काठमाण्डाै – विभिन्न संवैधानिक आयोगका ५२ जना पदाधिकारी नियुक्तिविरुद्ध परेको रिटलाई आज शुक्रवार हेर्दाहेर्दैमा राखिएको छ । संवैधानिक इजलासमा आजदेखि सुनुवाइ सुरु भएको रिटमाथि बहस गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सुनुवाइ अघि बढाउन माग गर्नुभयो । उहाँले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको व्यवस्था मासेर अध्यादेश ल्याएको तर्क गर्नुभयो ।
रिटमाथि अब आउँदो बुधवार चैत ९ गते सुनुवाइ हुनेछ । संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मिरा खड्का, हरिकृष्ण कार्की, विश्...