धनकुटा : एक दशकअघिसम्म दशैं तथा तिहारको अवसरमा ग्रामीण भेगमा रोटेपिङ र लिङ्गेपिङ मुख्य आकर्षण हुन्थ्यो। मनोरञ्जनका अन्य साधन पनि गाउँ भित्रिन थालेपछि गाउँघरबाट पिङ लोप हुन थालेको छ।धनकुटाका गाउँगाउँमा पनि दशैं तिहारको मौसममा लिङ्गेपिङ र रोटेपिङ लगाउने गरिन्थ्यो। यस वर्ष भने कमै मात्रामा पिङ लगाइएको धनकुटाको हिले बजारका मोहन घिमिरेले बताए। गाउँमा पिङ नभएपछि जमघट र भेटघाट खल्लो हुने उनको अनुभव छ। पिङमा वृद्धवृद्धा, युवादेखि बालबालिकासम्म झुम्मिने गरेका थिए।पछिल्लो समय युवा पुस्ता गाउँमा नबस्नु र प