भन्सारमै थन्किए साढे ३१ सय गाडी

अर्बौँ मूल्यका गाडी यार्डमा थन्किँदा राजस्वमा असर, कोभिडअगाडिदेखिका गाडी जाँचपास हुन सकेनन् चर्को ब्याजदर, कर्जा प्रवाहमा कडाइ एवं आर्थिक मन्दीका कारण अटोमोबाइल व्यवसाय संकटमा परेको छ । बजारमा खरिदकर्ता नभेटिँदा बिक्रीका लागि...

सम्बन्धित सामग्री

वीरगञ्ज आईसीपीमा थन्किए १८ सय नयाँ सवारी साधन

२१ मंसिर, वीरगञ्ज । आयातकर्ताले जाँचपास गराएर नलगेपछि वीरगञ्ज भन्सार नाकामा सयौं नयाँ सवारी साधन थन्किएका छन् । वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) परिसर नयाँ सवारी साधनले भरिभराउ छन् । आयात वृद्धिका कारण विदेशी विनिमयको सञ्चिती घट्दै गएको भन्दै सरकारले १३ वैशाख २०७९ देखि नै ५० हजार डलर भन्दा महँगा डिजल तथा पेट्रोल गाडी […]

वीरगञ्ज भन्सार हातामा थन्किए साढे १३ सय गाडी,  सबैभन्दा बढी ट्रकका चेसिस

जेठ १९, वीरगञ्ज । विदेशी मुद्रा सञ्चितिमाथिको दबाब कम गर्न सरकारले आयातमा कडाइको नीति लिएपछि मुख्य नाका वीरगञ्जमा भित्रिइसकेका गाडीसमेत जाँचपास भएका छैनन् । सरकारले एकातिर मूल्य सीमा तोकेर आयात रोकेको छ भने सवारीसाधनमा कर्जा लगानीमा समेत कडाइ गरिएको छ । बैंकहरूले कर्जा लगानी नगर्दा भन्सारमा भित्रिइसकेका गाडीसमेत आयातकर्ताले छुटाएका छैनन् । राजस्व तिर्ने पैसा नभएकाले गाडी नछुटेका हुन् ।  वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार सोमवारसम्ममा भन्सार हातामा थन्किएका सवारीसाधनको संख्या १ हजार ३ सय ५७ पुगेको छ । भन्सार परिसरमा सबैभन्दा बढी ट्रकका चेसिस छन् । १ हजार ८ ओटा ट्रकका चेसिस जाँचपास हुन बाँकी रहेको पौडेलले जानकारी दिए । यस्ता साधनको सबैभन्दा ठूलो आयातकर्ता सिप्रदी ट्रेडिङ हो । भन्सारमा २८५ ओटा कार, ७ ओटा बस, ७ ओटा जीप र २७ ओटा टेम्पो पनि रोकिएका छन् । बैंकले कर्जा नदिएकाले भन्सारमा आइसकेको सवारीसाधनसमेत जाँचपास गराउन नसकिएको आयातकर्ताले बताउने गरेका छन् । वीरगञ्ज भन्सारमा २५ ओटा ट्र्याक्टर पनि थन्किएका छन् । किसानले प्रयोग गर्ने ट्र्याक्टरको समेत माग घटेको आयातकर्ताले बताए । यति बेला ट्र्याक्टरको विक्री १० प्रतिशतमा झरिसकेको व्यवसायी सन्दीप मेहताले बताए । वीरगञ्ज भन्सारमा अड्किएजति नै संख्यामा सीमावर्ती भारतीय रक्सौलमा गाडी रोकिएको आयातकर्ता बताउँछन् । वीरगञ्ज भन्सारमा भित्र्याएपछि पार्किङ शुल्क बढी लाग्ने भएकाले आयातकर्ताले रक्सौलमा जग्गा भाडामा लिएर सवारीसाधन उतै राख्ने गरेका छन् । तर, भारतमा वस्तु तथा सेवा कर (जीएसटी) फिर्ताको समयसीमा ९० दिन भएकाले उक्त समयभित्रै नेपाल प्रवेश गराउनुपर्ने बाध्यता आयातकर्तालाई छ ।

सिंहदरबारमै थन्किए तीन सय बढी गाडी , प्रदेश सरकारमा भने चरम समस्या

काठमाडौं । देशका उच्च पदाधिकारीलाई गाडीको चरम समस्या भइरहेको अवस्थामा मुलुकको प्रमुख प्रशासिनक निकाय सिंहदरबारभित्र भने तीन सयभन्दा बढी गाडी मर्मतबिनै थन्किएका छन्।   सरकारले सामान्य...