दूध आयातमा लगाइएको प्रतिबन्धको डेरी सङ्घद्वारा स्वागत

झापा– कोशी प्रदेशको डेरी उद्योग सङ्घले नेपाल सरकारद्वारा दुग्धजन्य पदार्थको आयातमा लगाइएको प्रतिबन्धको स्वागत गरेको छ । सङ्घमा आबद्ध आठ ठूला डेरी उद्योगका सञ्चालकको शनिबार दमकमा सम्पन्न बैठकले हालै दुग्धजन्य पदार्थको आयातमा सरकारले लगाएको प्रतिबन्धले स्वदेशी डेरी उद्योगलाई राहत पुग्ने ठहर गरेको हो । ‘सङ्घले सात बुँदे निर्णय गरेको छ’, सङ्घका संयोजक रामचन्द्र उप्रेतीले भने, […]

सम्बन्धित सामग्री

खेलाडीको ‘डाइट’ मा दूध अनिवार्य गर्न डेरी एसोसिएसनको माग

२१ माघ, काठमाडौं । नेपाल डेरी एसोसिएसनले खेलाडीहरुको ‘डाइट’ मा दूध अनिवार्य समेट्न माग गरेको छ । एसोसिएसनले सरोकार सबै निकायलाई पत्र लेख्दै खेलाडीहरुको ‘डाइट’ मा दूध अनिवार्य समेट्न आग्रह गरेको हो । एसोसिएसनले खेलकुद मन्त्रालय, राष्ट्रिय खेलुकद परिषद्, सातै प्रदेशका खेलकुद परिषद्, जिल्ला खेलकुद विकास समिति र स्थानीय तहका खेलकुद् शाखालाई पत्र लेख्दै खेलाडीहरुको […]

लोकल दूध भन्दै तराईका दूध बेच्दै

केही डेरी उद्योग तथा किसानले पोखराको स्थानीय दूध भनेर झुक्याउँदै तराईका दूध बेच्ने गरेको पाइएको छ।...

ठूला डेरी उद्योगको अनुगमन गर्न कृषिमन्त्रीलाई किसानको आग्रह

चितवनका पशुपालक किसानले ठूला डेरी उद्योगले नियमविपरीत भारतबाट दूध र दूध जन्यपदार्थ ल्याएर दूध खरिद गर्न छाडेको भन्दै डेरी उद्योगहरुको अनुगमन गरिदिन अनुरोध गरेका छन्। शनिबार चितवन आएका कृषि तथा पशुपंक्षी...

गुल्मीमा ३ करोड बढी लागतमा दूध डेरी उद्योग सञ्चालनमा

१८ फागुन, गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा ३ करोड वढि लागतमा दूध डेरी उद्योग सञ्चालनमा आएको छ । जिल्लाको रेसुङ्गा नगरपालिकाको वडा नम्बर–९ मा स्थानीय ४ जना व्यवसायी मिलेर गुल्मी डेरी उद्योग प्रा.लि. सञ्चालन गरेका हुन् । जिल्लामा डेरी व्यवसाय गर्दै आएका नवराज भुसाल, बालकृष्ण भण्डारी, नर्जन श्रेष्ठ र जुद्ध बस्नेत मिलेर डेरी उद्योग […]

स्कुल दूध दिवस मनाउन सुरु

नेपाल डेरी एसोसिएसनले आज असोज ८ गतेबाट ७ औं विश्व स्कुल दूध दिवस मनाउन सुरु गरेको छ । पहिलो कार्यक्रम अन्तरगत काठमाडौँको शंखमुल स्थित दृश्य सहकारीको सहकार्यमा सहकारीको परिसरमा एक कार्यक्रम गर्दै ५ दिनसम्म मनाउन लागिएको ७ औँ स्कुल दूध दिवसको बालबालिकालाई दूध सेवन गराई नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रह्लाद दाहालले औपचारिक उद्घाटन गरेका हुन् ।विश्व स्कुल दूध दिवस सन् २००० मा विश्व खाद्य संगठनले औपचारिक रूपमा सुरु गरेको हो । यो प्रत्येक वर्ष सेप्टेम्बर महिनाको अन्तिम बुधबार विश्वभर एकै दि

भारतबाट दूध आयातः डेरी उद्योगीबीच विवाद !

सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान र निजी क्षेत्रका डेरी उद्योगीहरूले यतिखेर दूधको अभाव भएको बताइरहेका छन् । सुख्खा सिजनका लागि धुलो दूध बनाउन दूधको अभाव रहेको भन्दै उनीहरूले विभिन्न विकल्पमा बहस चलाइरहेको देखिन्छ । तर यसको व्यवस्थापन कसरी गर्ने भन्नेमा डेरी उद्योगहरुबीच नै विवाद छ । डेरी उद्योग क्षेत्रमा डेरी उद्योग संघ र नेपाल डेरी एशोसिएसन गरी दुईटा संगठन छन् । डेरी उद्योग संघले भारतबाट दैनिक एक लाख लिटर कच्चा झोल दूध आयात गर्न पाउनुपर्छ भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयल

पोल्ट्री व्यवसायमा स्वदेशी धुलो दूध प्रयोग गर्न आग्रह

पोल्ट्री व्यवसायमा स्वदेशी धुलो दूध (स्किम मिल्क पाउडर) प्रयोग गर्न डेरी उद्योगीले आग्रह गरेका छन ।डेरी उद्योगसँग पर्याप्त मात्रामा धुलो दूध मौज्दात रहेकाले पोल्ट्री व्यवसायीलाई प्रयोग गर्न आग्रह गरेका हुन् । पोल्ट्रीको भ्याक्सीनेसनको लागि आवश्यक हुने गुणस्तरीय स्वदेशी धुलो दूध प्रयाप्त रहेकाले प्रयोग गर्न डेरी उद्योग संघले अनुरोध गरेको हो ।पोल्ट्री व्यवसायमा प्रयोग गर्न सहज […]

दूध र डेरी क्षेत्रलाई प्रोत्साहन गरेर बजेट

काठमाडौं। कृषि तथा पशुपन्छि विकासमन्त्री पद्माकुमारी अर्यालले दूध र डेरी क्षेत्रलाई प्रोत्साहित गर्ने गरी बजेट ल्याएको बताएकी छन्। उनले दुग्ध क्षेत्रमा रहेको तमाम समस्या समाधान गर्नेगरी आगामी वर्षको बजेट ल्याएको बताएकी हुन्। उनले भनिन्, “दूध उत्पादन बढाउने र बजारीकरण गर्ने कार्यतर्फ मन्त्रालय लागिपरेको छ।”

दूध–दही बेच्ने डेरी कारोबारका लागि यी व्यवसायीले किने हेलिकप्टर

आर्थिक आम्दानीका हिसाबले कतिपयले कृषि र पशुजन्य व्यवसायलाई हेलाका रूपमा हेर्छन् । तर भारतको मुम्बईस्थित भिवन्डीका एक किसानले डेरी कारोबारका लागि हेलिकप्टर किनेको खबर सार्वजनिक भएको छ । भारतीय सञ्चारमाध्यम आजतकका अनुसार किसान जनार्दन भोईरले दूध व्यवसायका क्रममा देशका विभिन्न क्षेत्रमा जानुपर्ने भएकाले उनले हेलिकप्टर किनेका हुन् । खेतीपाती र दूधको कारोबार गर्ने किसान जनार्दनले घरजग्गा कारोबार समेत गर्ने गरेका छन् । आगामी १५ मार्चमा जनार्दनलाई हेलिकप्टर हस्तान्तरण हुनेछ । जनार्दनको खेतीपाती क्षेत्र गाउँमा हेलिप्टरका लागि ...