भावना कूलघरानाका छोरी हुन् । भर्खरै १२ को परीक्षा सकेर घरमा छिन् । उनको जवानी दिन प्रतिदिन फुल्दै जान थाल्यो । कति लजालु स्वभावकी ! पढ्नमा पनि तेज, घरधन्दामा त्यत्तिकै सिपालु । लगनशील भन्दै आफन्तहरुले भावनाको निकै तारिफ गर्न थाले ।एक दिन नजिकैको आफन्ती पर्ने फूपुले भावनालाई आफ्नो मान्छेसँग बिहे गरिदिन पाए हुन्थ्यो, साह्रै लक्षिनकी छे भन्दै हात माग्न आइपुगिन् । उनले भावनाका बुबासँग भावनाको बिहेको कुरा राखिन् ।बुबाले भने, खै अहिले त बिहेको विषयमा केही सोचेको छैन, भर्खर १६ बर्ष पुगेर १७