तीन वर्षपछि दोहोरो अंकमा पुग्यो मुद्दती निक्षेपको ब्याज
तीन वर्षपछि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर अधिकतम १० प्रतिशतसम्म पुगेको छ । मंसिर ०७५ मा अधिकतम १२ प्रतिशतसम्म रहेको मुद्दती निक्षेपको ब्याजदर त्यसयता घटेर ७ दशमलव ५ प्रतिशत हाराहारीसम्म पुगेको थियो ।...
आगामी चैतका लागि अधिकांश बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याज घटाएका छन् । वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको, कर्जा माग नबढिरहेको बेला बैंक तथा वित्तीय संस्थाले चैतका लागि निक्षेपको ब्याज घटाएका छन् ।
वाणिज्य बैंकहरूले पुसमा पनि निक्षेपको ब्याजदर नबढाउने भएका छन् । सोमबार बसेको बैंकर्स संघको बैठकले उक्त निर्णय गरेको हो । गत कात्तिकदेखि वाणिज्य बैंकहरूले निक्षेपको ब्याज बढाएका छैनन् ।
वाणिज्य बैंकहरुका सीइओहरुको संगठन नेपाल बैंकर्स संघले तत्काल ब्याजको दर नबढाउने निर्णय गरेको छ । राष्ट्र बैंकले बुधबार मौद्रिक नीति कार्यन्वयनको लागि सर्कुलर जारी गर्दै नीतिगत दर बढाएपनि संघले तत्काल ब्याजको दर नबढाउने निर्णय गरेको हो ।राष्ट्र बैंकले जारी गरेको निर्देशनमा राष्ट्र बैंकले तय गर्ने बैंक दर तथा नीतिगत दर परिवर्तन भएमा तत्काल ब्याजदर परिवर्तन गरी प्रकाशन गर्न सकिने ब्यबस्था गरेपनि संघले भने तत्काल ब्याज नबढाउने र पुर्ने ब्याजलाई निरन्तरता दिने निर्णय गरेको हो ।निक्षेपमा दिने ब्याजदर मासिक रुपमा मात्र परिवर्तन गर्न सकिने ब्यबस्था रहेको छ । सोहि अनुसार भदौ महिनामा ब्याज बढाउने कि नबढाउने भन्ने बारे सौं अन्त्यमा छलफल गरेर निर्णय गर्ने संघले जनाएको छ । त्यस्तै राष्ट्र बैंकले संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा दुई प्रतिशत बिन्दुले कम हुनुपर्ने ब्यबस्था गरेसंगै संघले संस्थागत मुद्दती निक्षेपको ब्याज घटाउने निर्णय गरेको छ । यस अघिसम्म यो अन्तर १ प्रतिशत बिन्दुले कम हुनु पर्ने ब्यबस्था थियो । राष्ट्र बैंकको निर्देशनसंगै बैंकहरुसंग साधारण निक्षेपको ब्याज बढाउने वा संस्थागत निक्षेपको ब्याज घटाउने विकल्प थियो । संघले संंस्थागत निक्षेपको ब्याजदर घटाउने भएको हो ।
काठमाडौँ । असारमा पनि बैङ्कहरूले निक्षेपमा हाल दिँदै आएको ब्याजदरलाई नै यथावत् राख्ने भएका छन् । नेपाल बैङ्कर्स एसोसिएसनका अध्यक्ष अनिल उपाध्यायले असार महिनाका लागि पुरानै ब्याजदरलाई यथावत् दिइने जानकारी दिए । आर्थिक वर्षको अन्तिम महिना भएको र मौद्रिक नीति पनि प्रतीक्षामा रहेकाले असार महिनामा पुरानै ब्याजदरलाई यथावत् राख्ने निर्णय नेपाल बैङ्कर्स एसोसिएसनले गरेको हो […]
काठमाडौँ- बैंकले निक्षेपको ब्याजदर फागुनबाट लागू हुने गरी वृद्धि गरेका छन्। निक्षेपको ब्याजदर वृद्धिभएसँगै कर्जाको ब्याजदर पनि स्वतः बढ्ने भएको छ। नेपाल बैंकर्स संघको कार्यसमितिको शुक्रबार (माघ २८) को बैठकले नेपाल राष्ट्र बैंकको निर्देशन भित्र रहेर फागुन १ गतेदेखि लागू हुनेगरी सबै प्रकारको निक्षेप खाताको ब्याजदर बढाउन पाउने निर्णय गरेको हो। बैठकले गरेको निर्णय अनुसार […]
नेपाल राष्ट्र बैंकले मंगलबार साँझ २४ घण्टाभित्र ब्याजदर घटाउन निर्देशन दिएपछि बैंकहरुले ब्याजदर घटाएका छन् । कात्तिक १ गते नयाँ ब्याजदर तोक्दै निक्षेपको ब्याज ११.६७ प्रतिशत पुर्याएको हिमालयनसहित सबैजसो बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।राष्ट्र बैंकको निर्देशनअघि सबैभन्दा उच्च ब्याजदर रहेको हिमालयनले निक्षेपको ब्याजदर ९.३६ प्रतिशत तोकेको छ । यस्तै, सिद्धार्थ, नबिल, एभरेष्ट, माछापुच्छ्रे, बैंक अफ काठमाण्डु, सेञ्चुरी र नेपाल बंगलादेश, एनसीसी र सिभिल बैंकले समान ९.३६ प्रतिशत ब्याजदर तोकेका छन
काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरुले कात्तिक १ गतेबाट लागू गरेको निक्षेपको ब्याज दर फिर्ता भएको छ। नेपाल राष्ट्र बैंकले मंगलवार राति ९ बजे तीन बुँदे निर्देशन जारी गर्दै बढेको निक्षेपको ब्याज दर फिर्ता गराएको हो।
आइतवार हिमालयन, एनआइसी एसिया र लक्ष्मी बैंकले ब्याज दर ११ प्रतिशतमाथि प्रकाशित गरेका थिए।…
अबदेखि बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याज परिवर्तन गर्दा ग्राहकलाई जानकारी गराउनु पर्ने भएको छ। यसअघि ऋणको मात्र ब्याज परिवर्तन हुँदा जानकारी गराइने व्यवस्था थियो । चालु बर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निक्षेप र कर्जाको ब्याज दर परिवर्तन सम्बन्धी जानकारी सम्बन्धित ग्राहकलाई विद्युतीय माध्यमबाट तत्काल उपलब्ध गराउनु पर्ने व्यवस्था गरिने बताएका छन् । अहिले बैंकहरुले मासिक रुपमा ब्याज पत्रपत्रिका तथा बैंककै वेव