काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार निर्माणका लागि दिएको तीन दिनको समय आज सकिँदैछ । तर, नयाँ सरकार गठनका लागि नेपाली, काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीचको तालमेल मिल्न सकेको छैन । जसपाले आफु तटस्थ बस्ने बताएपछि नयाँ सरकार बन्ने अन्यौलता बढेर गएको हो ।