नेपालको कमजोर कानुन र फितलो कारबाही व्यवस्थाको फाइदा उठाउँदै ट्रेडमार्क चोरी गर्ने क्रम बढेको छ । उद्योग विभागमा सबैखाले ट्रेडमार्क चोरीसम्बन्धी कुल ८८९ वटा उजुरी कारबाही प्रक्रियामा छ । यद्यपी, नेपालमा बौद्धिक सम्पत्ति रक्षा गर्ने ऐन कानुन नै नभएको भने होइन ।यतिबेला ट्रेडमार्क र बौद्धिक सम्पत्तिको संरक्षण गर्न बनेको ‘पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०२२’ कार्यान्वयनमा छ । तर, यो कानुनमा भएको व्यवस्था धेरै पुरानो हुँदा र बौद्धिक सम्पत्तिसम्बन्धी प्रचलन र व्यवस्था फेरिँदा समस्या