काठमाडौं महानगरपालिकाले राजधानीको थापाथली क्षेत्रमा अनाधिकृत रुपमा निर्माण गरिएका संरचनामाथि डोजर चलाएको छ । महानगरपालिकाले शुक्रबार थापाथलीदेखि युएन पार्क नजिकको पुलसम्मका अनाधिकृत संरचना भत्काएको हो ।अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँगको समन्वयमा थापाथलीदेखि युएन पार्कको पुल आउने क्षेत्र (सुकुम्बासी बस्ती नजिकै) सम्मका अवैध संरचना भत्काइएको महानगरपालिका निकट स्रोतले जानकारी दिएको छ ।