हराउँदै पिङ संस्कृति : रोटेपिङ संरक्षणमा जुटे लमजुङे युवा

लमजुङ, सुन्दरबजारको शितल बजार । युवाहरुको जमात । दिउँसोको घाम । घामको वेवास्ता गर्दै आपसमा रमाइलो गफ गर्दै रोटेपिङ हाल्न जुटिरहेका छन् सुन्दरबजार नगरपालिका–१०, कोइरालाफाँटका युवाहरु । बलियो र भरपर्दो रुपमा पिङ हाल्नका लागि पाको पुस्ताहरु युवाहरुलाई सल्लाह दिइरहेका छन् । अग्रजहरुको सल्लाहअनुसार नै युवाहरु पिङ ठड्याउन, पिङ जडान गर्न जुटिरहेका छन् । गाउँमै रहेका युवाका साथै जागिर, पढाइको सिलसिलामा अन्यत्र रहेका तर दशैँमा घर आएका युवाहरु पिङ हाल्न जुटेका हुन् । पिङ राख्ने काममा पाको पुस्ताको संख्या कम देखिन्थ्...