अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले कात्तिकको अन्तिम हप्ता वाग्मती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउने सूचना निकाल्यो । यसै समयमा देशमा प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनाव पनि भएकोले नेताहरुले बस्तीमा गएर भोट माग्दै बस्ती नउठाउने प्रतिबद्धता पनि व्यक्त गरे । चुनावको सम्मुख पनि भएको र नेताहरुले पनि आश्वासन दिएकोले बस्ती तत्कालै खाली गर्ने कदम चालिँदैन भन्नेमा उनीहरु ढुक्क थिए ।
तर, पनि केही संशय भने थियो । यसकारण उनीहरुले मङ्सिर १ गते यसको विरोधमा र्याली पनि निकाले । यति भइसक्दा उनीहरु तत्कालै वाग्मती सभ्...