संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धनका लागि २८ पिर्के रोटे पिङ

लमजुङ । लमजुङमा संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धनका लागि गाउँलेले झन्डै ५ लाख खर्चेर २८ पिर्के रोटे पिङ बनाएका छन् । बेंसीसहर नगरपालिका–४ को फोस्रेगाउँका बासिन्दाले २८ पिर्के रोटे पिङ बनाएका हुन् । संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ती गाउँलेले २८ पिर्के रोटे पिङ बनाएको बताएका छन् । उनीहरूलाई त्यस कामका लागि करिब […] The post संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धनका लागि २८ पिर्के रोटे पिङ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

पर्यटन प्रवर्द्धन अभियानमा बाँके निकुञ्ज

बाँके । बाँके राष्ट्रिय निकुञ्ज पर्यटन प्रवर्द्धन अभियानमा जुटेको छ । २०६७ असार २८ गते स्थापना भएको यो निकुञ्जमा पर्यटकको आगमन भए पनि सन्तोषजनक रूपमा बढ्न नसकेकाले पर्यटन प्रवद्र्धन गर्ने रणनीतिका साथ काम थालिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम साहले जानकारी दिए । उनका अनुसार निकुञ्जमा अहिले आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धनका लागि आवश्यक गतिविधि सञ्चालन भइरहेका छन् । बैजनाथ गाउँपालिकाको गाभर भ्याली सामुदायिक घरबास र कोहलपुर नगरपालिकाको खड्कवार घरवासमा घुम्न आउने पर्यटकलाई निकुञ्जमा ल्याउन आवश्यक समन्वय र सहकार्य भइरहेको छ । बाँके राष्ट्रिय निकुञ्जमा घुम्न पैदलमार्ग, हात्ती सफारी, बास बस्न घरवास (होमस्टे), राप्ती नदीमा जलविहारलगायतका पर्यटकीय गतिविधिका पूर्वाधार तयार अवस्थामा छन् । पाटेबाघको वासस्थान र जैविकमार्ग संरक्षण गर्ने उद्देश्यले स्थापना भएको मुलुककै सबैभन्दा कान्छो बाँके राष्ट्रिय निकुञ्ज पर्यटकको पर्खाइमा छ । कोहलपुर नगरपालिका–१३ का वडाध्यक्ष ओमप्रकाश ओलीले निकुञ्ज पर्यापर्यटनको प्रभावकारी गन्तव्य भएको बताए । वडा कार्यालयले बाँके निकुञ्जमा पर्यटन प्रवद्र्धनसँगै १३ नंं वडालाई हरित वडाका रूपमा अगाडि बढाइएको उनको भनाइ छ । बाँके निकुञ्जसँग जोडिएको बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि वर्षेनि बढ्दै गए पनि स्थापनाको एक दशकसम्म पनि बाँके निकुञ्जमा पर्यटन प्रवद्र्धनका कार्यक्रम प्रभावकारी हुन नसकेको गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्ण चौधरीले जानकारी दिए । निकुञ्जलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा चिनाउन आफूहरू लागिपरेको भन्दै उनले  भने, ‘निकुञ्जभित्र आवश्यक संरचना निर्माण भइसकेको अवस्थामा अब यहाँ धेरैभन्दा धेरै पर्यटकलाई पाटेबाघलगायत दुर्लभ वन्यजन्तु अवलोकन गर्न आउन हामी आह्वान गरिरहेका छौं ।’ आर्थिक वर्ष २०७७/७८ सम्म जम्मा ८९९ पर्यटक निकुञ्जमा पुगेका छन् । ती पर्यटकमध्ये पनि ८६५ जना नेपाली पर्यटक नै छन् । १० वर्षमा २० जना सार्क देशका पर्यटक आएका छन् भने अन्य मुलुकका मात्र १४ पर्यटक निकुञ्ज पुगेका छन् । बाँके, दाङ र सल्यानसम्म फैलिएको यो निकुञ्ज स्थापना हुँदा चारमा सीमित पाटेबाघ अहिले २१ पुगेको छ । अहिले त्यो संख्या बढेको हुन सक्ने निकुञ्जको अनुमान छ । रासस

लुम्बिनीको थप पर्यटन प्रवद्र्धन गर्न आग्रह

परोपकारी संस्था बुद्ध फाउण्डेशन बेलायतले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको थप पर्यटन प्रवद्र्धन र संरक्षण गर्न नेपाल सरकारलाई अनुरोध गरेको छ । सन् २०१७ मा सो संस्था यहाँ दर्ता भएको थियो ।  लण्डनस्थित नेपाली दूतावासमार्फत हालै सरकारलाई एक ज्ञापनपत्र बुझाउँदै फाउण्डेशनले बुद्धजन्मस्थलका बारेमा अन्तर्राष्ट्रियस्तरमा थप प्रवद्र्धनका कार्यक्रम सञ्चालन  गर्न आग्रह गरेको हो । यहाँस्थित राजदूत लोकदर्शन रेग्मीलाई फाउण्डेशनका अध्यक्ष दीपक श्रेष्ठसहित कार्यसमितिका पदाधिकारीले ज्ञापनपत्र बुझाएक

लुम्बिनीको थप पर्यटन प्रवद्र्धन गर्न आग्रह

परोपकारी संस्था बुद्ध फाउण्डेशन बेलायतले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको थप पर्यटन प्रवद्र्धन र संरक्षण गर्न नेपाल सरकारलाई अनुरोध गरेको छ । सन् २०१७ मा सो संस्था यहाँ दर्ता भएको थियो । लण्डनस्थित नेपाली दूतावासमार्फत हालै सरकारलाई एक ज्ञापनपत्र बुझाउँदै फाउण्डेशनले बुद्धजन्मस्थलका बारेमा अन्तर्राष्ट्रियस्तरमा थप प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको हो । यहाँस्थित राजदूत लोकदर्शन रेग्मीलाई फाउण्डेशनका अध्यक्ष दीपक श्रेष्ठसहित कार्यसमितिका पदाधिकारीले ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्रमा विश्वमा अहिंसा र शान्तिको सन्देश दि...

सहयोगी नीति नलिए होटेल उद्योग धराशयी

काठमाडौं । होटेल एशोसिएशन अफ नेपाल (हान)ले सरकारले पर्यटन तथा होटेल क्षेत्रप्रति सहयोगी नीति नल्याए यो क्षेत्र धराशयी हुने बताएको छ । होटेल उद्योगलाई कोरोना महामारीका कारण अतिप्रभावित भनेर मात्रै नहुने र यसको पुनरुत्थानका लागि सहयोगी आर्थिक योजना तथा बजेट ल्याउनुपर्नेमा हानले सरकारको ध्यानाकर्षण गराएको छ । बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै हानले विभिन्न पक्षमा सम्बोधन गर्न माग गरेको हो । अतिप्रभावित उद्योग, संरक्षण कोष स्थापना, विशेष सहुलियतसहितको कर छूट, मिनाहा, बैंकिङ सहुलियत, विद्युत् महशुल तथा शुल्कमा छूट, आर्थिक दायित्व स्थगन, कर्मचारी तथा श्रमिक कल्याण योजना, आन्तरिक पर्यटन प्रवद्र्धन लगायत विषयमा विशेष सम्बोधन हुनुपर्नेमा हानले जोड दिएको छ । कोभिड–१९ को विश्वव्यापी महामारीबाट थला परेको होटेल उद्योग पुनः लयमा फर्किन नपाउँदै कोरोना संक्रमणको दोस्रो लहरका कारण अस्तव्यस्त हुन पुगेको हानले बताएको छ । अहिले होटेल व्यवसाय टिकाउन सकिने÷नसकिनेबारे आम व्यवसायी ठूलो अन्योल र सन्त्रासको अवस्थामा रहेको विज्ञप्तिमा उल्लेख छ । हानकी अध्यक्ष सिर्जना राणाले लाखौं आश्रित कर्मचारी र मजदूरको रोजगारीमा देखिँदै आएको समस्या यथावत् रहेको बताइन् । १५ महीनाभन्दा बढीको व्यावसायिक शून्यताले कतिपय व्यवसायी पलायन समेत भइसकेको विज्ञप्तिमा भनिएको छ । यसले दीर्घकालीन रूपमा लगानी पलायन भई देश विकासको महत्त्वपूर्ण हिस्सा पर्यटन उद्योग नै धराशयी हुने जोखिम रहेको औंल्याइएको छ । कोरोना महामारी टरे पनि पर्यटन पूर्ववत् अवस्थामा फर्कन समय लाग्ने भन्दै हानले अतिप्रभावित उद्योगको रूपमा यसको संरक्षण र संवर्द्धन गर्न आवश्यक भएको बताएको छ । होटेल उद्योगको पुनरुत्थानका लागि व्यवसाय संरक्षण कोष र यसमा आश्रित कर्मचारी एवं श्रमिकका लागि रोजगार संरक्षण कोषको व्यवस्था गर्न समेत हानले माग गरेको छ । यसैगरी ३ वर्षका लागि करमा विशेष सहुलियत गरी लयमा नआउन्जेलसम्म मूल्य अभिवृद्धि करमा ५० प्रतिशत छूट दिन, होटेलहरूले आयकरमा पाउँदै आएको २० प्रतिशत छूट ५० प्रतिशत कायम गर्न र जरीवाना तथा हर्जानाहरू पूर्णरूपमा मिनाहा गर्न माग गरिएको छ । होटेल क्षेत्रमा संघीय, प्रादेशिक तथा स्थानीय सरकारबाट लिइने विभिन्न शीर्षकका प्रत्यक्ष करहरू आगामी ३ वर्षका लागि मिनाहा गरिनुपर्नेमा पनि हानले जोड दिएको छ । हानले आगामी २ वर्षका लागि विद्युत् महशुलमा ५० प्रतिशत छूटको व्यवस्था गर्न पनि आग्रह गरेको छ । यस्तै नागरिक लगानी कोषको रकम विनाब्याज र पछि फिर्ता नगर्नेगरी झिक्न पाउनुपर्ने, सामाजिक सुरक्षा कोषमा सूचीकृत भई नियमित योजनामा गतवर्षको जस्तै यस वर्ष पनि सरकारले सघाउनुुपर्ने, ‘देश दर्शन’ कार्यक्रम प्रवद्र्धनका लागि कर्मचारीलाई अनिवार्य रूपमा पर्यटन बिदा दिनुपर्ने तथा आर्थिक प्रोत्साहनसहित घुम्न पठाएर आन्तरिक पर्यटनमा सघाउने नीति ल्याउन पनि हानले माग गरेको छ ।

दोस्रो रिस्ती उपत्यका महोत्सव हुने

लमजुङको मध्यनेपाल नगरपालिकामा माघको तेस्रो साता महोत्सव हुने भएको छ । नेपालकै मध्यभागमा पर्ने मध्यनेपाल–२, सोतिपसलमा पर्यटन वर्षलाई लक्षित गरी दोस्रो रिस्ती उपत्यका महोत्सव हुन लागेको हो । आयोजकले पत्रकार सम्मेलन गरी माघको १७ देखि २६ सम्म महोत्सव हुने जानकारी गराएको हो । पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै रिस्ती उपत्यकाको कला सँस्कृति, पर्यटन, व्यापारलगायतको प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको महोत्सव मूल आयोजक समिति संयोजक सीता शाहीले बताइन् । ओझेलमा परेको रिस्ती उपत्यकाको पर्यटन प्रवद्र्धन, स्थानीय कला संस्कृतिको संरक्षण र संवद्र्धन तथा स्थानीयस्तरमा उत्पादित घरेलु उत्पादनको प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको संयोजक शाहीको भनाइ छ ।