कालीमाटीका सुमन सायमी सडक विस्तार अभियानका कारण काठमाडौंका रैथानेमाझ चर्चित छन् । २०६८ सालमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सडक विस्तार अभियान चलाएपछि बिचल्लीमा परेकाहरूको आवाज बनेका थिए, उनी । सरकारले सडक विस्तार गर्दा सर्वस्व भएका एकजना साथीले आत्महत्या गरेको थाहा पाएपछि डोजर आतंकको विरोध र संस्कृति-सभ्यताको संरक्षणमा निस्किएको सायमी बताउँछन् । ‘कलंकीमा पसल र बालाजुमा […]