नयाँ सरकार गठनको ७२ घण्टे अल्टिमेटम आज सकिँदै, को बन्ला नयाँ प्रधानमन्त्री?

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको ७२ घण्टाको समयसीमा आज सकिँदै छ। सोमबार संविधानको धारा ७६ को उपधारा (२) नयाँ सरकार गठन गर्न आव्हान गरेको समयसीमा आज राति ९ बजे सकिन लागेको होर दलहरुको नयाँ सरकार गठन गर्न दौडधुप जारी  छ।नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्न अग्रसरता देखाएपनि ठोस सफलता भने अझै लागेको देखिएको छैन। अहिले संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार बन्ने सम्भावनामा एमालेको नेपाल पक्ष र जसपाको ठाकुर पक्ष निर्णायक देखिएको छ।

सम्बन्धित सामग्री

लुम्बिनीमा को बन्ला मुख्यमन्त्री ? बल प्रदेश प्रमुखको खल्तीमा

काठमाडौं, ११ वैशाख । लुम्बिनी प्रदेश सभाका मुख्यमन्त्री लीला गिरीले प्रदेश सभाबाट विश्वासको मत पाएनन् । उनी गत पुष २७ गते नेकपा (माओवादी केन्द्र) सहित छ दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । सरकारमा सहभागी भएका दलहरुले समर्थन फिर्ता लिएपछि उनी नेतृत्वको सरकार अल्पमतमा परेको थियो । संवैधानिक व्यवस्था अनुसार उनले आज प्रदेश सभामा विश्वासको […]

सेयर बजारले रुचाएका अर्थमन्त्री : नेप्सेमा फेरि बन्ला नयाँ कीर्तिमान ?

नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को नेतृत्वमा बन्ने नयाँ सरकारलाई सेयर बजारले स्वागत गरिसकेको छ । नयाँ सरकार गठन प्रक्रिया अघि बढेसँगै सेयर बजार परिसूचक आज सोमबार एकै दिन ५६ अङ्कले उचालिएको छ । यससँगै, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९ सय २४ अङ्कमा पुगेको छ । बजार उच्च अङ्कले बढिरहँदा प्रचण्डको नेतृत्वमा बन्ने नयाँ सरकारका अर्थमन्त्री विष्णु पौडेल र नेपाली सेयर बजारबीच भने छुट्टै कनेक्सन छ । प्रधानमन्त्रीमा प्रचण्डको तेस्रो इनिङ्स जस्तै पौडेल तेस्रो पटक अर्थम

जनमतमा को बन्ला संसदीय दलको नेता ?

मधेस प्रदेशको प्रदेश सभाका लागि संसदीय दलको नेता, प्रमुख सचेतकलगायतका विषयमा छलफल गर्न जनकपुरमा जनमत पार्टी नेपालको शीर्ष नेताको बैठक आज बस्ने भएको छ ।  जनमतले पार्टीले मधेश प्रदेश सरकारको नेतृत्व गर्ने दावी गरेको छ । जनमत पार्टीका अध्यक्ष सिके राउत काठमाडौँमा भएको बेला गठबन्धनका नेताहरुको भेटमा उनले मधेस प्रदेश सरकारको नेतृत्व गर्ने वातावरण बनाएको दावी गरेका छन् । केन्द्रदेखि प्रदेश (मधेस प्रदेश) सम्म सरकार बनाउन जनमतको मत आवश्यक देखिएकाले सो पार्टीको संसदीय दलको नेता तथा सचेतक पदप्रत

आगामी सरकार कसको बन्ला ? यस्तो छ समीकरणका ५ सम्भावना

अन्ततः मंसिर ४ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको सबै परिणाम १५ दिनपछि आज आएको छ। समानुपातिकतर्फका सदस्य निर्वाचित भएको घोषणा हुन अझै केही प्रक्रिया बाँकी छन्। तर कसको कति सिट आउँछ लगभग अनुमान गर्न सकिने भइसकेको छ। २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमत अर्थात् १३८ सिट कुनै पनि दलको नआएको प्रष्टै भएको छ। यस्तो… Continue reading

विकासमा अलमल

नेपालले सहस्राब्दी लक्ष्य प्राप्त गर्न मात्र नभई प्रगतिको तीव्र प्रतीक्षामा रहेका नागरिकका लागि समेत यतिखेर विकास निर्माण दु्रत गतिमा अघि बढाउनु पर्नेछ । विकसित देशको दाँजोमा पुग्न नेपालले गर्नुपर्ने थुप्रै काम बाँकी छन् । यथार्थमा भन्ने हो भने नेपालले एकाधबाहेक उदाहरणीय र ठूला आयोजना गर्नै सकेको छैन । राजनीतिक दलका नेताहरूका कुरामा भने नेपालले विकासका अनेक चरण पार गरिसकेको छ । पूर्वपश्चिम रेलदेखि नारायणी र कोशी नदीमा पानी जहाज चलाउने तथा नेपाललाई भारत र चीनसँग रेलले जोड्ने कुरा सबै नेपालीले सुनेकै हुन् । चासो दिने हो भने संकटका बेला पनि लक्ष्य प्राप्त गर्न सकिँदो रहेछ भन्ने उदाहरण राजस्व प्राप्तिको उदाहरणले देखाउँछ । कोरोना महामारीका कारण कमजोर आर्थिक अवस्थामा पुगेका जनतासँग जसरी हुन्छ राजस्व संकलन गरेको सरकारले विकास बजेट खर्च गर्न नसक्नु निकै लाजमर्दो हो । हरेक सरकारले जनतालाई विकासका कुनै न कुनै आश्वासन बाँड्दै आएको छ । तर, ती आश्वासन केवल जनताका लागि सपना मात्र भइरहेका छन् । यो क्रम वर्षौंदेखि चल्दै आएको छ । विडम्बना जति समय बित्दै जान्छ, उति नै सुधार हुनुको साटो झन् अवस्था बिग्रँदो छ । चालू आर्थिक वर्षको चैत १ गतेसम्मको पूँजीगत खर्चको अवस्था पनि उस्तै छ । अघिल्लो वर्ष कोरोना महामारीले चरम रूप लिएका बेला भन्दा पनि चालू वर्षको ८ महीनामा विकास बजेट ७८ अर्ब ३६ करोड रुपैयाँ मात्र खर्च हुन सकेको छ । अहिलेसम्म खर्च भएको विकास बजेट कूल पूँजीगत बजेटको २० दशमलव ७३ प्रतिशत मात्र हो । पहिलो कुरा त विकास बजेट नै न्यून छुट्ट्याइनु र अर्कोतर्फ छुट्ट्याइएको बजेट पनि खर्च हुन नसक्ने हो भने नेपाल कहिले विकसित बन्ला र कहिले यो देशका नागरिकले विकासको अनुभूति गर्न पाउलान् भन्ने प्रश्न अहम् रूपमा आएको छ । देशको अवस्थाअनुसार यतिखेर विकास निर्माणका कार्य भ्यागुते उफ्राइमा हुनुपर्ने हो । तर, विनियोजित पूँजीगत बजेट नै खर्च हुन नसके पनि शासन सत्ताको बागडोर सम्हालेका व्यक्तिहरूलाई भने यस्तो अवस्थाको कुनै चिन्ता भएको देखिँदैन । यदि पूँजीगत बजेट खर्च नभएकोमा शासन सत्ताको बागडोर सम्हालेकालाई चिन्ता हुन्थ्यो भने यो विषय राष्ट्रिय प्राथमिकतामा परिसक्थ्यो । पूँजीगत खर्च नभएको विषयमा अर्थमन्त्रीले यसो बेलाबेला धेरै बजेट विनियोजन गरिएका मन्त्रालयका अधिकारीहरूलाई बोलाएर सामान्य छलफल गरेको देखिए पनि यसमा राष्ट्रिय स्तरमा पहल नहुनुले सरकार विकासमा त्यति चासो दिँदैन भन्ने पुष्टि हुन्छ । विकास निर्माणका कार्यलाई जोड दिने हो भने गर्न नसकिने भन्ने पनि होइन । आज विकास निर्माणका लागि विश्वमा प्रविधिको व्यापक प्रयोग भइसकेको छ । तिनै प्रविधिको सिको गर्ने हो भने धेरै प्रगति हात पार्न सकिन्छ । दुई छिमेकी मुलुक भारत र चीनले विकासमा निकै फड्को मारेकाले नेपाललाई ती मुलुकबाट सिको गर्न सकिने अवसर पनि छ । यसका लागि नेपालले सबभन्दा पहिला चासो दिनुपर्छ । चासो दिने हो भने संकटका बेला पनि लक्ष्य प्राप्त गर्न सकिँदो रहेछ भन्ने उदाहरण राजस्व प्राप्तिको उदाहरणले देखाउँछ । कोरोना महामारीका कारण कमजोर आर्थिक अवस्थामा पुगेका जनतासँग जसरी हुन्छ राजस्व संकलन गरेको सरकारले विकास बजेट खर्च गर्न नसक्नु निकै लाजमर्दो हो । भन्सार विभागले फागुन महीनामा ४५ अर्ब ८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ४१ अर्ब १९ करोड रुपैयाँ प्राप्ति गरेको छ । त्यस्तै आन्तरिक राजस्व विभागले सोही महीनामा २८ अर्ब ७२ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकोमा २८ अर्ब ३७ करोड रुपैयाँ उठाएको छ । यी उदाहरणबाट सरकार विकासप्रति संवेदनशील छैन भन्ने पुष्टि मात्र हुँदैन, यसले सरकार जसरी पनि जनतालाई शासकीयपन देखाउन चाहन्छ भन्ने देखिन्छ । २१ औं शताब्दीको प्रजातान्त्रिक शासन पद्धतिमा यस्तो प्रवृत्ति अँगाल्दा कुनै पनि देशको प्रगति नहुने भएकाले नेपालको वर्तमान सरकारको साथै मुख्य राजनीतिक दलहरू अब गम्भीर हुने बेला आएको छ । लक्ष्यअनुसार विकास निर्माण गर्न नसक्ने हो भने सरकारको बागडोर सम्हाल्ने अधिकार कसैलाई पनि हुँदैन । अहिलेको आवश्यकता कम्तीमा विनियोजित पूँजीगत बजेट खर्च गर्न सक्नु हो । सरकारलाई विनियोजित बजेट खर्च नगर्ने छूट हुँदैन ।

पंजाबमा विधानसभा निर्वाचन : फेरि बन्ला त चन्नी सरकार ?

भारतको पंजाब विधानसभाको ११७ सिटका लागि आज निर्वाचन भइरहेको छ। ११७ सिटका लागि १ हजार ३०४ जना उम्मेदवार चुनावी मैदानमा छन्। २ करोड १४ लाख मतदाताले आज मतदान गर्ने बताइएको छ। भारतीय राष्ट्रिय कांग्रेसले वर्तमान मुख्यमन्त्री चरणजीत सिंह चन्नीलाई फेरि मुख्यमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेको छ। भारतीय जनता पार्टी र…

गण्डकीमा कस्तो सरकार बन्ला ? छिनोफानो आज

पोखरा । गण्डकी प्रदेशमा विपक्षी दलहरुले सरकारको दाबी गर्न सकेका छैनन् । मुख्यमन्त्रीबाट पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि स्वीकृत गर्दै प्रदेश प्रमुख सीता पौडेलले बहुमतको सरकार बनाउन दिएको अवधि आज सकिँदैछ तर, विपक्षी दलले भने अझैसम्म पनि सरकारको दाबी गर्न सकेका छैनन् ।

आज नयाँ मुख्यसचिव नियुक्त गर्दै सरकार, को बन्ला मुख्य सचिव

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ । बिहान बस्न लागेको बैठकले नयाँ मुख्य सचिव नियुक्त गर्दैछ । अहिलेका मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले मंगलबारदेखि उमेरहदका कारण अवकाश...