सप्तरीको उतरी भेगका बस्तीमा दैनिक हात्ती आतङक बढेको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने हात्तीले जिल्लाको उत्तरी र पूर्वी भेग तथा पूर्व–पश्चिम राजमार्गका विभिन्न स्थानमा बस्ने मानिसलाई हैरान पार्ने गरेको पाइएको छ ।
पछिल्लो पटक जङ्गली हात्तीले सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाको कार्यालयसँगै जोडिएको बस्तीमा पसेर तीन घरमा तोडंोफोड गरेको छ ।