दाङ । सरकारले घोराही उपमहानगरपालिकामा दाङ औद्योगिक क्षेत्र घोषणा गरेकोमा जिल्लामा स्वागत गरिएको छ । दाङ जिल्ला उद्याेग वाणिज्य संघका पूर्व अध्यक्षहरुदेखि निर्माण व्यवसायीहरुले सरकारी निर्णयको स्वागतसँगै विशेष कार्यान्वयनमा जोड दिएका छन् । सरकारको घोषणाले व्यवसायी उत्साहित र खुसी भएको भन्दै दाङ उवासंघका पूर्वअध्यक्ष तथा नेपाल उद्याेग बाणिज्य महासंघका निवर्तमान केन्द्रीय सदस्य धुर्वराज श्रेष्ठले बताए । उनले विगत ७ वर्षदेखि जिल्लाका व्यवसायीको माग सुनुवाइ गरेकोमा सरकारलाई धन्यवाद दिँदै स