अन्तरिक्षमा आणविक हतियार राख्ने योजना छैन : पुटिन

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तरिक्षमा आणविक हतियार राख्ने कुनै योजना नबनाएको बताएका छन्। शुक्रबार देशको सुरक्षा परिषद्का सदस्यसँगको बैठकमा उनले यस्तो बताएका हुन्।‘हामीले पहिले नै अन्तरिक्षमा आणविक हतियार राख्ने भन्ने निराधार हल्लाको झूटा आरोपहरूबारे स्पष्ट पारिसकेका छौँ’, राष्ट्रपतिलाई उद्धृत गर्दै क्रेमलिनले भनेको छ’, ‘यी पश्चिमाले चलाएको हल्लामात्र हो।’बिहीबार आफ्नो वार्षिक स्टेट अफ नेसन सम्बोधनमा राष्ट्रपति पुटिनले त्यस्ता आरोपलाई निराधार र नक्कली क

सम्बन्धित सामग्री

उत्तर कोरियाले रूसलाई सात हजार हतियार पठाएको सियोलको दाबी

सियोल – युक्रेनसँगको युद्धमा प्रयोग गर्न उत्तर कोरियाले रूसलाई करिब सात हजार कन्टेनर हतियार पठाएको दक्षिण कोरियाका रक्षामन्त्रीले सोमबार बताएका छन् । युक्रेनमाथि आक्रमण गरेको भन्दै रूस र उत्तर कोरियामाथि विश्वव्यापी प्रतिबन्ध लगाइएको छ भने प्योङयाङले आणविक हतियार परीक्षण गरेको भन्दै प्रतिबन्ध लगाएको छ । रूसी नेता भ्लादिमिर पुटिन र किम जोङ उनबीच गत सेप्टेम्बरमा […]

पुटिन किन दिइरहेछन् आणविक आक्रमणको धम्की ? रुससँग कति छन् आणविक हतियार ?

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार आंशिक परिचालनको आदेश दिने क्रममा आफ्नो देश र जनताको रक्षाका लागि ‘उपलब्ध सबै हतियार’ प्रयोग गर्ने धम्की दिए । युक्रेन युद्ध सुरु भएयता रुसी उच्च नेताले पटक–पटक आणविक हतियारको प्रयोग हुनसक्ने चेतावनी दिइसकेका छन् । यही अन्तर्गत पुटिनको संकेत पनि आणविक आक्रमणमै थियो । बुधबारको टेलिभिजन सम्बोधनमा पुटिनले ‘पश्चिमी देशहरूले युक्रेनको सेनालाई हतियार दिएको र कीभलाई रुसमा आक्रमण गर्न प्रोत्साहित गरेको भन्दै’ आफूहरु हतियार प्रयो

पश्चिमाको सामना गर्न बेलारुसलाई आणविक हतियार सक्षम मिसाइल दिँदै पुटिन

बेलारुसका राष्ट्रपतिले आफ्नो सीमा नजिकै आणविक हतियारधारी नेटो उडानहरू हुन थालेको गुनासो गरेपछि रुसले बेलारुसलाई आणविक हतियार बोक्न सक्षम मिसाइलहरू प्रदान गर्ने भएको छ ।

युक्रेनमा पुटिनले आणविक हतियार प्रयोग गर्नसक्छन् – अमेरिकी सुरक्षा अधिकारी

काठमाडौं- अमेरिकी सुरक्षा अधिकारीहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आणविक हतियार प्रयोग गर्नसक्ने चेतावनी दिएका छन् । अमेरिकी कंग्रेसको हाउस सेलेक्ट कमिटी अन इन्टिलिजेन्स बयान दिँदै अमेरिकी सुरक्षा अधिकारीहरूले यस्तो चेतावनी दिएका हुन् । अमेरिकाको रक्षा गुप्तचर एजेन्सीका निर्देशक लेफ्टिनेन्ट जनरल स्कट बेरियरले पुटिन अहिले आफ्नो हतियारको आधुनिकीकरणमा लागेको र सानो स्तरको आणविक हतियार विकास […]

युक्रेन संकट : रुसले शनिवार आणविक हतियारयुक्त क्षेप्यास्त्र परीक्षण गर्ने

रुसले शनिवार क्राइमिया र कृष्णसागर लगायतका क्षेत्रमा व्यापक रूपमा क्षेप्यास्त्र परीक्षण गर्ने घोषणा गरेको छ । त्यसक्रममा आणविक हतियार पनि परीक्षण गरिने उसले जनाएको छ ।  यस परीक्षणलाई राष्ट्रपति भ्लादिमिर पुटिन आफैंले अवलोकन गर्नेछन् । परीक्षण अभ्यासमा रुसको स्ट्राटेजिक मिसाइल कमान्ड, नर्दन र ब्ल्याक सी फ्लीट र सदर्न मिलिटरी डिस्ट्रिक्ट सहभागी हुनेछन् । अन्तिम क्षेत्रले क्राइमिया र युक्रेनको पूर्वी भाग समेट्छ ।  कमान्डर र सैनिकहरूको तयारीको परीक्षणका लागि यो अभ्यास गरिएको हो । त्यसका साथै स्ट्राटेजिक आणविक र गैरआणविक शक्तिसँ...

नेटोमा सामेल भए युक्रेनमाथि आणविक हमला गर्ने रुसी राष्ट्रपति पुटिनको कडा चेतावनी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले  नेटोमा सामेल भए युक्रेनमा  आणविक युद्ध हुने चेतावनी दिएका छन् । पुटिनको चेतावनी यस्तो बेला आएको हो जब रुसले पोल्याण्डको सिमाना नजिक आणविक हतियार बोक्न सक्ने MiG-31 तैनाथ गरेको छ। रुसले पनि पुटिन र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनबीचको वार्तामा युक्रेनसम्बन्धी सम्झौता भएको कुरालाई अस्वीकार गरेको छ। रुसको यो भनाइ यस्तो बेला […]

पुटिनले दिए चेतावनी– युक्रेन नेटोमा समावेश भएमा आणविक युद्ध अवश्यम्भावी

युक्रेनका विषयमा रुस र पश्चिमी सैन्य गठबन्धन नेटोबीचे तनाव चलिरहँदा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन् ।  युक्रेन नेटोको सदस्य बनेमा आणविक युद्ध हुने चेतावनी उनले दिएका हुन् । यसबैची रुसले पोल्यान्ड सीमा नजिक बेलारुसमा आणविक हतियार लैजान सक्षम मिग–३१ विमानहरू तैनाथ गरेको छ ।  पुटिन र फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंबीचको कुराकानीमा युक्रेन सम्झौता भएको कुरा पनि रुसले खण्डन गरेको छ ।  फ्रान्सले पुटिनसँगको कुरामा युक्रेनका विषयमा छुट प्राप्त गरेको भनी दाबी गरेको अवस्थाम...

पुटिन र बाइडेनलाई आणविक हतियार नियन्त्रणमा केन्द्रित हुन गोर्भाचोवको आग्रह

सोभियतकालीन नेता मिखाइल गोर्बाचेभले शनिबार रूसी राष्ट्रपति भ्लादिमीर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनलाई आणविक हतियारमा कडा प्रतिबन्ध लगाउन आग्रह गरेका छन्

पुटिन र बाइडेनलाई आणविक हतियार नियन्त्रणमा केन्द्रित हुन आग्रह

एजेन्सी । सोभियतकालीन नेता मिखाइल गोर्भाचोभले शनिबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनलाई आणविक हतियारमा कडा प्रतिबन्ध लगाउन आग्रह गरेका छन् । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वमा रहँदा साइबर आक्रमण अन्त्य गर्ने र विविध अन्य विषयहरूमा असहमति रहेपछि दुई देशबीचको सम्बन्धमा थप तनाव उत्पन्न भएको थियो । बाइडेनले सत्ता सम्हालेपछि दुई शक्तिहरूले एउटा सम्झौता विस्तार गरिसकेका छन् जसले दुबै पक्षलाई १५५० आणविक हतियारलाई सीमित गर्न मद्दत गरेको छ ।