कैलाली– यस वर्ष कैलालीको दक्षिण पूर्वी भेगका किसानले मल नपाएपछि भारतबाट ल्याएर खेती गरेका छन् । कैलालीको टीकापुर नगरपालिकाका–६, ७, ८ र ९, भजनी नगरपालिका तथा जोशीपुर गाउँपालिकाका किसानले भारतको तिकुनिया बजारबाट मल ल्याएर खेती गरेका हुन् । ‘रोपाइँ सकिँदासम्म पनि मल पाएका छैनौँ’, टीकापुर–८ का श्यामलाल चौधरीले भन्नुभयो, ‘सरकारले उपलब्ध गराउने मल सहकारीबाट पाएनौँ […]