श्रीलंकालाई पच्छ्याउँदै पाकिस्तान : ऋण दायित्व ५०५ खर्ब नाघ्यो, कर्जा डिफल्ट स्वाप ९ वर्षकै उच्च

इस्लामावाद (पाकिस्तान) । पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई आइतबार थोरै भएपनि राहत मिलेको छ । उनी विरुद्धको अविश्वासको प्रस्ताव खारेज भएको छ । संसदका उप–सभामुख कासिम खान सुरीले खानले हार्ने निश्चित भएको अविश्वासको प्रस्तावलाई असंवैधानिक भन्दै खारेज गरिदिएका थिए । विपक्षी दलहरुले संसदको कदमलाई असंवैधानिक भन्दै विरोध गरिरहेका छन् । यसको विरुद्धमा प्रतिपक्ष दलहरुले सर्वोच्च अदालतसमक्ष पुगेका छन् ।  खानको अनुरोधमा राष्ट्रपति आरिफ अल्वीले संसद विघटन गरिदिएका छन् । अविश्वासको प्रस्ताव खारेज भएपछि अनिश्चय भने चुलिएको छ । पाकिस्तानमा नयाँ राजनीतिक र संवैधानिक अनिश्चिय उत्पन्न भएको छ । ९० दिनभित्र निर्वाचन हुने भएको छ । खानले सर्वसाधारणहरुलाई सम्बोधन गर्दै चुनावको तयारी अगाडि बढाउने घोषणा गरेका छन् ।  विपक्षी दलका नेताहरुले खानलाई अर्थतन्त्रलाई ब्यूताउन असफल भएको अनि भ्रष्टाचारमाथि अंकुश लगाउन नसकेको आरोप लगाउँदै खाएका छन् । तर खानले भने आफूलाई हटाउने अन्तरराष्ट्रिय स्तरबाटै षडयन्त्र भइरहेको भन्दै अमेरिकामाथि दोष लगाउँदै आएका छन् ।  अहिले पाकिस्तानी अर्थतन्त्रको लागि मुख्य जोखिम घरेलु राजनीति बनेको छ । सरकार र प्रतिपक्ष दलबीचको खिचातानी र पछिल्लो समय उत्पन्न संवैधानिक संकटका कारण कमजोर आर्थिक पुनःबहाली धरापमा परेको छ । पछिल्लो समय पाकिस्तानले विभिन्न देशमा रहेका दूताबासका कर्मचारीहरुलाई तलब खुवाउन नसकेको खबरहरु बाहिर आएको छ ।  पाकिस्तानको वित्तीय अवस्था अहिले खासै राम्रो छैन । सरकारको कूल कर्जा र दायित्व ५०५ खर्ब (पाकिस्तानी) रुपयाँ छ । वर्तमान प्रधानमन्त्री इमरान खान नेतृत्वमा आएयता कर्जा करीब २०० खर्ब  रुपयाँले बढेको छ । चालु खाता घाटा जीडीपीको ४ दशमलव ७ प्रतिशतमा उक्लिएको छ । यो सरकारले तय गरेको लक्ष्य भन्दा निकै धेरै हो । अमेरिकी डलरको तुलनामा रुपयाँको भाउ घटेर प्रतिडलर १८९ रुपयाँ तल आएको छ ।  मार्चमा महँगी बढेर १२ दशलमव ७ प्रतिशतमाथि उक्लिएको छ । कुखुरा, फलफूल, तोरीको तेल आदिको भाउ आकाशिएको छ । राजनीतिक उथलपुथलका कारण कर्जा र ब्याज भुक्तानी गर्न नसक्ने अवस्थामा पुग्ने जोखिम बढेको छ । गएको शुक्रबार रुपयाँको तुलनामा डलरको भाउ शून्य दशमलव ७ प्रतिशतले महँगो भएर  १८९ रुपयाँ २५ पैसामा उक्लिएको थियो । बिहीबार पनि डलर ३ दशमलव १ प्रतिशतले महँगो भएको थियो । गएको एक हप्तामा पाकिस्तानको विदेशी विनिमय सञ्चिति २ अर्ब ९१ करोड ५० लाख डलरले घटेको छ । मार्च २५ मा सकिएको हप्तामा पाकिस्तानको विदेशी विनिमय सञ्चिति १८ अर्ब ५५ करोड ४० लाख डलरमा झरेको छ । यो आर्थिक वर्ष २०२१ को अन्त्ययताकै थोरै हो । यसले करीब साढे २.५ महीनाको आयात धान्न पुग्नेछ ।  पाकिस्तानको कर्जा डिफल्ट स्वाप सन् २०१३ यताकै उच्च स्तरमा उक्लिएको छ । यसको अर्थ पाकिस्तानले कर्जादाताहरूलाई तिर्नुपर्ने ऋण र ब्याज भुक्तानी गर्न नसक्ने जोखिम ९ वर्ष यताकै उच्च स्तरमा उक्लिएको छ । यसको अर्थ पाकिस्तानले ऋण तिर्ने क्षमता थप गुमाउँदै गएको छ र यो अवस्था थप खस्किँदै गयो भने पाकिस्तानको हविगत पनि छिटै श्रीलंकाको जस्तै हुने विज्ञहरूको आंकलन छ । 

सम्बन्धित सामग्री

ऋणको पर्खाइमा पाकिस्तान

पाकिस्तान गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको छ ।अमेरिकाले त्यहाँको अर्थतन्त्र सुधार गर्न अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)सँग सहकार्य जारी राख्न प्रोत्साहन गरेको छ । सहकार्य जारी राख्दा पाकिस्तानले वैश्विक ऋणदाताबाट ऋण पाउन सक्छ ।अमेरिकी विदेश...

सरकारी सम्पत्ति बेचेर ऋण तिर्ने पाकिस्तान सरकारको तयारी

८ साउन, काठमाडौं । पाकिस्तान सरकारले सरकारी सम्पत्ति बेचेर ऋण तिर्ने निर्णय गरेको छ । त्यससँग सम्बन्धित एक अध्यादेश मन्त्रिपरिषदबाट पारित भएको छ । यद्यपि यसलाई संसदले पारित गर्न बाँकी छ । संसदले पारित गरेर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्र यसले कानुनी रुप पाउने छ । पाकिस्तानको संघीय मन्त्रिपरिषदले बिहीबार अन्तर सरकारी वाणिज्यिक हस्तान्तरण अध्यादेश २०२२ […]

‘पाकिस्तान पनि श्रीलङ्काकै बाटोमा !’

कोलम्बो । पाकिस्तान पनि श्रीलङ्काझैँ आर्थिक सङ्कटको बाटोमा उन्मुख भएको समाचार सार्वजनिक भएको छ । पाकिस्तानले आफ्ना विगतका गल्ती र आन्तरिकरूपमा वर्तमान घटनालाई अस्वीकार गर्दै अघि बढेकाले चरम आर्थिक सङ्कट झेल्नुपर्ने परिस्थिति उत्पन्न हुने चेतावनी ट्रु सिलोनले दिएको हो । अति महत्त्वाकाङ्क्षी राजनीतिक नेतृत्व, अत्यधिक बाह्य ऋण तथा आर्थिक कुप्रबन्धका कारण विगत दुई महिनादेखि गम्भीर […]

आर्थिक सङ्कट: पाकिस्तान पनि श्रीलङ्काकै बाटोमा !

कोलम्बो– पाकिस्तान पनि श्रीलङकाझै आर्थिक सङ्कटको बाटोमा उन्मुख भएको समाचार सार्वजनिक भएको छ । पाकिस्तानले आफ्ना विगतका गल्ती र आन्तरिक रूपमा वर्तमान घटनालाई अस्वीकार गर्दै अघि बढेकाले चरम आर्थिक सङ्कट झेल्नुपर्ने परिस्थिति उत्पन्न हुने चेतावनी ट्रु सिलोनले दिएको हो । अति महत्वाकाङक्षी राजनीतिक नेतृत्व, अत्यधिक बाह्य ऋण तथा आर्थिक कुप्रबन्धका कारण विगत दुई महिनादेखि गम्भीर […]

‘पाकिस्तान पनि श्रीलङ्काकै बाटोमा !’

पाकिस्तान पनि श्रीलङकाझै आर्थिक सङ्कटको बाटोमा उन्मुख भएको समाचार सार्वजनिक भएको छ । पाकिस्तानले आफ्ना विगतका गल्ती र आन्तरिकरुपमा वर्तमान घटनालाई अस्वीकार गर्दै अघि बढेकाले चरम आर्थिक सङ्कट झेल्नुपर्ने परिस्थिति उत्पन्न हुने चेतावनी ट्रु सिलोनले दिएको हो ।अति महत्त्वाकांक्षी राजनीतिक नेतृत्व, अत्यधिक बाह्य ऋण तथा आर्थिक कुप्रबन्धका कारण विगत दुई महिनादेखि गम्भीर सामाजिक,आर्थिक एवम्  राजनीतिक सङ्कटको भुमरीमा परेको श्रीलङकाबाट सिक्ने चेष्टा नगरेको पाकिस्तान उल्टै उसैको पदचाप पछ्याइरहेको टिप्

चिनियाँ ऋण लिन नेपाल सजग

काठमाडौँ- श्रीलंका र पाकिस्तान जस्ता छिमेकी राष्ट्रहरूको आर्थिक पतन देखेको नेपाल चीनको ‘ऋण पासो’ कूटनीतिबाट निकै सजग छ । प्रधानमन्त्री शेरबहादुर देउवा चीनसँगको व्यवहारमा निकै सावधानीपूर्वक कदम चालिरहेका छन् । नेपालले चीनबाट ऋण लिँदा पनि चनाखो भइरहेको देखिएको छ । नेपालले अन्तर्राष्ट्रिय संघ संस्थाबाट ऋण लिएको लामो इतिहास छ । यसकारण नेपालसँग चीनले माग गरेको […]

पाकिस्तान ऋणको पासोमा, तीन महिनामा साँढे २ अर्ब डलर विदेशी ऋण तिर्नुपर्ने

एजेन्सी, ३० चैत्र । पाकिस्तानले अप्रिल देखि जूनबीचको तीन महिनामा साँढे दुई अर्ब डलर विदेशी ऋण तिर्नुपर्ने भएको छ । उसले आर्थिक वर्षमा १२ अर्ब ४० करोड डलर ऋणको साँवा र ब्याज भुक्तानी गर्नुपर्ने अनुमान गरिएको इन्फरमेशन वल्डवाइडको रिपोर्टमा उल्लेख छ । पाकिस्तानमा विदेशी मुद्राको संचिती घट्दो छ । स्टेट बैंक अफ पाकिस्तानले पाकिस्तानमा १७ […]

जनवरीसम्म पाकिस्तानको विदेशी ऋण १३ बिलियन डलर

इस्लामाबाद – पाकिस्तान सरकारले चालु आर्थिक वर्षको पहिलो सात महिनामा १३ बिलियन डलरभन्दा बढी वैदेशिक ऋण प्राप्त गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७० प्रतिशतले बढेको छ। पाकिस्तानको बढ्दो ऋणबाट तत्काल राहत नपाएको अवस्थामा वैदेशिक ऋण थपिएपछि मुलुकमा आर्थिक संकट सिर्जना भएको हो। आर्थिक मामिला मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार आर्थिक वर्ष २०२१-२२ […]

पाकिस्तान र आईएमएफ एमईएफपी सम्झौता गर्न असफल

इस्लामावाद– पाकिस्तान सरकार र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) आर्थिक तथा वित्तिय नीतिसम्बन्धी सम्झौता (एमईएफपी) मा सहमति जुटाउन असफल भएका छन्। पाकिस्तानमा ६ बिलियन अमेरिकी डलर बराबरको इक्सटेन्डेड फन्ड फेसिलिटीको छैटौँ समीक्षा गर्न असफल भएको बताइएको छ। पाकिस्तान अहिले निकै कठिन अवस्थामा रहेको छ। विदेशी ऋण सबैभन्दा बढी भएको शीर्ष १० मुलुकको सूचीमा रहेको पाकिस्तान अहिले […]

पाकिस्तानलाई अब ऋण प्राप्त गर्न कठिन हुन सक्ने

काठमाण्डाै – पाकिस्तानले अब विदेशी ऋण प्राप्त गर्न कठिन हुन सक्ने देखिएको विश्व बैंकको एक रिपोर्टमा भनिएको छ । पाकिस्तान सबैभन्दा धेरै बाहिरी ऋण भएको शीर्ष १० देशमा परेको र कोभिड–१९ महामारीपछि ऋण सेवा निलम्बन पहल (डीएसएसआई) का लागि योग्य भएको हुँदा अब उसलाई विदेशी ऋण प्राप्त गर्न कठिन हुन सक्ने विश्व बैंकको रिपोर्टमा भनिएको छ । १० सबैभन्दा ठूला डीएसएसआई योग्य ऋणी देशको संयुक्त विदेशी ऋण सन् २०२० को अन्त्यमा पाँच सय नौ बिलियन डलर थियो, यो सन् २०१९ को तुलनामा १२ प्रतिशत धेरै हो । सबैभन्दा धेरै ऋण लिने १०...