चालु आर्थिक वर्षको पाँच महिना (साउनदेखि मंसिरसम्म) को तथ्यांक हेर्दा अर्थतन्त्र अत्यन्त कमजोर अवस्थामा पुगेको छ । राष्ट्र बैंकले बिहिबार सार्वजनिक गरेको वर्तमान अर्थतन्त्रको अवस्था सम्बन्धि अध्ययन प्रतिवेदनले मुलुकको अर्थतन्त्रका सबैजसो सूचक ऋणात्मक स्थितिमा रहेको देखाएको छ ।देशमा भित्रिने र देशबाट बाहिरिने विदेशी मुद्राको अवस्था दर्साउने शोधनान्तर स्थिती हालसम्मकै उच्च घाटामा छ । विदेशी मुद्रा सञ्चितिमा १ खर्ब ८५ अर्बले कमी आएको छ । मूल्यवृद्धि ५ वर्षयताकै उच्च बिन्दुमा पुगेको छ ।सबै सूचक घाटामा पुगेको पहिलो पटकराष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार मंसिरसम्म आईपुग्दा शोधनान्तर घाटा १ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ । शोधनान्तर घाटामा हुँदा वैदेशिक लगानीमा भारी गिरावट आउने र यसको नकारात्मक प्रभाव उत्पादनमा पर्ने भएकाले परनिर्भरता बढाउने अर्थतन्त्रका जानकारहरु बताउँछन् ।गत असारमा शोधनान्तर स्थिति १ अर्ब २५ करोड रुपैयाँ बचतमा थियो । तर, नयाँ आर्थिक वर्ष (आर्थिक वर्ष २०७८÷०७९) सुरु भएपछि हरेक महिना शोधनान्तर स्थिति घाटामा छ । अर्थतन्त्रका सबै सूचक एकै पटक ऋणात्मक भएको यो नै इतिहासकै पहिलो पटक हो । अहिलेको मूल दायित्व भनेकै शोधनान्तर स्थिति सन्तुलनमा ल्याउनु र वित्तीय प्रणालीमा देखिएको तरलताको समस्या समाधान गर्नु भएको अर्थशास्त्रीहरु बताउँछन् ।आर्थिक स्थायित्वका परिसूचक दबाबमै छन्ः राष्ट्र बैंकराष्ट्र बैंकको अध्ययन प्रतिवेदनले नै आर्थिक स्थायित्वका परिसूचकहरु दबाबमा रहेको देखाएको छ । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले पनि अहिले अर्थतन्त्रमा देखिएको दबाब कम गर्न आयात कम गर्नुपर्ने बताएका छन् ।‘आर्थिक स्थायित्व कायम गर्दै आर्थिक गतिविधिहरुलाई निरन्तरता दिनुपर्ने अहिलेको चुनौती हो,’ डा. भट्टले भने, ‘अहिलेको अवस्थामा अत्यावश्यक बाहेकका वस्तुको आयात कम गर्दै लैजानुपर्छ ।’ महँगी ५ वर्षयताकै उच्चवार्षिक उपभोक्ता मूल्यवृद्धि ७.११ प्रतिशत पुगेको छ । यो ५ वर्षयताकै उच्च हो ।आर्थिक वर्ष २०७३/०७४ को भदौमा मूल्यवृद्धि ७.९० प्रतिशत पुगेको थियो । तर, चालु आर्थिक वर्षमा मूल्यवृद्धि ६.५ प्रतिशतभित्रै सिमित राख्ने दाबी राष्ट्र बैंकले गरेको भएपनि मंसिरसम्म आईपुग्दै ०.६१ प्रतिशतले लक्ष्य नाघेको छ । रेमिट्यान्स निरन्तर ओरालोरेमिट्यान्स (विप्रेषण आप्रवाह)मा निरन्तर कमी आईरहेको छ । चालु आर्थिक वर्षको ५ महिना (साउनदेखि मंसिरसम्म) मा रेमिट्यान्समार्फत ३ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ मुलुकमा भित्रिएको छ । गत आर्थिक वर्षको यो अवधिको तुलनामा रेमिट्यान्स ६.८ प्रतिशतले घटेको हो । गत वर्षको यो अवधिमा रेमिट्यान्स आप्रवाह ११ प्रतिशतले बढेको थियो ।