उद्योगको क्षमता उपयोगमा ह्रास

अघिल्लो आर्थिक वर्ष (आव) को दाँजोमा चालू आवको ६ महीनाको तथ्यांकले उद्योगहरूको उत्पादन क्षमताको उपयोग घटेको देखाएको छ । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार चालू आवको पहिलो ६ महीनामा उद्योगहरूको क्षमता उपयोग औसतमा ४३ दशमलव शून्य ७ प्रतिशत छ । अघिल्लो आवको यही अवधिमा यस्तो क्षमता उपयोग ४८ दशमलव ३ प्रतिशत थियो । यसले मुलुकको आर्थिक अवस्था अझै ट्र्याकमा आएको छैन भन्ने पुष्टि गर्छ, जुन कुरा राष्ट्रिय तथ्यांक कार्यालयले यस अघि पनि सार्वजनिक गरिसकेकै हो ।  चालू आवमा उद्योगको उत्पादन क्षमता सबैभन्दा बढी प्रयोग गर्नेमा कर्णाली प्रदेश रहेको छ । त्यहाँका उद्योगको उत्पादन क्षमताको ५१ दशमलव ९ प्रतिशत रहेको छ भने सबैभन्दा कम मधेश प्रदेशको ३४ दशमलव १ प्रतिशत रहेको छ । कर्णालीमा ठूला उद्योगहरू खासै नहुनाले उत्पादन क्षमताको बढी उपयोग भए पनि त्यसले खासै अर्थ राख्ने देखिँदैन । बढी उद्योग भएको मधेश प्रदेशमा क्षमता उपयोग सबैभन्दा कम भएकाले नेपाली उद्योगहरू समस्यामा रहेको संकेत गर्छ । त्यस्तै कोशी, गण्डकी, लुम्बिनीलगायत प्रदेशमा रहेका उद्योग पनि जडितक्षमता अनुसार चल्न नसकेको पाइन्छ ।  उद्योगहरूको उत्पादन क्षमता उपयोग हुन नसक्नुमा अनेक कारण होलान् । तर, तीमध्ये आर्थिक गतिविधिमा सुस्ती, बजारमा औद्योगिक उत्पादनको माग घट्नु, कच्चा पदार्थको मूल्य बढ्दै जानु, श्रमिक अभाव आदि हुन् । साथै यसबाट देशको औद्योगिक क्षेत्रलाई सहजता बनाउन थुप्रै काम गर्नुपर्ने देखिएको छ । जबसम्म माग बढ्दैन तबसम्म उद्योगहरूले आप्mनो क्षमताको उपयोग गर्न पाउँदैनन् । सबै उद्योग सधैं पूर्ण क्षमतामा सञ्चालन हुने भन्ने हुँदैन तर केही उद्योग जडित भन्दा बढी क्षमताका साथ उपयोग गर्ने खालका पनि हुन्छन् भन्ने कुरा बिर्सन मिल्दैन ।  देशलाई औद्योगिकीकरणको बाटोमा अघि बढाउनु पर्ने बेला उल्टै उद्योगको क्षमता उपयोगमा ह्रास आउने हो भने यसले मुलुकमा निराशा सृजना गर्छ । जुन मुलुकमा निराशा व्याप्त हुन्छ, त्यहाँ आर्थिक गतिविधि फस्टाउने सम्भावना कम हुन्छ र अन्ततः त्यसले सरकार र राजनीतिप्रति नै वितृष्णा जगाउँछ । अर्थतन्त्र बिग्रँदा सरकारको नेतृत्व कसरी परिवर्तन हुन्छ भन्ने उदाहरण श्रीलंकालाई हेरे पुग्छ ।

सम्बन्धित सामग्री

उद्योगको उत्पादकत्व क्षमता ७० प्रतिशत ह्रास

मुलुकलाई आर्थिक मन्दीले पछाडी घचेटिरहेको छ । बिदेसिएका युवाले पठाएको रेमिट्यान्सबाहेक मुलुकभित्र रोजगारी सिर्जना र राजस्वमा योगदान गर्ने निजी क्षेत्र पनि पछिल्लो समय उदासीन देखिन्छन् । मुलुकको पुरानो औद्योगिक कोरिडोर वीरगन्ज–पथलैयाका उद्योगहरूको उत्पादन क्षमता ७० प्रतिशत खुम्चिएको सञ्चालकको दाबी छ । श्रमिकको रोजगारीको गिर्दो अवस्था यसले संकेत गर्छ । मुलुकको प्रमुख भन्सार नाकासमेत यही क्षेत्रमा […] The post उद्योगको उत्पादकत्व क्षमता ७० प्रतिशत ह्रास appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्राध्यापकहरूको गरिमामा ह्रास भएको हो ?

नेपालमा धेरै विश्वविद्यालय छन् । तिनमा पहिलो र पुरानो त्रिभुवन विश्वविद्यालय हो । उच्च शिक्षा प्राप्त गर्न, ज्ञान आर्जन गर्न र आफ्नो क्षमता अभिवृद्धि गराउन विद्यार्थीहरू कक्षाकोठामा अनुशासनबद्ध भएर बसिरहेका हुन्छन् । प्राध्यापकहरूले पढाइरहेका हुन्छन् । निश्चित अवधिसम्म उनीहरूको यही क्रम चल्छ । विद्यार्थीहरूको एक समूह ज्ञान प्राप्त गरेर रोजगार बजारमा जान्छ, फेरि अर्को नयाँ समूह आउँछ । यो क्रमले निरन्तरता पाइरहेको हुन्छ । करोडांै युवायुवतीको ज्ञान आर्जन गर्ने थलो हो त्रिविलगायत नेपालका अन्य विश्वविद्यालयहरू ।  त्रिविको केन्द्रीय अर्थशास्त्र विभागमा अध्ययनको समाप्तिपछि मैले सोही विभागमा कार्यरत हुने मौका पाएँ । आफू विद्यार्थी हुँदा आफैलाई पढाउने आदरणीय गुरूहरूको काखमा लुटपुटिएर सिक्ने र सिकाउने मौका पाएको थिएँ । यो मेरो जीवनमा एउटा अवसरका साथै चुनौती पनि थियो । जानी नजानी पढाउने गर्थें । विद्यार्थीका बीचमा लोकप्रिय थिएँ कि थिइनँ, म आफैले मूल्यांकन गर्ने विषय भएन । तर, त्रिविमा आफ्नो जीवनको ३७ वर्षको अवधि बिताएँ । राम्रो नराम्रो के गरेँ म आफैलाई थाहा छैन ।  प्राध्यापकहरूको काम र कर्तव्यलाई सरसर्ती केलाउँदा विद्यार्थीहरूलाई पठनपाठन गराउनु र उनीहरूको मूल्यांकन गर्नु प्राथमिक कार्यहरूमा पर्छन् । खोज, अनुसन्धान र प्रकाशन आदि प्राथमिक कार्यका पूरक कार्य हुन् । जसमा प्राध्यापकहरू खोज कार्यमा बढी ज्ञान आर्जनका लागि निरन्तर रूपले समर्पित भएका हुन्छन् ।  त्रिवि मेरो जीवनलाई एउटा ज्योति प्रदान गर्ने ठाउँका साथै कर्मथलो पनि हो । यसको बेहाल र बेथितिले मलाई पनि चोट पुर्‍याउने गर्छ । आज यसको सञ्चालनमा विद्वत् वर्गको नेतृत्व छैन । विद्वत् वर्ग त पलायन भइसकेको छ र भइरहेको पनि छ । एउटा विशाल बोटमा फल फल्दा कहीँ राम्रो हुन्छ, कहीँ नराम्रो पनि । एउटै आमाका सन्तान कोही असल हुन्छन् कोही कमसल । असल जतिले मातृभूमि नै त्यागिसकेका छन् । कमसलहरूको बोलाबाला त्रिविमा आज भइरहेको छ ।  अध्ययन, अध्यापन र अनुसन्धान गर्ने र गराउने प्राध्यापकहरूको दायित्व हो । प्राध्यापक पद आफै एउटा संस्था हो । नयाँ नयाँ ज्ञान प्राप्त गरेबापत दिइने पद हो । ज्ञानले कुनै व्यक्ति पनि निपूण भएको हुँदैन । विद्वत्ता एकाएक उत्पन्न हुँदैन । यसका लागि पनि त्याग र तपस्याको आवश्यकता पर्छ । नयाँ नयाँ ज्ञान प्राप्त गरेबापत पाइने पदवी नै प्राध्यापक हो । यो न कहिले रिटायर हुन्छ न खिइएर जान्छ । जीवनपर्यन्त जीवित रहन्छ । कहीँ कसैले मेटाउँछु भन्दा पनि मेटाउन सक्दैन । तर, यसका लागि अध्ययन, अनुसन्धान र प्रकाशनको आवश्यकता पर्छ । त्रिविलगायत नेपालका अन्य विश्वविद्यालयहरूमा आज प्राध्यापक जस्तो गरिमामय पदको ह्रास भइरहेको छ । कथित प्राध्यापकहरू नै दलहरूका झोले भएर हिँडिरहेका छन् ।  मुलुकको अर्थतन्त्र त्यहाँका शिक्षाले तय गर्छ भनिन्छ । तर, प्रमुख प्राज्ञिक थलो नै राजनीतिले गर्दा थला परेको अवस्था छ । आज प्राध्यापक हुन अध्ययन, अनुसन्धान र प्रकाशनको आवश्यकता पर्दैन । यसले हामी सबैलाई लज्जित बनाइरहेको छ । यो प्राज्ञिक थलो हो तर प्राज्ञिकताको कदर छैन । मुलुकको अर्थतन्त्र त्यहाँको शिक्षाले तय गर्छ भनिन्छ । तर, प्रमुख प्राज्ञिक थलो नै राजनीतिले गर्दा थला परेको छ । आज प्राध्यापक हुन अध्ययन, अनुसन्धान र प्रकाशनको आवश्यकता पर्दैन । दलको नेताको आशीर्वादले प्राध्यापक बन्न मदत गर्छ । प्राज्ञिक थलोको नेतृत्व पनि दलहरूले नै तोक्ने गरेकाले यसको मर्यादा घटेको छ । प्राध्यापक बन्न पनि दलहरूका कोटामा पर्नुपर्छ । अध्ययन, अनुसन्धान र प्रकाशनले हुँदैन । सबै विश्वविद्यालयमा यस्तै प्रवृत्तिको बोलाबाला छ । यसै प्रकारका मानिस प्राध्यापक बनिरहेका छन् । अध्ययन, अध्यापन, अनुसन्धान र प्रकाशनमा संलग्न यदि कोही छन् भने उनीहरू छायामा परिरहेका छन् ।  उदाहरण स्वरूप मेरो आफ्नै कुरा गर्दा कक्षाकोठामा गएर लेक्चर दिने कार्य प्राथमिकतामा परेको थियो । अर्थात् पठनपाठनको कार्य नै प्राथमिक कार्य थियो । यसका साथै म खोज, अनुुसन्धान र प्रकाशनका कार्यहरूमा निरन्तर रूपले संलग्न भइरहेँ । यसले मलाई फल दिएको अनुभव गरिरहेको छु । त्रिविलाई विश्वजगत्मा परिचित गराउने कार्यमा मेरो पनि योगदान रहेको छ । मेरा केही कृति नै म र त्रिविलाई विश्वसामु परिचित गराउने माध्यम बनेका छन् । विश्वका ख्यातिप्राप्त विश्वविद्यालयहरूमा अध्ययनरत शोधकर्ता विद्यार्थीहरूका साथै प्राध्यापकहरूले समेत मेरा कृतिहरूलाई साभार गरेका छन् र गरिरहेका छन् । रिसर्च गेट र एकेडेमिक इडियुको आँकडाअनुसार प्रतिहप्ता विश्वका विभिन्न विश्वविद्यालयहरूमा अध्ययनरत १०–१५ जना शोधकर्ताले मेरा कृतिहरूको खोज र अध्ययन गरिरहेका हुन्छन् । यो नै मेरो जीवनको एक मात्र ठूलो सम्पत्तिको रूपमा रहेको छ । यसका अतिरिक्त मेरा प्यारा विद्यार्थी भाइबहिनीहरू मेरा सम्पत्ति हुन् जसले मलाई सम्मान प्रदान गरिरहेका छन् । चाहे तिनीहरू नेपालमा हुन् वा विश्वको कुनै पनि कुनामा हुन् मेरो भन्दा बढी ज्ञान आर्जन गरिरहेका छन् । न कसैको झोले बनेर हिँडेका छन् न चाकडीमा दिनरात कसैकोमा धाउने गर्छन् । आफ्नो स्वाधीनतामा आँच आउन दिएका छैनन् । यो नै मेरा लागि गर्वको कुरा हो । तर, यसमा पनि केही अपवाद त हुन्छ नै । यति हुँदाहुँदै पनि म झन्नै प्राध्यापकका लागि अयोग्य हुने अवस्थामा पुगेको थिएँ । कारण थियो म कसैको झोले हुन सकिनँ । यही कारण प्राध्यापक हुन नसकेका धेरै छन् जो छायामा परिरहेका छन् । उदाहरणका लागि आदरणीय प्राध्यापक भूचन्द्र वैद्य । जो सूर्य विनायकको एक कुनामा कुटी बनाएर जीवनयापन गरिरहेका छन् ।  अध्ययन, अध्यापन, अनुसन्धानमा संलग्न रहनाका लागि त्रिविलाई राजनीतिबाट मुक्त गराउनुपर्छ । यदि सक्षम जनशक्ति उत्पादन गर्ने हो भने विश्वविद्यालयहरूमा राजनीति गराइनु हुँदैन । विगत ३/४ दशकयता विश्वविद्यालयहरू राजनीतिको शिकार भइरहेका छन् । समग्र वर्तमान जनशक्ति त्यतैतिर समाहित भइरहेको छ । भावी पुस्ताको भविष्य अन्धकारमय भइरहेको छ । पठनपाठनको सट्टा दलहरूको कार्यकर्ता बनाइएको छ । अर्थात् त्रिविलगायत सबै विश्वविद्यालयलाई दलका कार्यकर्ताको तालीम केन्द्रमा परिणत गरिएको छ । चाहे कोही प्राध्यापनमा संलग्न होस् वा विद्यार्थी होस् यसो नगरे न जागीर पाइन्छ न बढुवा नै । त्यसैले पढ्नु लेख्नुभन्दा पहिले कुन दलको हो भनेर चिनिनु र उनीहरूको सेवामा हाजीर हुनु सबैभन्दा बलियो प्रमाणपत्रका रूपमा चित्रित हुने गर्छ । यसबाट विश्वविद्यालयहरूलाई मुक्ति दिलाउनु आजको मुख्य चुनौती हो । यसले समग्र प्राध्यापकहरू जसलाई ज्ञानको ज्योतिका रूपमा लिने गरिन्छ, उनीहरूको मर्यादा र गरिमामा ह्रास गराइरहेको छ । यसरी आफ्नो मर्यादामा ह्रास गराउनेमा दलगत राजनीतिमा संलग्न भई प्राध्यापनमा संलग्न व्यक्तिहरू नै हुन् । उनीहरूको प्रमुखकार्य नै अध्यापन, अध्ययन, अनुसन्धान र प्रकाशनमा भन्दा चाकडी र चाप्लुसी नै फलदायी हुने गरेको छ । यो प्रक्रियाको निरन्तरताले नेपालको शिक्षाक्षेत्रको विकास हुन सक्दैन । त्यसैले विश्वविद्यालयहरूलाई राजनीतिबाट मुक्त गराऊँ ।  लेखक अर्थशास्त्री हुन् ।

उद्योगहरुको आयको वृद्धिदरमा ह्रास, ब्याजदर बढ्दा उत्पादन क्षमता घट्यो

नेपाल उद्योग परिसंघले नेपालका उद्योगहरुको औद्योगिक गतिविधिको अध्ययन गरेर औद्योगिक अवस्थिति प्रतिवेदनको चौथो अंक सार्वजनिक गरेको छ । परिसंघको चौथो अंक उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन् ।चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक अवधिमा उत्पादनमुलक उद्योग र सेवा क्षेत्रका उद्योगको अवस्थाको विस्तृत तथ्यांक प्रतिवेदनमा समेटिएको छ । प्रतिवेदन अनुसार दोश्रो त्रैमासको तुलनामा यस अवधिमा व्यवसायको उत्पादन क्षमता उपयोग खस्केको देखिएको छ। यसअवधि

उद्योगको उत्पादन क्षमतामा ह्रास

निजी क्षेत्रले गरेको एक अध्ययनले गत आर्थिक वर्ष २०७८/०७९ को तेस्रो त्रैमासमा उद्योग व्यवसायको उत्पादन क्षमता खस्केको देखाएको छ।...

उद्योगको आय घट्यो, उत्पादन क्षमतामा ह्रास

२ साउन, काठमाडौं । नेपालमा उद्योगको आय र उत्पादन क्षमता दुबै ओरालो लागेको अध्ययनले देखाएको छ । नेपाल उद्योग परिसंघले नेपालका उद्योगहरुको औद्योगिक गतिविधिको औद्योगिक अवस्थिति प्रतिवेदनको चौथो अङ्क सार्वजनिक गरेको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दिलेन्ऽ प्रसाद बडूले प्रतिवेदन सार्वजनिक गरेका हुन् । चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक अवधिमा उत्पादनमुलक […]

बजेट खर्च गर्ने क्षमता बढाऊ

सरकारले हरेक वर्ष बनाउने बजेटको आकार बढ्दै जाने तर खर्च गर्ने क्षमतामा ह्रास आउँदै जाने गरेका कारण तथा अर्थ मन्त्रालय तथा अन्य विकासे मन्त्रालयबीच समन्वय नभएका कारण बजेट खर्चको अवस्था निराशाजनक छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले ३१ प्रतिशत पुँजीगत खर्च गरेको छ । जबकि गत आर्थिक वर्षको सोही अवधिमा ३४.६२ प्रतिशत पुँजीगत खर्च […]

पुरुष बन्ध्याकरणले यौन जीवनमा असर गर्छ ?

२७ पुस, काठमाडौं । बन्ध्याकरण गरेपछि पुरुषहरूको कार्य क्षमतामा ह्रास आउँछ ? यौन क्षमता घट्छ ? यस्ता प्रश्न आम मानिसमा देखिन्छ । तर, चिकित्सकहरु भने यो सबै भ्रम मात्रै भएको र बन्ध्याकरण गरेपछि पुरुषको शारीरिक, मानसिक र यौन जीवनमा कुनै असर नपर्ने बताउँछन् । स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. कुमकुम झा स्थायी बन्ध्याकरणपछि पुरुषको […]

५५.१५ प्रतिशतले औद्योगिक उत्पादनमा ह्रास

कोभिड–१९ का कारण गत आर्थिक वर्ष २०७७/७८ मा प्रदेशको औद्योगिक उत्पादनमा ५५.१५ प्रतिशतले ह्रास आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । सोमबार बैंकले सार्वजनिक गरेको तथ्यांकमा गत वर्षको पुससम्म समग्र प्रदेशको नमुना छनौटमा समेटिएका उद्योगहरुको क्षमता उपयोगमा औषतमा ४४.८५ प्रतिशत रहेको रिर्पोट सार्वजनिक गरेको हो । गत वर्षको सोही अवधिमा यस्तो औषत उपयोगिता ४५.२३ प्रतिशत रहेको समेत बैंकले जनाएको छ । समीक्षा अवधिमा औषत क्षमता उपभोगमा कमी आउनुमा कोभिड–१९ संक्रमण रोक्न बन्दाबन्दी लगा

‘संक्रमणले सोच्ने क्षमतामा ह्रास’

काठमाडौं, साउन ३० । कोभिड–१९ संक्रमणबाट मुक्त भइसकेको अवस्था भए पनि सोच्न सक्ने क्षमता तथा एकाग्रतामा समस्या हुने एक अध्ययनले देखाएको छ। बेलायतको किङ्स कलेज र क्याम्ब्रिज विश्वविद्यालयले संयुक्त रूपमा गरेको एक बृहत् अध्ययनले यस्तो समस्या हुने देखाएको हो। कोरोना संक्रमणबाट निको भएका ८१ हजार जनामा अध्ययन गरिएको थियो। अनलाइनमार्फत विभिन्न शीर्षक राखेर गरिएको परीक्षणमा […]

कोरोना खोपले सन्तानोत्पादन क्षमता ह्रास गराउँछ? यस्ता छन् १३ हल्ला र यथार्थ

कोरोनाको जोखिमबाट बच्नका लागि खोपलाई महत्वपूर्ण सुरक्षा कवच मानिएको छ। प्रयोगमा आएका खोपमध्ये अधिकांश दुई डोजका छन्। पहिलो र दोस्रो डोजबीच निश्चित समयको अन्तर राखिन्छ।कोरोनाको जोखिमलाई रोक्न खोपको आविष्कारलाई महत्वपूर्ण मानिए पनि मानिसको मनमा यसबारे विभिन्न आशंका छन्। यसबारे बिबिसी हिन्दीमा प्रकाशित भारतका दुई वरिष्ठ भाइरोलोजिस्ट डाक्टर यतीन मेहता र डाक्टर ईश्वर गिलाडासँगको कुराकानीको नेपाली अनुवाद यहाँ प्रस्तुत गरिएको छ।भ्याक्सिनले सन्तानोत्पादन क्षमता ह्रास गराउँछ ?डाक्टर मेहता भन्छन्‚&l