत निक्षेपको ब्याजदर घटाउने भएको हो ।

निक्षेपको ब्याज बढेसँगै निजी क्षेत्र आतंकित

काठमाडौँ- बैंकले निक्षेपको ब्याजदर फागुनबाट लागू हुने गरी वृद्धि गरेका छन्। निक्षेपको ब्याजदर वृद्धिभएसँगै कर्जाको ब्याजदर पनि स्वतः बढ्ने भएको छ। नेपाल बैंकर्स संघको कार्यसमितिको शुक्रबार (माघ २८) को बैठकले नेपाल राष्ट्र बैंकको निर्देशन भित्र रहेर फागुन १ गतेदेखि लागू हुनेगरी सबै प्रकारको निक्षेप खाताको ब्याजदर बढाउन पाउने निर्णय गरेको हो। बैठकले गरेको निर्णय अनुसार […]

२४ बैंकले ब्याजको दर दोहोरो अंकमा पुर्याए, मेगा सहित तीन बैंकले एकल अंकमा राखे

नेपाल राष्ट्र बैंकले ब्याजदर निर्धारणमा नयाँ फर्मुला तोकेपछि २४ वटा कमर्शियल बैंकले व्यक्तिगत तर्फको मुद्दती निक्षेपको ब्याज बढाएर दोहोरो अंकमा पुर्याएका छन्। समान ब्याज राख्ने प्रस्तावमा कमर्शियल बैंकका सीईओहरुबीच सहमती नजुटेपछि यी २४ वटाले ब्याज दोहोरो अंकमा पुर्याएका हुन्। २४ वटा कमर्शियल बैंकमे व्यक्तिगत तर्फको मुद्दती निक्षेपको ब्याज बढाएर १०.०५ प्रतिशत पुर्याएका छन्। उनीहरुले नेपाल राष्ट्र बैंकले आइतबार कात्तिक २८ गते जारी गरेको सर्कुलर अनुसार ब्याज १०.०५ प्रतिशत पुर्याएका हुन्। कमर्शियल बैंकका सीईओहरुबीच मुद्दती निक्षेपको अधिकतम ब्याज ९.७५ वा ९.७४ प्रतिशत राख्ने प्रयास असफल भएपछि सबैले राष्ट्र बैंकको निर्देशनभित्र रहेर ब्याजको दर सार्वजनिक गरेका हुन्।  राष्ट्र बैंकले औषत ब्याजको दरमा १० प्रतिशतले बढाउन पाइने सर्कुलर जारी गरेपछि २४ वटा बैंकले सोहि अनुसार गरेका हुन्। कार्तिक महिनामा वाणिज्य बैंकहरुको औसत ब्याजदर ९.१३ प्रतिशत थियो । अब त्यसमा १० प्रतिशत जोड्दा १०.०४८ प्रतिशत हुन आउँछ ।  यससंगै सबै बाणिज्य बैंकहरुले १०.०४८ प्रतिशतसम्मको ब्याज दर कायम गर्न सक्ने छन् ।  १०.०४८ प्रतिशत अधिकतम सीमा हो, बैंकहरुले सो भन्दा कम ब्याजदर पनि कायम गर्न सक्ने छन्। यहि अनुसार तीनवटा कमर्शियल बैंकले भने मुद्दती निक्षेपको ब्याज एकल अंकमा राखेका छन्। निजि क्षेत्रका बिशेषगरि शिक्षा क्षेत्रका धेरै संस्थापक सेयरधनी रहेको मेगा बैंक, बिदेशी लगानीको स्ट्याण्डर्ड चार्टड बैंक र सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले ब्याज एकल अंकमा राखेका छन्।मेगा बैंकले मुद्दाती निक्षेपको अधिकतम ब्याज ९.९६ प्रतिशत निर्धारण गरेको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले ९.३० प्रतिशत ब्याज तोकेको छ। त्यस्तै सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले ९.९६ प्रतिशत तय गरेको छ।

बैंकहरूले सार्वजनिक गरे नयाँ ब्याजदर, कुनको कति ?

नेपाल राष्ट्र बैंकको निर्देशनपछि बाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । कात्तिक १ गतेबाट लागू भएको निक्षेपको ब्याज दर मंगलबार राष्ट्र बैंकले निर्देशन जारी गर्दै उल्टाइदिएपछि बुधबार बैंकले अधिकतम ब्याज सार्वजनिक गरेका हुन। जसमा एक बैंकको मुद्दती निक्षेपमा १० प्रतिशतभन्दा माथि ब्याजदर निर्धारण गरेको छ ९ देखि १० प्रतिशतको बिचमा ब्याज निर्धारण गर्ने १३ वटा बैंक रहेका छन् । त्यस्तै, ८ देखि ८.९९ प्रतिशतसम्म ब्याज निर्धारण गर्नेमा १२ वटा र ८ प्रतिशतभन्दा कम ब्याज निर्धारण गर्ने एक बैंक रहेका छन् ।  राष्ट्र ब...

राष्ट्र बैंकले फिर्ता गरायो बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याज

काठमाडौं, कात्तिक ३ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याज फिर्ता गराएको छ । राष्ट्र बैंकले मंगलबार राति तीन बुँदे निर्देशन जारी गर्दै बढेको निक्षेपको ब्याज दर फिर्ता गराएको हो । कात्तिक १ गतेबाट केही बैंकले ब्याज दर बढाएर ११ प्रतिशतमाथिसम्म प्रकाशित गरेका थिए । निजी क्षेत्रका संगठनहरुले ब्याज बृद्धिप्रति राष्ट्र बैंकको […]

बैंकले बढाएको ब्याज फिर्ता गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरुले कात्तिक १ गतेबाट लागू गरेको निक्षेपको ब्याज दर फिर्ता भएको छ। नेपाल राष्ट्र बैंकले मंगलवार राति ९ बजे तीन बुँदे निर्देशन जारी गर्दै बढेको निक्षेपको ब्याज दर फिर्ता गराएको हो। आइतवार हिमालयन, एनआइसी एसिया र लक्ष्मी बैंकले ब्याज दर ११ प्रतिशतमाथि प्रकाशित गरेका थिए।…

संस्थागत निक्षेपको ब्याज ३ महिनासम्म बढाउन नपाउने - Naya Patrika

३ महिनासम्म तरलताको समस्या समाधान भइसक्ने राष्ट्र बैंकको अनुमान नेपाल राष्ट्र बैंकले संस्थागत निक्षेपकर्ताका लागि बैंकले प्रकाशित गरेको ब्याजदर तीन महिनाका लागि परिवर्तन गर्न नपाइने व्यवस्था गरेको छ । आइतबार...पूरा पढ्नुहोस् »