पिङ संस्कृति जोगाउन युवाहरु सक्रिय

दशैं र तिहारको अवसरमा गाउँघरमा खेलिने लिङ्गे पिङ लोप हुँदै गएपछि रुपन्देही सैनामैना नगरपालिका १० सालझण्डीका युवाहरु पिङ संस्कृति संरक्षण गर्न लागिपरेका छन् । पिङ नै हराउन थालेको भन्दै स्थानीय सालझण्डी ब्वाइज क्लव र विश्व शान्ति युवा क्लवले पहिलो पटक सालझण्डीमा लिङ्गे पिङ शुरु गरेका हुन् ।

सम्बन्धित सामग्री

संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धनका लागि २८ पिर्के रोटे पिङ

लमजुङ । लमजुङमा संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धनका लागि गाउँलेले झन्डै ५ लाख खर्चेर २८ पिर्के रोटे पिङ बनाएका छन् । बेंसीसहर नगरपालिका–४ को फोस्रेगाउँका बासिन्दाले २८ पिर्के रोटे पिङ बनाएका हुन् । संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ती गाउँलेले २८ पिर्के रोटे पिङ बनाएको बताएका छन् । उनीहरूलाई त्यस कामका लागि करिब […] The post संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धनका लागि २८ पिर्के रोटे पिङ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

हराउँदै पिङ संस्कृति : रोटेपिङ संरक्षणमा जुटे लमजुङे युवा

लमजुङ, सुन्दरबजारको शितल बजार । युवाहरुको जमात । दिउँसोको घाम । घामको वेवास्ता गर्दै आपसमा रमाइलो गफ गर्दै रोटेपिङ हाल्न जुटिरहेका छन् सुन्दरबजार नगरपालिका–१०, कोइरालाफाँटका युवाहरु । बलियो र भरपर्दो रुपमा पिङ हाल्नका लागि पाको पुस्ताहरु युवाहरुलाई सल्लाह दिइरहेका छन् । अग्रजहरुको सल्लाहअनुसार नै युवाहरु पिङ ठड्याउन, पिङ जडान गर्न जुटिरहेका छन् । गाउँमै रहेका युवाका साथै जागिर, पढाइको सिलसिलामा अन्यत्र रहेका तर दशैँमा घर आएका युवाहरु पिङ हाल्न जुटेका हुन् । पिङ राख्ने काममा पाको पुस्ताको संख्या कम देखिन्थ्...

दसैँमा गाउँमा देखि नै छोडे पिङ

“उति बेला दसैँ आउनभन्दा १० दिन अगाडि नै चौतारा, डाँडामा पिङ हाल्ने चलन थियो, युवाले पिङ हाल्ने युवतीले राति धजा बान्ने चलन थियो, अहिले त न पिङ हाल्छन् न धजा बान्छन्, के–के चलन आएआए, पुराना संस्कृतिहरु सबै हराए ।” बागलुङ निसीखोला–४ की ७३ वर्षीया मनकली घर्ती पुराना संस्कृति हराउँदै गएकोमा चिन्तित छिन् । जब–जब दसैँ […]

हराउँदै पिङ संस्कृति... (तस्वीरहरू)

दसैँमा चंगा उडाउने र पिङ खेलेर रमाइलाे गर्ने प्रचलन छ । तर पछिल्लाे समय आधुनिकताकाे विकाससँगै चंगा उडाउने र पिङ खेल्ने चलन बिस्तारै हराउँदै जान थालेकाे छ ।

झुलुवा संस्कृति 'पिङ' लाई जगेर्ना गर्दै गौर नगरपालिका

नगरमा रहेको व्यारेक फिल्डमा नगर प्रमुख शम्भु साहको व्यक्तिगत पहल तथा लगानीमा दुईओटा पिङ हालिएको छ। दशैंदेखि छठसम्म पिङ खेल्नु परम्परागत मौलिक तथा धार्मिक संस्कृति भएकाले संरक्षण र प्रवद्र्धन गर्न आफूले पिङ हालिदिएको नगर प्रमुख साहले बताएका छन्।...

भोजपुरको गाउँघरबाट हराउँदै लिङ्गे पिङ

भोजपुर : गाउँघरमा दशैंतिहारको झल्को लिङ्गे पिङबाट पाउने गरिन्थ्यो। दशैंतिहारको अवसर पारेर यहाँका ग्रामीण भेगमा पिङ हाल्ने संस्कृति केही वर्ष अगाडिसम्म कायममै थियो । तर अहिले भने गाउँघरमा युवा पुस्ताको सङ्ख्या पनि कम हुनु र मनोरञ्जनका अन्य साधन पनि गाउँ भित्रिन थालेपछि गाउँघरबाट लिङ्गे पिङ लोप हुन थालेको छ। ‘गाउँमा…

बडादसैं र पिङ संस्कृति

कवि शिरोमणि लेखनाथ पौड्यालले ‘सबै अत्यन्त आनन्दी, सबै छन् पिङमा दङ्ग’ भनेर दसैं कवितामार्फत पिङको मनोरञ्जन पक्षमाथि जोड दिएका छन् । जसले पिङ खेल्ने समयबोध गराउँछ । कवितांशअनुसार दसैंतिहारमा मानिसहरू पिङमा भुलेका मात्र होइन, झुलेका पनि हुन्छन् भन्न खोजिएको हो ।कुनै समय थियो, केटाकेटी, युवा सबै यस बेला पिङमा झुम्मिएका हुन्थे । बडादसैं र तिहारताका […]

लोप हुँदै गएको पिङ, यसवर्ष छिटफुट पिङमा रमाउदै (फोटो फिचर)

आजभोली पिङ संस्कृति लोप हुँदै गएको छ । केही दशक अघिसम्म दशैं तिहारमा पिङनै मुख्य मनोरञ्जनको थलो बन्ने गरेको थियो तर हिजोआज सामाजिक सञ्जाल प्रयोग र इन्टरनेटले पिङ लोप हुन थालेको छ । यस वर्ष भने छिटफुट रुपमा पिङ थापेर खेल्ने गरेको पाइएको छ । अधिकांस क्षेत्रमा लिंगे पिङ मात्र थापेको पाइए पनि रोटे पिङ, चर्के पिङ भने पुर्ण रुपमा लोप हुने अवस्थामा पुगेको देखिएको छ ।

प्रविधिप्रति युवापुस्ताको मोह, हराउँदै ऐतिहासिक महत्वको लिंगे पिङ संस्कृति

काठमाडौँ – चचहुइ सरररर ….! दशैँ भन्ने बित्तिकै सबैलाई पिङको सम्झना आउँछ । तर पछिल्ला वर्षहरुमा पिङ संस्कृति भने ओझलमा पर्दै गएको छ । केही समय अघिसम्म दशैँको नौरथा सुरु भएपछि गाउँदेखि शहरसम्म पिङको माहोल देखिन्थ्यो । खासमा दशैँँ र तिहार भनेपछि गाउँमा पिङकै बढी महत्व हुन्थ्यो । तर, आजभोलि भने त्यो उत्साह गाउँघरमा देखिँदैन […]

हराउँदै पिङ संस्कृति‚ गाउँघरमा देखिँदैन रोटे र लिङ्गे पिङ

धनकुटा : एक दशकअघिसम्म दशैं तथा तिहारको अवसरमा ग्रामीण भेगमा रोटेपिङ र लिङ्गेपिङ मुख्य आकर्षण हुन्थ्यो। मनोरञ्जनका अन्य साधन पनि गाउँ भित्रिन थालेपछि गाउँघरबाट पिङ लोप हुन थालेको छ।धनकुटाका गाउँगाउँमा पनि दशैं तिहारको मौसममा लिङ्गेपिङ र रोटेपिङ लगाउने गरिन्थ्यो। यस वर्ष भने कमै मात्रामा पिङ लगाइएको धनकुटाको हिले बजारका मोहन घिमिरेले बताए। गाउँमा पिङ नभएपछि जमघट र भेटघाट खल्लो हुने उनको अनुभव छ। पिङमा वृद्धवृद्धा, युवादेखि बालबालिकासम्म झुम्मिने गरेका थिए।पछिल्लो समय युवा पुस्ता गाउँमा नबस्नु र प