झापाको बुद्धशान्तिमा हात्ती आतङ्क, संघर्ष समितिले बुझायो ज्ञापनपत्र

झापा : झापाको बुद्धशान्ति गाउँपालिकामा जंगली हात्तीले दिनहुँ गाउँघरमा क्षति पुर्‍याउन थालेपछि हात्तीपीडित संघर्ष समितिले डिभिजन वन कार्यालय झापामा पाँचबुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको छ।हात्तीपीडित संघर्ष समिति बुद्धशान्तिका अध्यक्ष भवानीप्रसाद ढकाल र सचिव सीताराम बास्तोला लगायतको टोलीले सोमबार डिभिजन वन कार्यालय झापाका प्रमुख युवराज मास्केलाई ज्ञापनपत्र बुझाएका हुन्। हाल हात्तीले भत्काएका घर, बालीनालीको विवरण लिइ अविलम्ब राहत र पुनःनिर्माण गरिदिने व्यवस्था मिलाउनुपर्ने, हा