चितवन : दोस्रो लहरको कोभिड–१९ को महामारीका कारण ननकोभिडका बिरामीहरू प्रभावित भएका छन्। महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा र अस्पतालहरूले ओपिडी सेवा बन्द गरेपछि कोरोना नभएका बिरामीले उपचार पाउनै सकेका छैनन्। आकस्मिक बाहेकका बिरामीलाई अस्पताल नजान सरकारले नै उर्दी नै लगाएको छ। अस्पतालका बेड र जनशक्ति कोरोना संक्रमितको उपचारमा खटाउँदा ननकोभिड बिरामीले रोग दबाएर राख्न बाध्य भएका छन्।भरतपुर अस्पतालमा कोभिड संक्रमित बिरामीको चाप बढ्दै गएपछि वैशाख १७ गतेदेखि ओपिडी र इएचएसलग