थापाथलीस्थित वाग्मती किनारको सुकुम्बासी बस्ती हटाउने क्रममा झडप भएपछि रोकिएको काठमाडौं महानगरपालिकाले सडक तथा नदी किनार अतिक्रमण गरी बनेका संरचना भत्काउने अभियानलाई पुनः सुरु गरेको छ । महानगरपालिका नगर प्रहरीले आजदेखि अनामनगरस्थित रुद्रमती (धोलिखोला) अतिक्रमित संरचना हटाउन थालेको वडा नं १० का वडा सदस्य नरोज अर्यालले जानकारी दिनुभयो । रुद्रमती किनारमा रहेको करिब १६ रोपनी …