नेपालमा ६ वर्षकै उच्च महँगी

काठमाडौं । पछिल्लो ६ वर्षसम्मकै सबैभन्दा धेरै महँगी भएको छ । सन् २०१८ देखि २३ सम्ममा अहिलेकै सबैभन्दा धेरै महँगी वृद्धि भएको हो । सन् २०१८ देखि २०२३ सम्म क्रमशः नेपालको महँगी वृद्धि हुँदै गइरहेको आज सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले देखाएको छ । उपभोक्ता मूल्यमा आधारित मूल्यवृद्धि सन् २०१८ मा ४.१ थियो । हाल […]

सम्बन्धित सामग्री

फेडले ब्याजदर बढाएर १६ वर्षकै उत्कर्षमा पुर्‍यायो

काठमाडौं । अमेरिकाको केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’ (Fed) ले ब्याजदर बढाएको छ । बैंकले बुधबार सम्पन्न नीतिगत बैठकमा ब्याजदर २५ आधार विन्दुले बढाएको छ । यो गएको १४ महीनामा गरिएको १०औं ब्याजदर वृद्धि थियो । अहिलेको लागि यो अन्तिम ब्याजदर वृद्धि हुने संकेत फेडले गरेको छ । पछिल्लो वृद्धिसँगै अमेरिकामा प्रमुख ब्याजदर बढेर ५ प्रतिशतदेखि ५ दशमलव २५ प्रतिशतको बीच्मा पुगेको छ । २०२२ को मार्चमा ब्याजदर झन्डै शून्यको स्तर नजिक थियो । उच्च ब्याजदरका कारण कर्जाको लागत बढेको छ । घरजग्गा (Real Estate) जस्ता क्षेत्रमा सुस्ती देखिएको छ । हालैका महीनामा अमेरिकामा क्षेत्रीय स्तरका तीन ओटा बैंकहरू टाट पल्टिए । यसको कारण पनि फेडको ब्याजदर वृद्धि नै थियो । अहिलेको लागि आफूहरूले अतिरिक्त ब्याजदर वृद्धिको कल्पना नगरेको फेड अध्यक्ष जेरोम पावेलले भनेका थिए । आगामी आर्थिक तथ्यांकहरूले आफ्नो कदमको अनुसरण गर्ने उनको भनाइ छ । अमेरिकामा महँगी दशकौंयताकै तीव्र दरमा बढ्न थालेपछि फेडले गएको वर्षदेखि आक्रामक रूपमा ब्यादर बढाउन शुरू गरेको थियो । विश्वभर बेलायत, यूरोप लगायत कयौं केन्द्रीय बैंकहरूले दशकौंयताकै उत्कर्षमा उक्लिएको महँगीमा अंकुश लगाउन धमाधम ब्याजदर बढाइरहेका छन् । महँगी आकाशिएपछि खपत घटाएर भए पनि माग सुस्त बनाउन बैंकहरूले आक्रामक ब्याजदर वृद्धिको बाटो समातेका थिए । फेडको ब्याजदर वृद्धिको अभियान शुरू भएयता अमेरिकामा मूल्य  वृद्धि सुस्ताएको देखिएको छ । मार्चमा मुद्रास्फीति दर ५ प्रतिशत थियो । यो झन्डै २ वर्षयताकै न्यून हो । महँगी भने हाल पनि फेडको लक्षित विन्दुभन्दा निकै माथि छ । आक्रामक ब्याजदर वृद्धिलाई खप्न नसकेर अमेरिकामा एकपछि अर्को गर्दै बैंकहरू ढलेर सोको संकट विश्वभर पोखिने चिन्ता मत्थर भइनसकेको अवस्थामा ब्याजदर (interest rates) बढाउन रोक्ने फेडको निर्णय विवेकपूर्ण भएको विश्लेषण गरिएको छ । अहिले पनि अर्थतन्त्रमा मन्दीको भय व्याप्तै छ ।  अहिले नै मुद्रास्फीति (Inflation) विरुद्धको युद्ध समाप्त भइसकेको भने छैन तर बिस्तारै महँगी घट्दै चाहिँ छ । फेडले बुधबार सर्वसम्मतिले ब्याजदर बढाएको थियो । पछिल्लो बैठकमा फेडले ब्याजदर बढाउने अधिकांश अर्थशास्त्री र वित्तीय बजार विश्लेषकहरूको अनुमान थियो । एजेन्सी

बेलायतमा महँगी घटेर १०.५ प्रतिशतमा झर्यो, खानेकुराको भाउ बढ्ने क्रम भने रोकिएन

काठमाडौं । गएको महीना बेलायतमा मुद्रास्फीति घटेको छ । अक्टोबरमा ४१ वर्षयताकै उच्च स्तरमा उक्लिएको महँगी डिसेम्बरमा भने थोरैले घटेको हो । यसले महँगी नियन्त्रण गर्न हर सम्भव प्रयास गरिरहेको बेलायती केन्द्रीय बैंक ‘बैंक अफ इंगल्यान्ड’ (बीओई)लाई केही राहत मिल्ने देखिन्छ । तर खाद्यान्न र पेय पदार्थको भाउ सन् १९७७ यताकै तीव्र गतिमा बढेकोले घर परिवार माथिको दबाब उग्र छ । नोभेम्बरमा १० दशमलव ७ प्रतिशत रहेको वार्षिक उपभोक्ता मूल्य सूचकमा आधारित मुद्रास्फीति गएको महीना १० दशमलव ५ प्रतिशतमा ओर्लिएको राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकले देखाएको हो । योसँगै लगातार दोस्रो महीना पनि महँगी घटेको छ । तर यो अझैं  पनि ४० वर्षकै उचाईमा छ ।  समीक्षा अवधिमा मुद्रास्फीतिमा आएको कमी अर्थशास्त्रीहरुले गरेको अनुमान अनुसार कै हो । एक वर्ष अघिको तुलनामा खानेकुरा र गैर–अल्कोहलिक पेय पदार्थको भाउ १६ दशमलव ८ प्रतिशतले बढेको छ । यो वृद्धि सन् १९७७ यताकै उच्च हो । सो अवधिमा अन्डा, दूध र चिजको भाउमा आएको वृद्धिक कारण समग्रम खाद्यान्नको भाउ बढेको छ । समीक्षा अवधिमा चिनि, जाम, मह र चकलेटको साथै हलुका पेय र जुसको भाउ पनि बढेको छ । तर पाउरोटी र अन्नको मूल्य वृद्धि भने सुस्त भएको छ ।  नोभेम्बरमा नै बीओईले हेडलाइन सीपीआई अक्टोबरको ११ दशमलव १ प्रतिशतबाट घटेर यो वर्षको अन्त्यसम्ममा ५ प्रतिशतमा आउने बताएको थियो । रुसले युक्रेनमा आक्रमण गरेयता विश्वभर महँगी बढ्दा बेलायतमा पनि करोडौं मानिसहरुको लागि जीवनयापन धौं धौं बनेको छ ।  बीओईले यो वर्ष महँगी घट्ने प्रक्षेपण  गरेको भएपनि नीतिनिर्मातहरुले भने कसिलो श्रम बजार र अन्य कारकहरुतर्फ औंल्याउँदै महँगी उभोतिर लाग्ने दबाब निरन्तर रहने चेतावनी दिएका छन् । बीओईले फेब्रुअरी ३ मा ब्याजदर साढे ३ प्रतिशतबाट बढाएर ४ प्रतिशतमा पुर्याउने अनुमान गरिएको छ । यो डेटा सार्वजनिक भएपछि डलरको तुलनामा स्टर्लिङको भाउ बढेको थियो । डिसेम्बरमा बेलायतको मुद्रस्फीति अमेरिका र बेलायतको भन्दा कम हो । सो अवधिमा अमेरिकामा मुद्रास्फीति साढे ६ प्रतिशत थियो भने जर्मनीमा ९ दशमलव ६ प्रतिशत । रुसले युक्रेनमा आक्रमण गरेलगत्तैको तुलनामा अहिले प्राकृतिक ग्यासको भाउ घटेको छ । तर पनि यो २०२१ को मध्यतिरको भन्दा कयौं गुणा बढी छ । यसको प्रभाव समग्र अर्थतन्त्रभर पोखिने क्रम जारी छ । डिसेम्बरमा कोर सीपीआई भने ६ दशमलव ३ प्रतिशतमा यथावत् छ । कोर सीपीआईमा ऊर्जा, खाद्यान्न, रक्सी र सूर्तिको मूल्यलाई समावेश गरिएको हुन्न । कोर सीपीआई गत महीना ६ दशमलव २ प्रतिशतमा झर्ने अर्थशास्त्रीहरुको अनुमान थियो । सेवा क्षेत्रमा पनि महँगी सन् १९९२ का मार्चयताकै उच्च अर्थात् ६ दशमलव ८ प्रतिशत छ ।  एजेन्सी

रुस-युक्रेन युद्धको असर : भारतमा के–के चिज हुँदैछ महँगो ?

युक्रेनमा रुसको हमलापछि कच्चा तेलको मूल्यमा वृद्धि भएको छ । बिहीबार अमेरिकामा कारोबारको अवधिमा कच्चा तेलको मूल्य १४ वर्षकै उच्च भएको थियो । मूल्य हाल प्रति ब्यारेल ११६.५७ डलर पुुगेको छ । यो मूल्य २००८ को सेप्टेम्बर २२ देखिकै उच्च हो । त्यतिबेला लेहम्यान ब्रदर्सको संकटका कारण तेलको मूल्यमा वृद्धि भएको थियो । रुस–युक्रेन संकटका कारण कच्चा तेल मात्र होइन खाद्य तेल, खाद्यान्न र ग्यासको मूल्यमा पनि व्यापक वृद्धि भएको छ । यसको असर भारतमा पनि देखिन थालेको छ आगामी दिनहरुमा महँगी अनियन्त्रित हुन सक

महँगी पाँच वर्षकै उच्च

चालु आर्थिक वर्षको पहिलो ५ महिनाको मुद्रास्फीति ७.११ प्रतिशत पुगेको छ । यो मुद्रास्फीति विगत ५ वर्षकै उच्च हो ।चालु वर्षमा सरकारले ६.५ प्रतिशत मुद्रास्फीति कायम गर्ने लक्ष्य लिए पनि पहिलो ५ महिनामै मुद्रास्फीति ७ प्रतिशतभन्दा माथि पुगेको छ । आर्थिक वर्ष २०७७-०७८ को सोही अवधिमा मुद्रास्फीति २.९३ प्रतिशत थियो ।विगत ५ वर्षमा मुद्रास्फीतिको अवस्था […]

अर्थतन्त्र हालसम्मकै ‘ऋणात्मक’, ५ वर्षकै उच्च विन्दुमा पुग्यो मूल्यवृद्धि

चालु आर्थिक वर्षको पाँच महिना (साउनदेखि मंसिरसम्म) को तथ्यांक हेर्दा अर्थतन्त्र अत्यन्त कमजोर अवस्थामा पुगेको छ । राष्ट्र बैंकले बिहिबार सार्वजनिक गरेको वर्तमान अर्थतन्त्रको अवस्था सम्बन्धि अध्ययन प्रतिवेदनले मुलुकको अर्थतन्त्रका सबैजसो सूचक ऋणात्मक स्थितिमा रहेको देखाएको छ ।देशमा भित्रिने र देशबाट बाहिरिने विदेशी मुद्राको अवस्था दर्साउने शोधनान्तर स्थिती हालसम्मकै उच्च घाटामा छ । विदेशी मुद्रा सञ्चितिमा १ खर्ब ८५ अर्बले कमी आएको छ । मूल्यवृद्धि ५ वर्षयताकै उच्च बिन्दुमा पुगेको छ ।सबै सूचक घाटामा पुगेको पहिलो पटकराष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार मंसिरसम्म आईपुग्दा शोधनान्तर घाटा १ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ  । शोधनान्तर घाटामा हुँदा वैदेशिक लगानीमा भारी गिरावट आउने र यसको नकारात्मक प्रभाव उत्पादनमा पर्ने भएकाले परनिर्भरता बढाउने अर्थतन्त्रका जानकारहरु बताउँछन् ।गत असारमा शोधनान्तर स्थिति १ अर्ब २५ करोड रुपैयाँ बचतमा थियो । तर, नयाँ आर्थिक वर्ष (आर्थिक वर्ष २०७८÷०७९) सुरु भएपछि हरेक महिना शोधनान्तर स्थिति घाटामा छ । अर्थतन्त्रका सबै सूचक एकै पटक ऋणात्मक भएको यो नै इतिहासकै पहिलो पटक हो । अहिलेको मूल दायित्व भनेकै शोधनान्तर स्थिति सन्तुलनमा ल्याउनु र वित्तीय प्रणालीमा देखिएको तरलताको समस्या समाधान गर्नु भएको अर्थशास्त्रीहरु बताउँछन् ।आर्थिक स्थायित्वका परिसूचक दबाबमै छन्ः राष्ट्र बैंकराष्ट्र बैंकको अध्ययन प्रतिवेदनले नै आर्थिक स्थायित्वका परिसूचकहरु दबाबमा रहेको देखाएको छ । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले पनि अहिले अर्थतन्त्रमा देखिएको दबाब कम गर्न आयात कम गर्नुपर्ने बताएका छन् ।‘आर्थिक स्थायित्व कायम गर्दै आर्थिक गतिविधिहरुलाई निरन्तरता दिनुपर्ने अहिलेको चुनौती हो,’ डा. भट्टले भने, ‘अहिलेको अवस्थामा अत्यावश्यक बाहेकका वस्तुको आयात कम गर्दै लैजानुपर्छ ।’ महँगी ५ वर्षयताकै उच्चवार्षिक उपभोक्ता मूल्यवृद्धि ७.११ प्रतिशत पुगेको छ । यो ५ वर्षयताकै उच्च हो ।आर्थिक वर्ष २०७३/०७४ को भदौमा मूल्यवृद्धि ७.९० प्रतिशत पुगेको थियो । तर, चालु आर्थिक वर्षमा मूल्यवृद्धि ६.५ प्रतिशतभित्रै सिमित राख्ने दाबी राष्ट्र बैंकले गरेको भएपनि मंसिरसम्म आईपुग्दै ०.६१ प्रतिशतले लक्ष्य नाघेको छ । रेमिट्यान्स निरन्तर ओरालोरेमिट्यान्स (विप्रेषण आप्रवाह)मा निरन्तर कमी आईरहेको छ । चालु आर्थिक वर्षको ५ महिना (साउनदेखि मंसिरसम्म) मा रेमिट्यान्समार्फत ३ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ मुलुकमा भित्रिएको छ  । गत आर्थिक वर्षको यो अवधिको तुलनामा रेमिट्यान्स ६.८ प्रतिशतले घटेको हो । गत वर्षको यो अवधिमा रेमिट्यान्स आप्रवाह ११ प्रतिशतले बढेको थियो  ।

विश्वभर महँगी वृद्धि : खाद्यान्न र खाने तेलको मूल्य १० वर्षकै उच्च

कात्तिक २०, जेनेभा। विश्वभर महँगी बढेको छ । अहिलेको महंगी पछिल्लो १० वर्षकै सबभन्दा धेरै  भएको संयुक्त राष्ट्रसंघ अन्तर्गत खाद्य तथा कृषि संगठन(एफएओ) ले बताएको छ । एफएओका अनुसार पछिल्लो वर्ष विश्वभरमा खाद्य पदार्थ ३० प्रतिशत महँगो भएको छ । एफएओका अनुसार विश्वभर खाद्यान्न र खाने तेलको मूल्य लगातार बढेको छ । वनस्पती तेलमा अक्टोबर महीनमा मात्र १० प्रतिशतले मूल्यवृद्धि भएको छ । आपूर्तिमा अवरोध, फ्याक्ट्री बन्द हुनु तथा राजनीतिक उतारचढाव बढेपछि खाद्यान्न उत्पादनमा लगातार दवाव बढिरहेको छ । यसअघि नै संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले आपूर्ति प्रणालीमा आएको व्यवधानका कारण विश्व बजारमा खाद्य उपलब्धताको अनिश्चितता हुनसक्ने चेतावनी दिएको थियो । एफएओका अनुसार खाद्यान्नको मूल्यमा वार्षिक २२ प्रतिशतले वृद्धि भइरहेको छ । क्यानडा, रुस र अमेरिका जस्ता गहुँको ठूलो उत्पादक देशमा उत्पादन कम भएका कारण एक वर्षमै गहुँको मूल्य पनि ४० प्रतिशतले बढेको छ । राष्ट्र संघले पाम, सोया, सूर्यमुखी र रेपसिड तेलको मूल्य बढ्दा वनस्पति तेलको मूल्य पनि आकाशिन थालेको उल्लेख गरेको छ। अझ विश्वमाझ खाद्य असुरक्षा कोरोनाभाइरसबाट सृजित असहज परिस्थितिका कारण थप गम्भीर बन्ने आकलन गरिएको छ।एजेन्सीहरु

विश्वभर बढ्यो महँगी, खाद्यान्न र खाने तेलको मूल्य १० वर्षकै उच्च

१९ कात्तिक, काठमाडौं । विश्वभर अहिले पछिल्लो १० वर्षकै सबभन्दा धेरै महँगी भएको पाइएको छ । संयुक्त राष्ट्रसंघीय निकास फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसन (एफएओ)का अनुसार पछिल्लो वर्ष विश्वभरमा खाद्य पदार्थ ३० प्रतिशत महँगो भएको छ । एफएओका अनुसार विश्वभर खाद्यान्न र खाने तेलको मुल्य लगातार बढेको छ । वनस्पती तेलमा अक्टोबर महिनमा मात्र १० प्रतिशत […]