गत २३ भदौ गते थापाथलीस्थित नर्भिक अस्पतालमा मैले पहिलो सन्तानको रूपमा छोरा जन्माएँ । अभिनेत्री भएर होला, म आमा भएको समाचार मिडियामा पनि छायो । आमा बनेपछिको ‘फिलिङ’ शब्दमा वर्णन गर्न नसकिँदो रहेछ । महिलाको जीवनको यो एउटा महत्त्वपूर्ण पाटो मैले मानेकी छु । आमा भएपछि धेरै जिम्मेवार हुनुपर्ने महसुस मैले गरेकी छु ।चुनौती धेरैआमा भएपछि जीवनमा धेरै ‘च्यालेन्ज’ थपिदो रहेछ । हामी आमा भएपछि दूध राम्रोसँग आउँछ र बच्चाले खान्छ भन्ने सोच्छौ । तर, वास्तविकता भने फरक रहेछ । प्रेग्नेन्सी