काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अर्थमन्त्री जनार्दन शर्मा अनुपस्थित भएपछि प्रश्न उठाएको छ। अर्थमन्त्री शर्माले प्रस्तुत गरेको विनियोजित विधेयकको सिद्धान्त र प्राथमिकताबारे छलफल गर्न बसेको प्रतिनिधिसभाको बैठकमा अनुपस्थित भएपछि एमालेले प्रश्न उठाएको हो। एमालेका प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘अर्थमन्त्रीज्यू उपस्थित हुनुहुन्न। कुनै मन्त्रीज्यूहरूले टिपोट गर्नुभएको छैन। अर्थमन्त्रीज्यूले न बाहिर कतै बसेर टिपोट गर्नुभएको छ कि? होइन भने अर्थमन्त्री नभ