मुलुकलाई आर्थिक मन्दीले पछाडी घचेटिरहेको छ । बिदेसिएका युवाले पठाएको रेमिट्यान्सबाहेक मुलुकभित्र रोजगारी सिर्जना र राजस्वमा योगदान गर्ने निजी क्षेत्र पनि पछिल्लो समय उदासीन देखिन्छन् । मुलुकको पुरानो औद्योगिक कोरिडोर वीरगन्ज–पथलैयाका उद्योगहरूको उत्पादन क्षमता ७० प्रतिशत खुम्चिएको सञ्चालकको दाबी छ । श्रमिकको रोजगारीको गिर्दो अवस्था यसले संकेत गर्छ । मुलुकको प्रमुख भन्सार नाकासमेत यही क्षेत्रमा […]
The post उद्योगको उत्पादकत्व क्षमता ७० प्रतिशत ह्रास appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
अघिल्लो आर्थिक वर्ष (आव) को दाँजोमा चालू आवको ६ महीनाको तथ्यांकले उद्योगहरूको उत्पादन क्षमताको उपयोग घटेको देखाएको छ । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार चालू आवको पहिलो ६ महीनामा उद्योगहरूको क्षमता उपयोग औसतमा ४३ दशमलव शून्य ७ प्रतिशत छ । अघिल्लो आवको यही अवधिमा यस्तो क्षमता उपयोग ४८ दशमलव ३ प्रतिशत थियो । यसले मुलुकको आर्थिक अवस्था अझै ट्र्याकमा आएको छैन भन्ने पुष्टि गर्छ, जुन कुरा राष्ट्रिय तथ्यांक कार्यालयले यस अघि पनि सार्वजनिक गरिसकेकै हो ।
चालू आवमा उद्योगको उत्पादन क्षमता सबैभन्दा बढी प्रयोग गर्नेमा कर्णाली प्रदेश रहेको छ । त्यहाँका उद्योगको उत्पादन क्षमताको ५१ दशमलव ९ प्रतिशत रहेको छ भने सबैभन्दा कम मधेश प्रदेशको ३४ दशमलव १ प्रतिशत रहेको छ । कर्णालीमा ठूला उद्योगहरू खासै नहुनाले उत्पादन क्षमताको बढी उपयोग भए पनि त्यसले खासै अर्थ राख्ने देखिँदैन । बढी उद्योग भएको मधेश प्रदेशमा क्षमता उपयोग सबैभन्दा कम भएकाले नेपाली उद्योगहरू समस्यामा रहेको संकेत गर्छ । त्यस्तै कोशी, गण्डकी, लुम्बिनीलगायत प्रदेशमा रहेका उद्योग पनि जडितक्षमता अनुसार चल्न नसकेको पाइन्छ ।
उद्योगहरूको उत्पादन क्षमता उपयोग हुन नसक्नुमा अनेक कारण होलान् । तर, तीमध्ये आर्थिक गतिविधिमा सुस्ती, बजारमा औद्योगिक उत्पादनको माग घट्नु, कच्चा पदार्थको मूल्य बढ्दै जानु, श्रमिक अभाव आदि हुन् । साथै यसबाट देशको औद्योगिक क्षेत्रलाई सहजता बनाउन थुप्रै काम गर्नुपर्ने देखिएको छ । जबसम्म माग बढ्दैन तबसम्म उद्योगहरूले आप्mनो क्षमताको उपयोग गर्न पाउँदैनन् । सबै उद्योग सधैं पूर्ण क्षमतामा सञ्चालन हुने भन्ने हुँदैन तर केही उद्योग जडित भन्दा बढी क्षमताका साथ उपयोग गर्ने खालका पनि हुन्छन् भन्ने कुरा बिर्सन मिल्दैन ।
देशलाई औद्योगिकीकरणको बाटोमा अघि बढाउनु पर्ने बेला उल्टै उद्योगको क्षमता उपयोगमा ह्रास आउने हो भने यसले मुलुकमा निराशा सृजना गर्छ । जुन मुलुकमा निराशा व्याप्त हुन्छ, त्यहाँ आर्थिक गतिविधि फस्टाउने सम्भावना कम हुन्छ र अन्ततः त्यसले सरकार र राजनीतिप्रति नै वितृष्णा जगाउँछ । अर्थतन्त्र बिग्रँदा सरकारको नेतृत्व कसरी परिवर्तन हुन्छ भन्ने उदाहरण श्रीलंकालाई हेरे पुग्छ ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा लुम्बिनी प्रदेशका उद्योगहरुको क्षमता उपयोग घटेको राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले देखाएको छ । उक्त अवधिमा खासगरी 'ड्राइ सिरप', बिजुलीका तार तथा केबुल, कंक्रीट, चामल, पेय पदार्थ, जीआई पाइप, औषधिजन्य उत्पादन उद्योगको क्षमता उपयोगमा कमी आएकाले गत वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा लुम्बिनी प्रदेशका समग्र उद्योगको औसत क्षमता उपयोगमा ह्रास आएको प्रतिवेदनमा उल्लेख छ ।
काठमाडौं । मुलुकका उद्योगहरुको आयको वृद्धिदरमा गिरावट आएको देखिएको छ । नेपाल उद्योग परिसंघको पछिल्लो अध्ययन प्रतिवेदनले उद्योगका उत्पादन क्षमतामा पनि उल्लेख्य दरले ह्रास आएको जनाएको छ । परिसंघले नेपालका उद्योगहरुको औद्योगिक गतिविधिको अध्ययन गरेर औद्योगिक अवस्थिति प्रतिवेदनको चौथो अंक सार्वजनिक गरेका हो । आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक अवधिमा उत्पादनमुलक उद्योग र सेवा […]
काठमाडौं । नेपाली उद्योगको उत्पादन क्षमतामा ह्रास आएको पाइएको छ । नेपाल उद्योग परिसंघले हालै सार्वजनिक गरेको औद्योगिक अवस्थिति प्रतिवेदनको चौथो अंकमा उद्योगहरूले उत्पादन क्षमताको ६६.८१ प्रतिशत उपयोग गरेको देखाएको हो । दोस्रो त्रैमासमा यस्तो क्षमताको उपयोग ७१ प्रतिशत थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले उक्त प्रतिवेदन सार्वजनिक गरे । आर्थिक वर्ष […]
नेपाल उद्योग परिसंघले नेपालका उद्योगहरुको औद्योगिक गतिविधिको अध्ययन गरेर औद्योगिक अवस्थिति प्रतिवेदनको चौथो अंक सार्वजनिक गरेको छ । परिसंघको चौथो अंक उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन् ।चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक अवधिमा उत्पादनमुलक उद्योग र सेवा क्षेत्रका उद्योगको अवस्थाको विस्तृत तथ्यांक प्रतिवेदनमा समेटिएको छ । प्रतिवेदन अनुसार दोश्रो त्रैमासको तुलनामा यस अवधिमा व्यवसायको उत्पादन क्षमता उपयोग खस्केको देखिएको छ। यसअवधि
२ साउन, काठमाडौं । नेपालमा उद्योगको आय र उत्पादन क्षमता दुबै ओरालो लागेको अध्ययनले देखाएको छ । नेपाल उद्योग परिसंघले नेपालका उद्योगहरुको औद्योगिक गतिविधिको औद्योगिक अवस्थिति प्रतिवेदनको चौथो अङ्क सार्वजनिक गरेको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दिलेन्ऽ प्रसाद बडूले प्रतिवेदन सार्वजनिक गरेका हुन् । चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक अवधिमा उत्पादनमुलक […]
विराटनगर । सुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योगले ‘सिजन’मा पनि ६० प्रतिशतभन्दा बढी क्षमतामा उत्पादन गर्न सकेका छैनन् । सामान्य अवस्थामा चौबीसै घण्टा चल्ने उद्योगहरू अहिले १६ घण्टा मात्र सञ्चालनमा छन् । उद्योगीले दशैं, तिहारपछि औद्योगिक पूर्ण क्षमतामै उत्पादन हुने अपेक्षा गरे आधामै खुम्चनु परेको छ ।
मोरङ व्यापार संघका पूर्वअध्यक्ष तथा संविधानसभा सदस्य पवन सारडाले सरकारले पूँजीगत खर्च गर्न नसकेकाले निर्माण सामग्रीको बजारसँगै उत्पादन पनि खुम्चिएको बताए । सरकारले पूँजीगत बजेट खर्च गर्न नसक्दा विकासको काम कम हुने र विकासको काम कम हुँदा रड, सिमेन्ट, इँटा लगायतका उद्योगको उत्पादन घट्ने उनको भनाइ छ । त्यसैले उद्योगहरू ६० प्रतिशतभन्दा कम क्षमतामा चल्नुपरेको बताए ।
मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालका अनुसार सरकारले अपेक्षाकृत पर्याप्त विकास खर्च गर्न नसक्दा फलामे डन्डी, सिमेन्ट, प्लास्टिक पाइप, एंगल, च्यानल लगायत निर्माण सामग्रीका उद्योगले उत्पादन घटाएका छन् । रिजालले आफ्नो उद्योगको ‘रिजालको’ ब्रान्डको पाइपको उत्पादन पनि ३० प्रतिशतले कटौती गरिएको बताए । यही बेला बैंकको किस्ता तिर्नुपर्ने र बैंकले ओभरड्राफ्ट तथा टीआर कर्जा दिन अनुदार नीति अपनाएकाले यसको सीधा असर औद्योगिक उत्पादनमा परेको उनको भनाइ छ ।
उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठीले सरकारी विकास खर्च हुन नसकेपछि पर्याप्त रोजगारी सृजना नभएको बताए । ‘सोहीकारण सर्वसाधारणले गर्ने किनमेलमा असर परेको छ,’ उनले भने, ‘सर्वसाधारणले न्यूनतम आवश्यकताका वस्तुवाहेक अन्य मालवस्तुको खरीद गर्न छाडेका छन् ।’ हिउँद लागेपछि औद्योगिक उत्पादन ९५ प्रतिशतसम्म पुग्नुपर्नेमा यसपटक फागुन लाग्दासम्म ५० देखि ६० प्रतिशतमा रहेको दाबी राठीले गरे । बजारको माग घटेकाले अहिले उद्योगको उत्पादनमा ह्रास आएको उनले बताए । उनका अनुसार बैंकको ऋण प्रवाहमा समस्या, सरकारी खर्चको अभाव र रेमिट्यान्समा कमीले मालवस्तुको माग घट्दै गएको छ ।
कोरोना संक्रमणको तेस्रो लहरले खाद्यान्नलाई समेत असर पुर्याएको उनले बताए । ठूला भोज, वनभोज आदि कार्यक्रम हुन नसक्दा खाद्यान्न, खाद्यवस्तु र खानेतेलले पनि उत्पादन घटाएका छन् ।
नेपाल चामल–दाल–तेल उत्पादक संघका केन्द्रीय उपाध्यक्ष नरेश राठीले संघका अध्यक्ष सुबोध गुप्ताको नेतृत्वमा गत हप्ता अर्थसचिव मधुकुमार मरासिनीलाई भेटेर खाद्यवस्तुको उत्पादन बढाउन सरकारले बाटो खोज्नुपर्ने आग्रह गरेको जानकारी दिए । चन्द्रशिव राइस एन्ड आयल मिल्सका सञ्चालक समेत रहेका राठीले भने, ‘हामीले चामल उद्योगको उत्पादन ४० प्रतिशतमा झारेका छौं, तेल उद्योग ६० प्रतिशत क्षमतामा मात्र चलिरहेको छ ।’
नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ का उपाध्यक्ष नवलकिशोर काबराले देशमा औद्योगिक मन्दी चलिरहेको चर्चा गरे । चाउचाउ, जुस, बिस्कुट र कन्फेक्सनरी जस्ता खाद्यवस्तुको उत्पादनमा २० देखि ३० प्रतिशतले ह्रास आएको उनले बताए । मोरङ व्यापार संघका पूर्वअध्यक्ष महेश जाजूले एफएमसीजी सेग्मेन्टका उत्पादनलाई अप्ठ्यारो परिरहेको प्रतिक्रिया दिए ।
उद्योगी जाजूले बैंकमा तरलताको अभाव हुँदा उद्योगीले मागेजति ऋण नपाएको र यसको सीधा असर उत्पादनमा परेको बताए । सीमा क्षेत्रबाट हुने खुला तस्करीले पनि नेपालका एफएमसीजी उद्योगलाई असर पारेको गुनासो उनले गरे । नेउवा महासंघ प्रदेश १ का कोषाध्यक्ष रमेश राठीले उद्योगमा बजारबाट माग नभएको बताए । ‘माग भएर कुनै सामान पठायो, त्यसको भुक्तानी आउँदैन । बैंक ऋण बन्द छ । यस्तोमा उधारोमा सामान पठाउन सकिँदैन,’ उनले भने ।
मोरङको कटहरीस्थित सप्तकोशी सिमेन्टका सञ्चालक आशिष गोयलले आफ्नो उद्योगले ६ महीनायता सिमेन्टको उत्पादनमा २० देखि ३० प्रतिशतले कटौती गरेको बताए । त्यस्तै नेपाल अल्ट्राटेक सिमेन्टका सञ्चालक मनीष मारूले पनि उत्पादन आधा घटाइरहेको बताए । औद्यागिक उत्पादन र विक्री घटेसँगै यस्ता वस्तुको ढुवानी व्यवसायमा ४० प्रतिशतभन्दा बढीले ह्रास आएको छ ।
हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले उत्पादन गरेको सिमेन्टको बजारसँगै बिक्री पछिल्लो समय घट्दै गएको छ । सरकारी स्वामित्वको उद्योगको उत्पादनले गत आर्थिक वर्ष २०७५÷७६ को पहिलो छ महिनाको अनुपातमा चालू आर्थिक वर्ष २०७६÷७७ को पुस मसन्तसम्ममा बिक्रीमा ह्रास आएको हो ।