गुल्मीमा ३ करोड बढी लागतमा दूध डेरी उद्योग सञ्चालनमा

१८ फागुन, गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा ३ करोड वढि लागतमा दूध डेरी उद्योग सञ्चालनमा आएको छ । जिल्लाको रेसुङ्गा नगरपालिकाको वडा नम्बर–९ मा स्थानीय ४ जना व्यवसायी मिलेर गुल्मी डेरी उद्योग प्रा.लि. सञ्चालन गरेका हुन् । जिल्लामा डेरी व्यवसाय गर्दै आएका नवराज भुसाल, बालकृष्ण भण्डारी, नर्जन श्रेष्ठ र जुद्ध बस्नेत मिलेर डेरी उद्योग […]

सम्बन्धित सामग्री

हेडमास्टरको जागिर छोडेर दूध डेरी

सिन्धुली । बिमलाकुमारी काफ्ले उमेरले करिब ४० को हाराहारी पुगिन् । सिन्धुली जिल्लाकी सफल महिला उद्यमीका रूपमा उनी पहिलो नम्बरमै आउँछिन् । जिल्लाकै एक मात्र उद्योगका रूपमा रहेको कोसेली डेरी उद्योग प्रालिकी प्रोपाइटर हुन् काफ्ले । जसले दुग्ध व्यवसाय सञ्चालन गरेको १६ वर्ष भयो । जिल्लाको पहिलो दुग्ध व्यवसाय गर्ने महिला पनि हुन् उनी । […] The post हेडमास्टरको जागिर छोडेर दूध डेरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

डेरी उद्योग सञ्चालन

बाँकेमा नौ करोडको लागतमा दूध डेरी उद्योग सञ्चालनमा आएको छ । नेपालगन्ज उपमहानगरपालिका–२२ पुरैनीमा स्थानीय सरोज पाण्डेसहित विभिन्न व्यवसायीले सामूहिक लगानी गरेर एसके दूध डेरी इन्डस्ट्रिज प्रालि सञ्चालन गरेका हुन् । साढे पाँच कठ्ठा जग्गामा ९ करोड लगानीमा स्थापना गरिएको डेरी उद्योगले दैनिक १५ हजार लिटर दूध प्रशोधन गरेर बिक्री वितरण गर्ने योजना बनाएको छ । बर्दियाको मैनापोखरस्थित भगवती दुग्ध उत्पादक सहकारी संस्थासँग सहकार्य गरेको डेरी उद्योगले रोयल च्वाइस ब्राण्डको दूधका उत्पादनका साथै उद्योगबाट दूधका अतिरिक्त पनिर, बटर, दही, घिउ, चिज र आइसक्रिम उत्पादन गर्ने सञ्चालक पाण्डेले बताए । “हामी दूधमात्रै नभई दूधका अन्य परिकारसमेत उत्पादन गर्छौं,” उनले भने ।