ट्रेडमार्क नक्कल गरिएको भन्दै उजुरी

काठमाडौं  । नेपालका विभिन्न ३१ ओटा कम्पनी तथा उद्योगले विदेशी कम्पनीको ट्रेडमार्क नक्कल गरेपछि उद्योग विभागले कानून शाखामा उपस्थित हुन उनीहरूलाई सातदिने अल्टिमेटम दिएको छ । विभागमा ३१ ओटा विदेशी कम्पनीले आफ्ना उत्पादनको ट्रेडमार्क नेपाली कम्पनीले नक्कल गरेको भन्दै उजुरी दिएका हुन् । भारत, अमेरिका, फ्रान्स, थाइल्याण्डलगायत देशमा रहेका ती कम्पनीले उद्योग विभागमा उजुरी दिएपछि विभागले उक्त समयावधिमा ती कम्पनीलाई उपस्थित हुन आग्रह गरेको हो । विभागका अनुसार कम्पनीहरूले विभिन्न समयमा उजुरी गरेका हुन् । विदेशी कम्पनीले दिएको उजुरीका आधारमा विभागले ट्रेडमार्क नक्कल गर्ने स्वदेशी उद्योगसँग लिखित प्रतिक्रिया मागेको भए पनि कुनै प्रतिक्रिया उपलब्ध नभएको उल्लेख गरेको छ । सूचना प्रकाशन गरेको ७ दिनभित्र लिखित प्रतिक्रिया प्राप्त नभए कानून बमोजिम कारबाही हुने र पछि कुनै पनि उजुरी नलाग्ने विभागले बताएको छ । ट्रेडमार्क नक्कल गरेको आरोपमा अमेरिकाको पीपीजी आर्किटेक्चरल फिनिस इन्क, भारतको भारती एयरटेल लिमिटेड, भारत पश्चिम बंगालको एमामी लिमिटेड, थाइल्याण्डको टीसी फर्मास्युटिकल इन्डष्ट्रिजलगायतले विभागमा उजुरी दिएका छन् । विभागले जारी गरेको सूचनाअनुसार ट्रेडमार्क नक्कल गरेका र लिखित जवाफ माग गरिएका स्वदेशी कम्पनीमा किङ्सवुड कलर, सूर्य फुड एण्ड बेभरेज, बारा फुड एण्ड बेभरेज, एएनसी इभेन्ट म्यानेजमेन्ट, पाठक खाद्य मसला उद्योग, नेपाल फुड प्रोसेसिङ एण्ड प्याकेजिङ लगायत उद्योग छन् ।

सम्बन्धित सामग्री

अरुका उत्पादनलाई आफ्नो भनेर ट्रेडमार्क लिन खोजेकाे भन्दै हिलटेकविरुद्ध उजुरी

काठमाडौं । हिलटेक प्लाष्टिक एण्ड पाइप इण्डस्ट्रिज प्रालिले अरुको उत्पादनलाई आफ्नो बाण्ड भनेर ट्रेडमाक लिन खोजेको खुलेको छ । हिलटेकविरुद्ध उद्योग विभागमा उजुरी परेको छ । उद्योग विभागमा हिलटेकले पीभीसीओ पाइपका उत्पादनलाई आफ्नो बाण्ड भनेर ट्रेडमार्क लिनको लागि निवेदन दिएको थियो । विभागबाट प्रकाशित औद्योगिक कम्पनी बुलेटिन वर्ष १७, अंक ४ पृष्ठ ५६ र ५७ […]

३१ कम्पनीलाई ट्रेडमार्क नक्कल गरेको आरोप, सफाइ पेस गर्न ७ दिनको म्याद

२२ जेठ, काठमाडौं । उद्योग विभागले ट्रेडमार्क नक्कल गरेको आरोपमा सफाइ पेश गर्न ३१ कम्पनीलाई सात दिने सूचना जारी गरेको छ । विदेशी कम्पनीहरुसँग मिल्दो ट्रेडमार्क वा लोगो बनाएर व्यवसाय गरिरहेकाहरुविरुद्ध परेको उजुरीका आधारमा उद्योग विभागले स्पष्टीकरण सोधेको हो । अमेरिका, भारत, थाइल्याण्ड, पोल्याण्ड, फ्रान्स, जर्मनी, इटलीलगायतका कम्पनीहरुले नेपाली कम्पनीविरुद्ध ट्रेडमार्कसम्बन्धी उजुरी गरेका छन् । […]

गोर्खा इको प्यानलको ट्रेडमार्क प्रयोग नगर्न उद्योग विभागको आदेश

काठमाडौं– उद्योग विभागले इको प्यानल ट्रेडमार्क प्रयोग नगर्न र नगराउन नेपाल इको प्यानलको नाममा आदेश जारी गरेको छ । उजुरकर्ता इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालिले आफ्नो दर्ता तथा ट्रेडमार्क प्रयोग गरी प्रचारप्रसार गरेको भनी दिएको उजुरीको आधारमा उद्योग विभागले नेपाल इको प्यानललाई उक्त आदेश जारी गरेको हो । विभागले उजुरी उपर छलफल गरी हाललाई अन्य […]

कमजोर कानूनी व्यवस्थामा टेकेर चारिन्छ ट्रेडमार्क, २०६५ सालदेखिको विवाद कायमै

नेपालको कमजोर कानुन र फितलो कारबाही व्यवस्थाको फाइदा उठाउँदै ट्रेडमार्क चोरी गर्ने क्रम बढेको छ । उद्योग विभागमा सबैखाले ट्रेडमार्क चोरीसम्बन्धी कुल ८८९ वटा उजुरी कारबाही प्रक्रियामा छ । यद्यपी, नेपालमा बौद्धिक सम्पत्ति रक्षा गर्ने ऐन कानुन नै नभएको भने होइन ।यतिबेला ट्रेडमार्क र बौद्धिक सम्पत्तिको संरक्षण गर्न बनेको ‘पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०२२’ कार्यान्वयनमा छ । तर, यो कानुनमा भएको व्यवस्था धेरै पुरानो हुँदा र बौद्धिक सम्पत्तिसम्बन्धी प्रचलन र व्यवस्था फेरिँदा समस्या

रोकिएन ट्रेडमार्क चोरी, चालू वर्षमा ५६ उजुरी

चालू आर्थिक वर्षमा उद्यमी–व्यवसायीले आफ्नो सामानलाई चिनाउनका लागि लिने चिन्ह वा संकेत (ट्रेडमार्क) का सम्बन्धमा ५६ वटा उजुरी परेका छन् । उद्योग विभागमा दर्ता भएको एउटा सामग्रीको ट्रेडमार्क हुबहु वा आंशिक रुपमा चोरी गरी पुनः अर्काे सामग्रीमा उस्तै चिन्ह वा संकेत लिएपछि ट्रेडमार्क सम्बन्धमा उजुरी पर्ने गर्छ । ट्रेडमार्क उत्पादित वस्तुमाथि उत्पादकको कानुनी हक र […]

ट्रेडमार्क दुरुपयोगविरुद्ध नर्थफेसको उजुरी, ठमेलका पसलहरुमा छापा

२९ साउन, काठमाडौं । आफ्नो ट्रेडमार्क दुरुपयोग भएको भन्दै अमेरिकी कम्पनी 'द नर्थफेस अपिरियल कर्पोरेसन' नेपाल आएको छ । र, जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा आफ्नो ट्रेडमार्क दुरुपयोग भएको भन्दै उजुरी दिएको हो । नर्थफेसको उजुरीपछि उद्योग …