सुदूरपश्चिममा आइसियु र भेन्टिलेटरमा उपचार गर्नुपर्ने बिरामी बढ्दै

–सिद्धराज भट्ट सुदूरपश्चिम । कोरोना भाइरसको सङ्क्रमण दर उकालो लागेसँगै सुदूरपश्चिम प्रदेशमा सघन उपचार कक्ष र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बिरामी बढ्न थालेका छन् ।  सङ्क्रमित भई जटिल अवस्थाका दश जनाको विभिन्न अस्पतालका सघन उपचार कक्षमा र तीन जनाको भेन्टिलेटरमा उपचार व्यवस्थापन भइरहेको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ । तीन दिन अघिसम्म सघन उपचार कक्षमा पाँच र भेन्टिलेटरमा एक जनाको उपचार व्यवस्थापन भइरहेको थियो । प्रदेशमा कोभिड–१९ का ३७८ सक्रिय बिरामीमध्ये ७

सम्बन्धित सामग्री

कोरोनाका बिरामी बढ्दै : भेन्टिलेटरसहितको आइसियु प्रयोगविहीन

बैतडी : नयाँ भेरिएन्टसहितको दोस्रो चरणको कोराना भाइरसको संक्रमण फैलिरहेका बेला जिल्ला अस्पताल बैतडीमा जडान गरिएको भेन्टिलेटरसहितको आइसियु कक्ष प्रयोगविहीन भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले प्रदान गरेको उक्त भेन्टिलेटरसहितको आइसियु कक्ष अँझै सञ्चालनमा आउन सकेको छैन्।कोरोनाका बिरामी बढ्दै गएपछि प्रदेश सरकारले गत मंसिरमा उक्त भेन्टिलेटर जिल्ला अस्पताललाई उपलब्ध गराएको थियो। दक्ष जनशक्तिको अभावमा भेन्टिलेटर सञ्चालनमा आउन नसकेको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले जानकारी दिए।&lsqu

तीन महिनाअघि जडान गरिएको आइसियु अझै सञ्चालनमा आएन

बैतडी : जिल्ला अस्पताल बैतडीमा तीन महिनाअघि जडान गरिएको भेन्टिलेटरसहितको आइसियु कक्ष जनशक्तिको अभावमा अझै सञ्चालनमा आएको छैन। सुदूरपश्चिम प्रदेश सरकारले पाँच महिनाअघि प्रदान गरिएको भेन्टिलेटर हालसम्म पनि सञ्चालनमा आउन नसकेको हो। कोरोनाका बिरामी बढ्दै गएपछि प्रदेश सरकारले गत मंसिरमा  उक्त भेन्टिलेटर जिल्ला अस्पताललाई उपलब्ध गराएको थियो। तीन महिनाअघि नै जडान गरिएको आइसियु कक्ष दक्ष जनशक्तिको अभावमा सञ्चालनमा आउन नसकेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिए। गत मंसिरमा कोरोना भाइरसका...