युक्रेन संकट : रुसले शनिवार आणविक हतियारयुक्त क्षेप्यास्त्र परीक्षण गर्ने

रुसले शनिवार क्राइमिया र कृष्णसागर लगायतका क्षेत्रमा व्यापक रूपमा क्षेप्यास्त्र परीक्षण गर्ने घोषणा गरेको छ । त्यसक्रममा आणविक हतियार पनि परीक्षण गरिने उसले जनाएको छ ।  यस परीक्षणलाई राष्ट्रपति भ्लादिमिर पुटिन आफैंले अवलोकन गर्नेछन् । परीक्षण अभ्यासमा रुसको स्ट्राटेजिक मिसाइल कमान्ड, नर्दन र ब्ल्याक सी फ्लीट र सदर्न मिलिटरी डिस्ट्रिक्ट सहभागी हुनेछन् । अन्तिम क्षेत्रले क्राइमिया र युक्रेनको पूर्वी भाग समेट्छ ।  कमान्डर र सैनिकहरूको तयारीको परीक्षणका लागि यो अभ्यास गरिएको हो । त्यसका साथै स्ट्राटेजिक आणविक र गैरआणविक शक्तिसँ...