अहिले अटोमोबाइल व्यवसाय गम्भीर संकटमा छ । अझै पनि व्यवसाय लयमा फर्किने कुनै सुरसार छैन । विद्युतीय गाडीको बिक्री अलिकति बढेको छ । तर, कमर्सियल गाडीको व्यापार झनै विजोग छ । अहिले तीन हजारभन्दा...
अर्बौँ मूल्यका गाडी यार्डमा थन्किँदा राजस्वमा असर, कोभिडअगाडिदेखिका गाडी जाँचपास हुन सकेनन्
चर्को ब्याजदर, कर्जा प्रवाहमा कडाइ एवं आर्थिक मन्दीका कारण अटोमोबाइल व्यवसाय संकटमा परेको छ । बजारमा खरिदकर्ता नभेटिँदा बिक्रीका लागि...
काठमाडौं । महँगो उत्पादन लागत रहेको वस्तु सस्तोमा किन्न पाउने ग्राहकलाई भाग्यमानी मानिन्छ । विश्वभर ईभीको उत्पादन लागत कम्बस्चनको तुलनामा तीन गुणासम्म बढी छ । तर, नेपाल विश्वमा नै एउटा यस्तो देश हो, जहाँ महँगो उत्पादन लागत भएको ईभी कम्बस्चनको तुलनामा सस्तोमा किन्न पाइन्छ । यही असमानताको बीच आगामी आर्थिक वर्षको बजेट लेखनमा जुटेका नयाँ […]
लामो समयदेखि सवारीसाधन आयात प्रतिबन्ध, तरलता संकट, ब्याजदर वृद्धिलगायतका कारणले व्यवसाय ठप्प भएपछि एक खर्बभन्दा बढी लगानी भएको अटोमोबाइल व्यवसाय संकटतर्फ धकेलिएको छ । सरकारले पछिल्लो समय लिएका अमैत्रीपूर्ण नीतिले देशभर...
काठमाडौं, पुस ६ । नेपाल राष्ट्र बैंकले एलसी (प्रतीतपत्र) खोल्न ल्याएको नयाँ व्यवस्थाले अटोमोबाइल व्यवसाय संकटमा पर्ने देखिएको छ । राष्ट्र बैंकले सोमवार निर्देशन जारी गर्दै विद्युतीयबाहेक अन्य सवारीसाधन आयातका लागि खोलिने एलसीका लागि शुरूमै सम्बन्धित व्यवसायीले ५० प्रतिशत नगद राख्नुपर्ने व्यवस्था ग¥यो । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष धु्रव थापा यो व्यवस्थाले अटो […]
नाडा अटो मोबाइल्स एशोसिएसन अफ नेपालले लकडाउन र निषेधाज्ञाका कारण धरासायी भएको व्यवसायलाई गतिशिल बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर कोरोना महामारीका कारण आम नागरिकको स्वास्थ्य सुरक्षाका लागि जारी गरिएको निषेधाज्ञाका कारण समग्र अटोमोवाइल क्षेत्र नै धरापमा परेको र यसलाई पुनः गतिशिल अवस्थामा पु¥याउन विशेष पहल […]
काठमाडौं । व्यवसायीहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी अटोमोबाइल क्षेत्रलाई राहतको व्यवस्था गर्न माग गरेका छन् । बुधवार नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालका प्रतिनिधिहरूले प्रधानमन्त्री देउवालाई भेटी कोभिडका कारण सृजित बन्दाबन्दीले व्यवसाय नै धरापमा परेकाले यसलाई गतिशील बनाउन सरकारबाट विशेष पहल गर्न अनुरोध गरेका हुन् ।
नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वमा गएको ७ सदस्यीय प्रतिनिधि टोलीले बस, मिनीबस र मोइक्रोबस व्यवसायीहरू ठूलो मर्कामा परेकाले आर्थिक राहतको माग गरिएको नाडाका महासचिव सुनील रिजालले बताए ।
गत वैशाख १६ गतेदेखि कोभिडको संक्रमण बढेको भन्दै काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाएपछि २ महीनासम्म यो व्यवसाय ठप्प भयो । गत असार तेस्रो सातादेखि अटोमोबाइल व्यवसाय सञ्चालनमा आएको थियो । अघिल्लो वर्षको बन्दाबन्दीपछि बढेको अटोमोबाइलको माग माघ महीनापछि धान्नै नसक्ने अवस्था आएको थियो । मागअनुसार सवारी आपूर्ति गर्न नसक्दा व्यवसायीहरूले वैशाखसम्म गाडीको अग्रिम बुकिङ गरिरहेका थिए ।
वैशाखको आधाआधीबाट जारी निषेधाज्ञा अहिले खुकुलो हुँदै गए पनि हाल शोरूममा सवारीसाधनबारे बुझ्ने ग्राहक नै नभएको नाडाका सचिव अनुपकुमार बराल बताउँछन् । ‘अघिल्लो वर्ष कोभिडपछि सार्वजनिकभन्दा निजी सवारीप्रति आकर्षण बढेको र उत्पादन पनि मागभन्दा कम भएकाले बजार माग बढी देखिएको थियो,’ उनले भने, ‘अहिले पनि बजार माग नभएको भन्ने होइन, तर नीतिगत कठिनाइका कारण गाडी खरीद गर्न कठिन भएको हो ।’ उनले गाडीका लागि बैंक कर्जाको सीमा कम भएकाले गाडीको विक्री घटेको बताए ।
प्रधानमन्त्रीसँगको छलफलमा केन्द्रीय कार्यसमिति सदस्य राजनबाबु श्रेष्ठले लामो बन्दाबन्दीका कारण अटोमोबाइल क्षेत्र धराशयी भएकाले व्यवसायीलाई राहतको व्यवस्था गर्न प्रधानमन्त्रीसँग अनुरोध गरेका थिए । वन तथा वातावरण मन्त्रालयले जीप, कार, भ्यान र मोटरसाइकलमा यूरो ६÷बीएस ५ मापदण्ड लागू गर्न लागेकोमा सराहना गर्दै त्यसलाई तत्काल लागू गर्न व्यवसायीहरूले सुझाव दिएका थिए । भेटघाटमा प्रधानमन्त्री देउवा आफ्ना मागप्रति सकारात्मक भएको तथा पूरा गर्नैपर्छ भनी आश्वासनसमेत दिएको व्यवसायीको भनाइ छ । प्रधानमन्त्रीले अटोमोबाइल क्षेत्रका समस्या समाधानका लागि आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेको नाडाका महासचिव रिजालले जानकारी दिए ।
काठमाडौं, बैशाख ६। बन्दाबन्दी खुलेसँगै अघिल्लो वर्षको साउनयता क्रमशः अटोमोबाइलको माग बढ्दै गएकोमा यस वर्ष व्यवसाय चलायमान हुने अपेक्षा व्यवसायीको थियो । तर, पछिल्लो समय भारतमा बढ्दै गएको कोरोनाको प्रभावस्वरूप आपूर्ति हुन नसक्दा यस वर्ष पनि अटोमोबाइलको विक्री ठप्पै जस्तो छ । नेपालमा हरेक वर्ष दशैंअगाडि प्रायः भदौमा हुने नाडा अटो शोदेखि दशैंसम्म सबैभन्दा बढी […]