सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान र निजी क्षेत्रका डेरी उद्योगीहरूले यतिखेर दूधको अभाव भएको बताइरहेका छन् । सुख्खा सिजनका लागि धुलो दूध बनाउन दूधको अभाव रहेको भन्दै उनीहरूले विभिन्न विकल्पमा बहस चलाइरहेको देखिन्छ । तर यसको व्यवस्थापन कसरी गर्ने भन्नेमा डेरी उद्योगहरुबीच नै विवाद छ । डेरी उद्योग क्षेत्रमा डेरी उद्योग संघ र नेपाल डेरी एशोसिएसन गरी दुईटा संगठन छन् । डेरी उद्योग संघले भारतबाट दैनिक एक लाख लिटर कच्चा झोल दूध आयात गर्न पाउनुपर्छ भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयल