फागुन ६ देखि गौतमबुद्ध विमानस्थलमा ‘क्यालिब्रेसन फ्लाइट’  हुने

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा यही फागुन ६ गतेदेखि १५ गतेसम्म यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाईट) हुने भएको छ । राष्टिय गौरबको आयोजनाका रुपमा रहेको  उक्त  विमानस्थलमा १० दिनसम्म सो उडान  सञ्चालन हुन लागेको हो । प्राधिकरणले आज सार्वजनिक सूचना प्रकाशित गरी ‘क्यालिब्रेसन फ्लाइट’    हुन लागेको जानकारी दिएको हो ।   उडानको जिम्मेवारी एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई) ले पाएको छ । एरो थाइको जहाज फागुन ५ गते काठमाडौ

सम्बन्धित सामग्री

भारतले गौतमबुद्ध विमानस्थलमा ‘आईएलएस’ सञ्चालनको अनुमति दियो

काठमाण्डाै - भारतले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणको सहायतामा जहाज अवतरण  अर्थात् इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम आईएलएस सञ्चालनको अनुमति दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा महेन्द्रनगर प्रवेश बिन्दुको हवाई रुटबारे सहमति नभए पनि गौतमबुद्ध विमानस्थलमा आईएलएस सञ्चालनका लागि भने भारतले सहमति दिएको हो । यसअघि भैरहवामा आईएलएस सञ्चालनको अनुमति नहुँदा कुहिरो लाग्दा वा अरु कुनै कारणले रन वे नदेखिँदा जहाज अवतरण हुन पाउँदैन थिए । जसका कारण विभिन्न देशबाट काठमाण्डौका लागि आ...

गौतमबुद्ध विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङको अनुमति हिमालय एअरलाई दिने तयारी

काठमाण्डाै – नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी निजी क्षेत्रको हिमालय एअरलाइन्सलाई दिने तयारी गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङको काम गरिरहेको नेपाल वायु सेवा निगमले नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी पाउने धेरैको अनुमान थियो । तर प्राधिकरणले हिमालय एअरलाइन्सलाई जिम्मेवारी दिने अन्तिम तयारी गरेको छ ।  प्राधिकरणले त्रिभुवन विमानस्थलमा सेल्फ ग्राउन्ड ह्यान्डलिङ र गौतमबुद्ध विमानस्थलमा कमर्सियल ग्...

३० अर्बको गौतमबुद्ध विमानस्थलमा अनपेक्षित सन्नाटा

१८ भदौ, भैरहवा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिकका कारण बिहीबार विहान ९ बजे उड्नुपर्ने यति एयरलाइन्सको विमान आधा घण्टा ढिला साढे नौ बजे गन्तव्यतर्फ जान पायो । अवतरण हुँदा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भने सुनसान थियो । २ जेठ २०७९ बाट सञ्चालनमा आएको गौतमबुद्ध विमानस्थलमा हप्तामा जम्मा ३ वटा अन्तर्राष्ट्रिय उडान हुन्छ, त्यो पनि […]

अब गौतमबुद्ध विमानस्थलमा जजिराको उडान दैनिक हुने, एयर चाइनालाई उडान थप्न आह्वान

काठमाडौँ । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अब दैनिक अन्तर्राष्ट्रिय उडान हुने भएको छ । अहिले साताको तीन उडान गरिरहेको जजिरा एयरवेजले १ सेप्टेम्बर (१६ भदौ) देखि दैनिक एक उडान गरी सातामा उडान संख्या सात पुर्‍याउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । जजिराले गौतमबुद्ध विमानस्थलमा उडान गरिरहेको छ । जजिराले कुवेतबाट […]

गौतमबुद्ध विमानस्थलमा हवाई रूटको अन्योल कायमै

काठमाडौं, जेठ २ । भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल आज देखि औपचारिक रूपमा सञ्चालन हुँदै छ । प्रधानमन्त्री शेरबहादुर देउवाबाट सोमवार बिहान उद्घाटन हुने उक्त विमानस्थलमा कुवेतको वायुसेवा कम्पनी जजिरा एयरवेजको जहाजले पहिलो व्यावसायिक उडान गर्नेछ । नेपालमा दोस्रो अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउन लागे पनि विमान प्रवेश बिन्दु (हवाई रूट) को अन्योल भने कायमै छ । […]

दिल्ली-काठमाडौं हुँदै इन्डियन एयरफोर्सको जहाज गौतमबुद्ध विमानस्थलमा

२८ वैशाख, काठमाडौं । भारतीय सेनाको जहाज बुधबार भैरहवा विमानस्थलमा अवतरण गरेको छ । ‘आईएफसी १ एफ२२ ०२ डट ४३’ जहाज बुधबार बिहान भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडौं विमानस्थलमा अवतरण गरेको थियो । काठमाडौं विमानस्थल स्रोतका अनुसार यो जहाज धावनमार्गमा अवतरण गरेसँगै काठमाडौंमा रोकिएन, लगत्तै टेकअफ लिएको जहाज भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको हो । […]

गौतमबुद्ध विमानस्थलमा यस्तो छ क्यालिब्रेशन फ्लाइटको तयारी

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेशन फ्लाइटका लागि प्राविधिकहरूले अन्तिम प्रशिक्षण लिइरहेका छन् । राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सकिएपछि क्यालिब्रेशन फ्लाइटका लागि तयारी अवस्थामा छ र आगामी फागुन ९ गते क्यालिब्रेशन फ्लाइट गर्ने तयारी छ । क्यालिब्रेशन फ्लाइट भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्न धावनमार्ग, टावरलगायतका क्षेत्रमा जडान भएका उपकरणले काम गरेका छन् या छैनन् भनेर परीक्षण गर्ने प्रक्रिया हो ।यसका

गौतमबुद्ध विमानस्थलमा जनशक्ति व्यवस्थापन

काठमाडौं । क्यालिब्रेशन र त्यसलगत्तै नियमित उडानको तयारी भइरहेको भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि कर्मचारी व्यवस्थापनको तयारी शुरू भएको छ ।  हालसम्म ९९ प्रतिशत काम सम्पन्न भइसकेको विमानस्थल सञ्चालन तथा व्यवस्थापनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले महाप्रबन्धक (एमडी) नियुक्त गरिसकेको छ । प्राधिकरणले गौतमबुद्ध विमानस्थलको महाप्रबन्धकका रूपमा माघ २ गते नै गोविन्दप्रसाद दाहाललाई नियुक्त गरेर पठाएको छ । २ गतेदेखि नै महाप्रबन्धक दाहाल विमानस्थलमा पुगेका छन् । उक्त विमानस्थल व्यवस्थापनका लागि १५१ जना कर्मचारीको दरबन्दी छ भने हाल उक्त विमानस्थलमा महाप्रबन्धकसहित ३४ जना कर्मचारी नियुक्त भइसकेका छन् । केन्द्रीय कार्यालय प्राधिकरणले आन्तरिक तथा खुलाबाट कर्मचारी पदस्थापना गर्दै छ । नवनियुक्त महाप्रबन्धक दाहालले अहिले सबै कर्मचारी नभए पनि बढीमा ३० जना कर्मचारी तुरुन्तै आवश्यक पर्ने जानकारी दिए । उनले रेडियो, मेकानिकल, कम्प्युटर, फायर क्षेत्रतर्फ तुरुन्तै कर्मचारी आवश्यक हुने बताए । सञ्चालनोन्मुख उक्त विमानस्थलमा क्यालिब्रेशन उडान छिट्टै हुने भएकाले पनि तुरुन्त कर्मचारी पदस्थापना आवश्यक देखिएको हो । जनवरी २२ अर्थात् शनिवार एरो थाइको टोली नेपाल आउने तयारी गरेको उनले जानकारी दिए । विमानस्थलमा क्यालिब्रेशन उडानका लागि थाइल्यान्डको उक्त कम्पनीसँग प्राधिकरणले सहमति गरिसकेको छ । सरसफाइ, ट्रली अपरेटरलगायत जनशक्ति पनि राख्ने गरी प्राधिकरणले तयारी गरेको छ । २०७१ मा गौतमबुद्ध विमानस्थल निर्माण शुरू गरिएको हो । करीब ७ वर्षमा सम्पन्न भएको उक्त राष्ट्रिय गौरवको आयोजनालाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन थप ५०० बिगाहा जग्गा अधिग्रहण गरिएको थियो । जग्गाको मुआब्जामा रू. २२ अर्ब खर्च भइसकेको उक्त आयोजनामा विमानस्थल निर्माणतर्फ र इक्वीप्मेन्टतर्फ हुने रू. ७ अर्ब लगानीमध्ये हालसम्म रू. २ अर्ब मात्रै भुक्तानी हुन बाँकी छ । झन्डै साढे ६ दशकको पर्खाइपछि नेपालले दोस्रो अन्तरराष्ट्रिय विमानस्थलका रूपमा गौतमबुद्ध विमानस्थललाई सञ्चालन गर्दै छ । यद्यपि कोरोना भाइरसका कारण निर्माण सम्पन्न हुन ढिलाइ भएको विमानस्थलको अहिले कोरोनाकै कारण परीक्षण तथा क्यालिब्रेशन उडानको मिति पनि पटकपटक सारिँदै आएको छ । निर्माण सम्पन्नको अन्तिम चरणमा रहेको यो विमानस्थल प्राधिकरण आफैले सञ्चालन गर्ने कि निजीक्षेत्रलाई दिने भन्ने विषयमा अभैm निर्णय भएको छैन । विमानस्थल सञ्चालनको मोडालिटीका विषयमा प्राधिकरणले गृहकार्य गरिरहेको बताएको छ ।

गौतमबुद्ध विमानस्थलमा क्यालिब्रेशन उडान सम्झौता छिटै

काठमाडौं, कार्तिक १० । भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा क्यालिब्रेशन उडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतको एयरपोर्टस् अथोरिटी अफ इन्डिया (एएआई)सँग छिटै सम्झौता हुने भएको छ । प्राधिकरणको बोर्ड बैठकले क्यालिब्रेशन उडानका लागि सोमवार एएआईलाई पत्राचार गरेसँगै अबको १० दिनभित्रमा उडानका लागि सम्झौता हुने भएको हो । प्राधिकरणका नवनियुक्त महानिर्देशक राजकुमार क्षत्रीले प्राधिकरणको बिहीवार […]