अन्यत्र बसोबासको व्यवस्था भए थापाथली छाड्न तयार छौँ : सुकुम्बासी

काठमाडौं : थापाथलीस्थित बागमती किनारका सुकुम्बासीले अन्यत्र बसोबासको व्यवस्था भए अहिलेको ठाउँ छाड्न तयार भएको बताएका छन्।दुई दशकभन्दा बढी समयदेखि नदी किनारमा सुकुम्बासीका रुपमा बस्दै आएका सुमन चौधरीले सरकारले अन्यत्र बसोबासको विकल्प दिए आफू बागमती किनार छाड्न तयार रहेको बताए। ‘अर्को व्यवस्था हुँदो हो त यहाँ सुकुम्बासी भइ बस्न कस्लाई पो रहर हुन्थ्यो र?', उनले भने, ‘सरकारले अन्यत्र व्यवस्था गरिदिए हामीलाई यो स्थान छाड्न सजिलो हुन्थ्यो।’उनीसँगै सुकुम्बासी बस्तीमा लाम

सम्बन्धित सामग्री

थापाथली काण्डपछि रोकिएको महानगर पुनः तात्यो (भिडियोसहित)

थापाथलीस्थित वाग्मती किनारको सुकुम्बासी बस्ती हटाउने क्रममा झडप भएपछि रोकिएको काठमाडौं महानगरपालिकाले सडक तथा नदी किनार अतिक्रमण गरी बनेका संरचना भत्काउने अभियानलाई पुनः सुरु गरेको छ । महानगरपालिका नगर प्रहरीले आजदेखि अनामनगरस्थित रुद्रमती  (धोलिखोला) अतिक्रमित संरचना हटाउन थालेको वडा नं १० का वडा सदस्य नरोज अर्यालले जानकारी दिनुभयो । रुद्रमती किनारमा रहेको करिब १६ रोपनी …

थापाथली सुकुम्बासी प्रकरण : ‘प्रक्रियामा जाँदा समस्या समाधान हुन्छ’

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले कात्तिकको अन्तिम हप्ता वाग्मती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउने सूचना निकाल्यो । यसै समयमा देशमा प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनाव पनि भएकोले नेताहरुले बस्तीमा गएर भोट माग्दै बस्ती नउठाउने प्रतिबद्धता पनि व्यक्त गरे । चुनावको सम्मुख पनि भएको र नेताहरुले पनि आश्वासन दिएकोले बस्ती तत्कालै खाली गर्ने कदम चालिँदैन भन्नेमा उनीहरु ढुक्क थिए । तर, पनि केही संशय भने थियो । यसकारण उनीहरुले मङ्सिर १ गते यसको विरोधमा र्याली पनि निकाले । यति भइसक्दा उनीहरु तत्कालै वाग्मती सभ्...

थापाथली सुकुम्बासी प्रकरण- पहिले हुकुमबासी हटाऊ

सोमबार काठमाडौंको थापाथलीस्थित वाग्मती नदी किनारमा बसेका सुकुम्बासी बस्ती हटाउने प्रयास भयो । ३५ दिने सूचनापछि पनि बस्ती नहटाइएपछि काठमाडौं महानगरपालिका डोजर लिएर हटाउन पुगेपछि एक किसिमको आतंक सिर्जना भयो । नदी किनारमा बसेकाहरुले हातमा खुकुरी बोकेर नगर प्रहरीहरुलाई लखेटे भने निर्मम कुटपिट समेत गरे । शहरमा दिउँसै सुकुम्बासी आतंक मच्चियो । आफूलाई सुकुम्बासी भनाउनेहरुले …

थापाथलीको झडपमा परी काठमाडौंका नगर प्रहरी प्रमुखसहित १७ जना घाइते

१२ मंसिर, काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती खाली गराउन पुगेका  महानगरका नगर प्रहरी प्रमुखसहित १७ जना घाइते भएका छन् । सुकुम्बासी बस्ती खाली गराउन महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेसहितको टोली थापाथली पुगेको थियो । सुकुम्बासी बस्तीका स्थानीयले प्रतिकार गर्ने क्रममा पाण्डेको टाउको फुटेको छ भने अन्य नगर प्रहरी सामान्य घाइते […]

थापाथलीमा घरेलु हतियारसहित प्रदर्शन

१२ मंसिर,  काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्तीका स्थानीयहरुले घरेलुहतियार सहित प्रदर्शन गरेका छन् । जसका कारण अहिले सो क्षेत्र तनावग्रस्त बनेको छ । सुकुम्बासी बस्ती हटाउन महानगरको टोली थापाथली पुगेपछि उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । हंसिया, लाठी, घुइँत्रो लगायतका घरेलु हतियार बोकेर उनीहरुले प्रदर्शन गरेका हुन् । आफूहरु बस्दै आएको ठाउँ […]

‘बालेन साह होस् गर’ भन्दै प्रदर्शनमा उत्रिए थापाथलीका सुकुम्बासी

काठमाडौं : वाग्मती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन काठमाडौं महानगरपालिकाका कर्मचारी पुगेपछि थापाथली क्षेत्र तनावग्रस्त बनेको छ। बस्ती हटाउने भएपछि त्यहाँ बसोबास गर्दै आएका मानिसहरु विरोधमा उत्रिएसँगै तनाव बढेको हो। डोजर बस्तीमा छिरेपछि बस्तीमा बस्दै आएकाहरुले ढुङ्गामुढा गर्दै टायरसमेत बालेका छन्। प्रदर्शनकारीहरुले काठमाडौं महानगरमा मेयर बालेन साहविरुद्ध नाराबाजीसमेत गरेका छन्।…

सुकुम्बासी बस्तीमा डोजर चलाउन खोज्दा थापाथली क्षेत्र तनावग्रस्त

काठमाडौँ – थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाउने क्रममा झडपको अवस्था सिर्जना भएको छ। उक्त क्षेत्रमा सुकुम्बासी बस्तीका स्थानीयहरुले टायर बालेर प्रदर्शन गरेका छन्। उनीहरुले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ विरुद्ध नाराबाजी गरिरहेका छन्। अहिले त्यस क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ। अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले कार्तिक २५ गते सूचना जारी गर्दै बागमती […]

थापाथलीमा पनि चल्यो महानगरको डोजर (तस्बिरहरु)

काठमाडौं महानगरपालिकाले राजधानीको थापाथली क्षेत्रमा अनाधिकृत रुपमा निर्माण गरिएका संरचनामाथि डोजर चलाएको छ । महानगरपालिकाले शुक्रबार थापाथलीदेखि युएन पार्क नजिकको पुलसम्मका अनाधिकृत संरचना भत्काएको हो ।अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँगको समन्वयमा थापाथलीदेखि युएन पार्कको पुल आउने क्षेत्र (सुकुम्बासी बस्ती नजिकै) सम्मका अवैध संरचना भत्काइएको महानगरपालिका निकट स्रोतले  जानकारी दिएको छ ।

थापाथली क्षेत्रमा महानगरले चलायो डोजर

काठमाडौं :  काठमाडौं महानगरपालिकाले थापाथली क्षेत्रमा अनधिकृत संरचना हटाउन सुरु गरेको छ। महानगरले शुक्रबार  थापाथली क्षेत्रमा रहेका अनाधिकृत संरचनामा डोजर चलाई हटाएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँगको समन्वयमा थापाथलीदेखि युएन पार्कको पुल  क्षेत्रको (सुकुम्बासी बस्ती नजिकै) निर्माण भएका अनधिकृत संरचना  हटाएको हो। सो क्षेत्रमा निर्माण भएको क्रियापुत्री भवन, ओम शान्तिको भवन, रुद्रेश्वर मन्दिरको

वाग्मती किनारको सुकुम्बासी समस्या समाधानका लागि समिति गठन गरिने

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले थापाथली र सिनामङ्गल क्षेत्रको नदी किनारमा अव्यवस्थितरूपमा बसेकालाई हटाउन समिति गठनको तयारी गरेको छ । सुकुम्बासीका प्रतिनिधिसँगको छलफलमा भएको सहमतिअनुसार नदी किनारको अव्यवस्थित बस्ती हटाउन समिति गठन गर्ने सहमति भएको समितिका सूचना अधिकारी कमल अर्यालले राससलाई जानकारी दिनुभयो । समितिमा सुकुम्बासीका एक जना प्रतिनिधिलाई पनि समावेश गराइने भएको …