इजरायलमा विपक्षी गठबन्धनले प्रधानमन्त्री नेतान्याहूलाई हटाउने

२० जेठ, काठमाडौं । इजरायलमा विपक्षी गठबन्धनले सरकार गठन गर्ने घोषणा गरेको छ । विपक्षी गठबन्धनका विभिन्न पार्टीहरुबीच बुधबार यस विषयमा सहमति जुटेको हो । यसअघि इजरायलमा सरकार बनाउन बुधबारसम्मको समय दिइएको थियो । उक्त समयसीमा सकिनुभन्दा केही समयअघि विपक्षी गठबन्धनमा सहमति जुटेको हो । यससँगै प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई प्रधानमन्त्रीबाट हटाउने बाटो खुलेको छ । […]

सम्बन्धित सामग्री

नेपाल निवासमा रणनीति बनाउन जुट्यो विपक्षी गठबन्धन

काठमाडौं : नेकपा एमालेका नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा विपक्षी गठबन्धनको बैठब बसिरहेको छ।   सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिए लगत्तै नेताहरु छलफलमा जुटेका हुन्। बैठकमा नयाँ सरकार गठन गर्ने रणनीति बारे छलफल हुने बताइएको छ। विपक्षी गठबन्धनमा आवद्ध ५ राजनीतिक…

एमाले एकता सहमति नजिक ! के होला विपक्षी गठबन्धन ?

काठमाडौं : सत्तारुढ नेकपा एमालेभित्र छताछुल्ल भएको विवाद समाधानतर्फ गएपछि विपक्षी गठबन्धन धर्मराउने संकेत देखिएको छ। प्रधानमन्त्री तथा  एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बहिर्गमनका लागि प्रयासरत विपक्षी गठबन्धनलाई गाह्रो पर्ने देखिन्छ।प्रधानमन्त्री ओलीले जेठ ८ गते दोस्रो पटक संसद् विघटन गरेपछि विपक्षी गठबन्धन बनेको थियो। गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह, जनता समाजवादी पाटी जसपाको अध्यक्ष उपेन्द्र यादव समूह र राष

पर्सामा पनि विपक्षी गठबन्धन सक्रिय

१९ असार, वीरगञ्ज । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मोर्चावन्दीमा रहेका विपक्षी गठबन्धन पर्सामा पनि एकजुट भएका छन् । शनिबार नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमालेको माधव नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले संयुक्त विज्ञप्ति जारी गरी एकजुट भई अघि बढ्ने जानकारी दिएका छन् । संविधान, विधिको शासन, समाजवाद उन्मुख […]

एमालेबाट मुख्यमन्त्री पद धमाधम खोस्दै विपक्षी गठबन्धन

काठमाडौं, २९ जेठ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध एकजुट भएका विपक्षी गठबन्धनले आफू पक्षीय मुख्यमन्त्री पद सुरक्षित गरेलगत्तै आक्रामक रणनीति कार्यान्वयनमा ल्याएका छन् । कर्णाली र सुदूरपश्चिममा माओवादी केन्द्रका मुख्यमन्त्रीहरुको पद सुरक्षित गरेलगत्तै विपक्षी गठबन्धन प्रदेशहरुमा आक्रामक रुपमा उत्रिएका हुन् । विपक्षी गठबन्धनले एमालेबाट गण्डकी प्रदेशको सरकारको नेतृत्व खोसेको छ । […]

बूढानीलकण्ठमा विपक्षी गठबन्धन छलफलमा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको बहिर्गमनको लागि प्रयासरत विपक्षी गठबन्धनका नेताहरू छलफलमा जुटेका छन्।कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ नेताहरूको छलफल चलिरहेको कांग्रेस सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।छलफलमा देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका नेता माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव रहेको उनले बताए।नेताहरूबीच पछिल्लो समयमा सिर्जित समसामयिक बिषयमा छलफल भइरहेको बताए।प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि व

चुनाव भए ओली भर्सेस विपक्षी गठबन्धन

काठमाडौं, १७ जेठ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहर गरिदिए देशको राजनीति फेरि धारा ७६ को उपधारा ३ को बिन्दुबाट अगाडि बढ्न सक्छ या केपी शर्मा ओली र शेरबहादुर देउवामध्ये एक प्रधानमन्त्री बन्न सक्छन् । विघटनकै पक्षमा संवैधानिक इजलाशले फैसला सुनाए देश चुनावमा जान्छ । चुनावमा जाँदा कुन कुन दलबीच गठबन्धन हुन्छ ? […]

ओलीविरुद्ध रणनीति बनाउन विपक्षी गठबन्धन छलफलमा, माधव नेपाल आक्रामक

काठमाडौं, ११ जेठ । विपक्षी गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । सिंहदरबारस्थित् कांग्रेस संसदीय दलको कार्यालयमा सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध थप रणनीति बनाउने बुझिएको छ। हिजोमात्रै, विपक्षी गठबन्धनको तर्फबाट शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न रिट दायर भएको छ । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, […]

प्रतिनिधिसभा विघटनविरुद्ध रिट लिएर सर्वोच्च पुगे विपक्षी गठबन्धन

प्रतिनिधिसभा विघटन बिरुद्ध विपक्षी गठबन्धन रिट, निवेदन लिएर सर्वोच्च अदालतमा पुगेका छन् । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का नेता माधवकुमार नेपाल र जसपाका नेता उपेन्द्र यादव सहितका नेताहरु सर्वोच्च अदालत गएका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेका सबै सांसद अदालतमा उपस्थित छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक प्रतिनिधिसभा विघटन