रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार आंशिक परिचालनको आदेश दिने क्रममा आफ्नो देश र जनताको रक्षाका लागि ‘उपलब्ध सबै हतियार’ प्रयोग गर्ने धम्की दिए । युक्रेन युद्ध सुरु भएयता रुसी उच्च नेताले पटक–पटक आणविक हतियारको प्रयोग हुनसक्ने चेतावनी दिइसकेका छन् । यही अन्तर्गत पुटिनको संकेत पनि आणविक आक्रमणमै थियो । बुधबारको टेलिभिजन सम्बोधनमा पुटिनले ‘पश्चिमी देशहरूले युक्रेनको सेनालाई हतियार दिएको र कीभलाई रुसमा आक्रमण गर्न प्रोत्साहित गरेको भन्दै’ आफूहरु हतियार प्रयो